सुखिलाल चौधरीउदयपुर । त्रियुगा नगरपालिकाकाे वडा नम्बर ३ स्थित भुल्केमा थप ३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । कोरोना परीक्षणमा पहिला रिपोर्ट नेगेटिभ आएकालाई पुनः परीक्षण गर्दा पोजेटिभ आएको हो ।
शंका लागेपछि पुनः नमूना संकलन गरी परीक्षण गर्दा १८, ४५ र ६५ वर्ष महिलामा पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो । यसअघि संकलन गरिएको थ्रोट स्वाबमा नेगेटिभ देखिएपनि पछिल्लो चरण ढिलो परीक्षण गरेका कारण भुल्केमा पुनः नमूना संकलन गरिएको थियो ।
संक्रमित मध्ये १८ वर्षीया किशोरी र ६५ वर्षीया वृद्धा हजुरआमा र नातिनी हुन् । नातिनी जेठो छोराका छोरी हुन् । यसअघि संक्रमित भएका एकै परिवारको ५ जना पनि उनीहरुकै परिवारका सदस्य हुन् । त्यो परिवारमा संक्रमितको संख्या ७ जना पुगेको छ । यसअघिका संक्रमित ५ जना मध्ये ६५ वर्षीया महिलाको छोरा र उर्दु पढ्न भारतको विहार गएको नातिनी छन् । छोरी र ज्वाईको साथै अर्का छोरीको छोरा पनि संक्रमित छन् । जसमा दुई नाती शुक्रबार मात्रै डिस्चार्ज भएका छन् ।
अर्का संक्रमित ४५ वर्षीया महिला सप्तरी सुरुङ्गा नगरपालिका ११ अरहा भजोखाका संक्रमितकै आमा हन् । उनको छोरा शुक्रबार कोशी कोरोना अस्पतालबाट डिस्चार्ज भएर विराटनगरको रानी मजरकको क्वारेन्टाइनमा छन् । उनीहरु चौदण्डीगढी नगरपालिका ९ ज्यामिरेमा विवाहमा सहभागी हुन् आएका हुन् । विवादपछि चैत १६ गतेदेखि भुल्केमा छन् ।
स्वास्थ्य अधिकारीहरुका अनुसार ३ सय ३४ जनाको पुनः स्वाब टेष्टमा ३ जनाको रिपोर्ट पोजिटिभ आएको छ । अझै करिव सय जनाको रिपोर्ट आउन बाँकी छ । उदयपुरमा संक्रमितको संख्या ३१ पुगेको छ । कोरोना लागेहरु मध्ये १४ जना संक्रमणमुक्त भएर क्वारेन्टाइनमा छन् ।
परिवारलाई नै क्वारेन्टाइनमा राख्नु पर्याेभुल्केमा पुनः कोरोना देखिन थालेपछि संक्रमित परिवारले आफ्ना सबै सदस्यलाई क्वारेन्टाइनमा राख्न माग गरेका छन् । कोशी कोरोना बिशेष अस्पताल विराटनगरमा उपचार गराइरहेका ६५ वर्षीया महिलाको छोराले परिवारै क्वारेन्टाइनमा राखेर उपचार गर्न माग गरेका छन् ।
विराटनगरमा औषधि उपचार नभएकोले संक्रमित भएपनि डाक्टरको सल्लाह अनुसार त्रियुगा नगरपालिकाले बनाएको क्वारेन्टाइनमा राख्नु पर्ने उनको माग छ । आज मेरो आमालाई देखियो, भोलि अरुका छोरा नाति र बुहारीमा पनि देखिएला’ उनले भने, ‘हामीलाई अहिलेसम्म केही भएको छैन्, केही लक्षण देखिएको पनि छैन र डाक्टरले कुनै औषधि पनि चलाएको छैन् । खाली तातो पानी र पौष्टिक आहारले ठिक हुन्छ भने मोतिगडाकै क्वारेन्टाइनमा राख्नु र्यो ।