मेष – धार्मिक भावना आउनेछ । परोपकारमा मन जाने एवं सामाजिक काममा व्यस्तता बढ्नेछ । वैदेशिक कामबाट फाइदा मिल्ने एवं ठूलाबडाको साथ मिल्नेछ । राजनीतिमा पहुँच बढ्ने तथा वित्तीय कारोबारमा वृद्धि हुनेछ । आर्थिक झन्झट टरेर जाने एवं कृषि चौपायामा सफलता मिल्नेछ । पुरानो काम सुचारु हुनेछ । व्यवसायमा सामान्य फाइदा हुनेछ । घरायसी काममा भने खर्च बढ्नेछ ।
वृष– काममा लान्छना लाग्नेछ । आफन्तसँग अनावश्यक विवाद आउनेछ । स्वास्थ्यमा समस्या एवं काममा अवरोध मिल्नेछ । आलोचनाको भय रहनेछ । साताको मध्यमा नयाको तय हुने एवं धर्म कर्ममा खर्च हुनेछ । साताको अन्त्यमा भने सरकारी क्षेत्रमा फाइदा नोकरीबाट लाभ एवं काममा प्रतिष्ठा मिल्नेछ । भाग्यले साथ दिनाले अधुराकाम बाट लाभ हुनेछ ।
मिथुन– मनोरन्जनमा समय व्यतित हुनेछ । पारिवारिक सहयोग रहनेछ । वैवाहिक कुरा चल्ने एवं प्रेममा प्रगति हुने्छ । ससुराल पक्षबाट फाइदा मिल्नेछ । व्यवसायिक यात्रामा बाधाको सामना गर्नुपर्ने देखिन्छ । साताको मध्यमा भने काममा अवरोध आउने तथा गुप्त शत्रुले काम बिगार्नेछन् , अपमानको भय हुनेछ । साताको अन्त्यमा भने काम सुचारु हुने एवं आँटेको कुरामा फाइदा मिल्नेछ ।
कर्कट– स्वास्थ्यमा समस्या आउनेछ ।अनावस्यक खर्च हुने एवं मातृपक्षसँग मनमुटाव एवं स्त्री पक्षसँग सम्बन्ध बिग्रिनेछ । साताको मध्यमा भने व्यापारमा फाइदा एवं परिवारमा खुशियाली बढ्नेछ । नयाँ वस्तुको प्राप्ति एवं कृषि तथा चौपायाबाट आम्दानी आउनेछ । साताको अन्त्यमा भने शुरु गरेको काम रोकिने, स्वास्थ्यमा समस्या आउने तथा अनावश्यक खर्च बढ्नेछ ।
सिंह– अध्ययनमा मन जानेछ । शैक्षिक क्षेत्रा व्यस्तता वढ्नेछ । कला, संगीतमा रुचि जानेछ । सन्तानको सहयोगले काम बन्ने तथा विद्यामा प्रगति हुनेछ । खेलकुदमा सफलता मिल्ने तथा स्वास्थ्यमा सामान्य समस्या आउनेछ । विरोधीहरुको भय हट्ने तथा मनमा आत्मबल बढ्नेछ । साताको अन्त्यमासानो भ्रमण हुने, साथीभाइ भेटघाट रहने तथा व्यापार व्यवसायमा सामान्य सन्तुष्टि मिल्नेछ ।कन्या– पारिवारिक समस्या आउनेछ । आपसी सरसल्लाह नमिल्नाले काम रोकिनेछ । महिला वर्गसँग दुष्मनी वढ्ने एवं जग्गाजमिनको विवाद एवं मानसिक तनाव बढ्नेछ । साताको मध्यमा भने आयश्रोत बढ्ने, विद्यामा रुचि जाने एवं सन्तानको माया मिल्नेछ । साताको अन्त्यमा भने काममा समस्या आउने, अरुले बिगार्न खोज्ने तथा स्वास्थ्यले समस्या दिनेछ ।
