काठमाडौं । मुलुकमा केही दिनदेखि अप्रत्यासित रुपमा वर्षा भइरहेको छ । प्राय हरेक दिन आकाशमा बादल धुम्मिइरहेको छ । छिनमै पानी पर्ने र केहीबेर घाम लाग्ने भइरहेको छ । मौसमको दृष्टिले वैशाख–जेठ अचाक्ली गमी हुने महिना हो तर पानी पर्दासाथ असाध्यै चिसो हुने गरेको छ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायुको प्रभावले मुलुकमा यस्तो भइहेकाे जनाएकाे छ ।
विभागका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । मौसममा स्थानीय वायु तथा पूर्वी भू(भाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव परेको छ । बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको समेत विभागले जनाएको छ। विभागले मुलुकमा केहीदिन यस्तै खालको वर्षा भइरहने जनाएको छ ।
तीन दिनको मौसम
वैशाख २३ गते (मंगलबारं
देशको पश्चिमी भू(भागमा पूर्ण बदली र अन्य ठाउँमा सामान्य बादल रहनेछ। ्पूर्वका केही स्थानमा मेघगर्जन, चट्याङ, र हावाहुरीसहित वर्षा हुने सम्भावना छ। सम्भावना रहेको छ।
वैशाख २४ गते (बुधबार)
दिउँसोः देशभर बिहान आंशिक बादल लाग्नेछ । दिउँसोदेखि साँझसम्म पहाडी, पूर्वी र मध्य तराईका केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना छ।
वैशाख २५ गते (बिहीबार)
दिउँसोः बिहीबार पनि देशभर बिहान आंशिक बादल लाग्नेछ । दिउँसोदेखि साँझसम्म पहाडी, पूर्वी र मध्य तराईका केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना छ।