तुला– छोटो यात्रा हुनेछ ।जिम्मेवारी थपिनाले स्थान एवं बसाइ परिवर्तन हुनेछ । भाइभाइको सहयोग मिल्ने तथा काममा बोझ थपिनेछ । नयाँ ठाउँको भ्रमण हुने तथा वादविवाद पर्न सक्नेछ । घरमा कुरा नमिल्नाले अरुले फाइदा लिनेछन् । भोजनको गडबडीले स्वास्थ्यमा समस्या आउनेछ । साताको अन्त्यमा भने सन्तानको सहयोग मिल्ने, विद्यामा प्रगति तथा धनसम्पतिको कारोबारमा वृद्धि हुनेछ ।वृश्चिक– पारिवारिक भेटघाट रहनेछ । विदेशबाट साथ सहयोग मिल्नेछ । धन सम्पत्तिको कारोबार बढ्ने एवं छोटो यात्राको तय हुनेछ । व्यक्तिगत काममा प्रगति मिल्नेछ । मानसिक आत्मबल बढ्नाले काम छिटो पूरा हुनेछ । दाजुभाइबीच सहकार्य रहनेछ । साताको अन्त्यमा भने पारिवारिक समस्या एवं मानसिक अशान्ति बढ्नेछ । सरसल्लाह नमिल्नाले योजनामा अवरोध आउनेछ ।
धनु– मनोरञ्जनमा खर्च हुनेछ । घरायसी काममा खर्च बढ्नेछ । मानसिक तनाव बढ्नाले काममा व्यवधान आउनेछ । मध्यमा भने नयाँ मित्र भेटघाट एवं साथीभाइसँग घुमफिर रहनेछ । भोजभतेरमा सहभागिता भइने एवं व्यापार व्यवसायमा सन्तुष्टि मिल्नेछ । पैसाको सहयोग आउने तथा साताको अन्त्यमा भने विदेशसम्बन्धी कामबाट फाइदा एवम जिम्मेवारी थपिनेछ ।
मकर–अनावश्यक खर्च बढ्नेछ । आर्थिक कारोबार घट्ने एवं यात्रामा समस्या आउन सक्नेछ । आश्वासनमा आघात पुग्नेछ । साताको मध्यमा भने काममा प्रगति हुने, पारिवारिक सहयोगम मिल्ने र धन सम्पतिको योगमा वृद्धि हुनेछ । वैवाहिक कुरा चल्ने तथा इष्टमित्रसँग सम्बन्ध बढ्नेछ ।सन्तोष मिल्नेछ । सवारी साधनको सुख मिल्ने तथा सन्तानको प्रगति देखिन्छ ।कुुम्भ– व्यवसायबाट सामान्य सन्तुष्टि मिल्नेछ । आम्दानीको स्तरमा वृद्धि हुनेछ । आत्मबल एवं साहस आउनाले काममा प्रगति बढ्नेछ । धनसम्पतिको सहयोग मिल्ने एवं आकश्मिक लाभ पाइनेछ । साताको मध्यमा भने सञ्चित धनको नाश एवं विमारमा खर्च हुन सक्नेछ । स्वास्थ्यले धोका दिने एवं काममा बाधा आउनेछ ।साताको अन्त्यमा भने अरुको सहयोग मिल्नाले आँटेको काममा फाइदा हुनेछ ।
मीन– मानसम्मानको योग रहेको छ रोजगारीको अवसर आउनेछ । सरकारी पक्षवाट जिम्मेवारी थपिने एवं काममा प्रशंसा मिल्नाले अरुको नजरमा परिनेछ । व्यापार व्यावसायमा प्रगति एवं भोगविलासमा खर्च हुनेछ । नयाँ काममा योजना बन्ने एवं पुरानो काममा परिवर्तन हुनेछ । नयाँ मित्रसँग भेटघाट एवं आँटेको काममा फाइदा मिल्नेछ । साताको अन्त्यमा भने हानी नोक्सानी बेहोर्नुपर्ने तथा यात्रामा सास्ती हुन सक्नेछ ।ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा सम्पर्क– ९८५१०७१५७४ पशुपति जयवागेश्वरी, काठमाडाैं