प्रकाश गौतम रुकुम (पश्चिम) । सन् २०१९ डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना भाइस (कोभिड १९) संसारका २ सय १२ देशमा र २ वटा पानी जहाजमा फैलिसकेको छ । विश्वमा करिब ३ लाखको हाराहारिमा मानिसले ज्यान गुमाइसकेका छन् भने ४३ लाख मानिसमा कोरोना भाइस संक्रमन देखिएको छ । विश्व अहिले बन्दाबन्दिमा गुर्जिरहेको छ । विश्वको अर्थतन्त्रनै जोखिममा छ ।
विश्वको शक्तिशाली देशका रुपमा चिनिएको संयुक्त राज्य अमेरिकामा त अझ स्थिति भयावह छ । त्यस्तै सम्पन्न शाली बेलायत, इटाली, स्पेनलयायत अन्य देशहरु पनि भयावह अवस्थाबाट टाढा रहन सकेनन् । नेपाल पनि कोरोना भाइसको संक्रमनबाट अछुत रहेन । धन्न अहिले सम्म कसैले ज्यान गुमाउनु परेको छैन । हाल नेपाल पनि बन्दाबन्दीको अवस्थामा छ । २०७६ सालको चैत्र ११ गतेबाट लकडाउन शुरु भएको थियो । चरण चरणमा लकडाउन थपिँदै अहिले २०७७ सालको जेठ ५ गते सम्मका लागि थपिएको छ । यसपछिको अवस्था कस्तो आउने हो यसै भन्ने अवस्था छैन ।
करिब २ महिना घरभित्रै बसिरहनु परेको पिडा कस्तो हुन्छ त्यसको अनुभव प्रत्यक्ष रुपमा हामी सबैले भोगिरहेका छौँ । यो लकडानको अवस्थामा दिन बिताउन निकै सकस परेको छ । खाने र सुत्ने बाहेक अरु केही काम छैन भन्नेको जमात धेरै छ । तर लकडाउनको समयलाई पनि सदुपयोग गर्र्न सकिन्छ । विश्व स्वास्थ्य संगठन तथा नेपाल सकारले जारी गरेको नियमलाई उल्लंघन नगरि घरभित्र अथवा घरको छेउछाउमा काम गर्न सकिन्छ । लकडाउनको सदुपयोग गरी रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ राडि बजारका दर्जनौ महिला विभिन्न ठाउँमा गिट्टी कुट्न थालेका छन् ।
यो समयमा यहाँका महिला घर नजिक र सडकको छेउछाउमा गिट्टी कुट्ने काममा जुटिरहेका छन् । सुतेर, बसेर दिन बिताउनु भन्दा पैसा पनि हुने र स्वास्थ्य पनि राम्रो हुने भएकोले गिट्टी कुट्न थालेको स्थानीय अनिता शाहले बताइन् । घरमा बस्दा बस्दा वाक्क लागेपछि केही दिन अघिदेखि गिट्टी कुट्ने काममा लागेको उनको भनाई छ ।
उनका अनुसार एक ट्याक्टर गिट्टी, ६ हजार रुपैयाँमा बिक्रि हुने गरेको छ । २ हप्ताकोे अवधिमा १ ट्याक्टर भन्दा धेरै गिट्टी कुटिसकेको उनी बताउँछिन । बिहानदेखि साझँ सम्मगिट्टी कुट्ने काममा व्यस्त भएदेखि दिन वितेको पत्तै नहुने उनको भनाइ छ ।
बिहानको खाना खाएर दिन भरी गिट्टी कुट्ने गरेको अर्की स्थानीय दिपा परियारले बताइन् । यस्तै लकडाउनको समयमा सुतेर दिन बिताउनु भन्दा गिट्टी कुटेर समयको सदुपयोग गर्नको लागि गिट्टी कुट्न थालेको स्थानीय र्दुपती परियारको भनाइ छ । गिट्टी कुट्ने काममा खासै भिडभाड पनि नहुने र एक्लै काम गर्न सकिने भएकोले गिट्टी कुट्ने काम थालेको परियार बताउँछिन् ।
लकडाउनको सदुपयोग गर्दै यहाँका दर्जनौ महिला आ–आफ्नो घरको नजिक गिट्टी कुट्ने काममा जुटि रहेका छन् । शरिर स्वस्थ रहने थोरै भएपनि आम्दानी हुने यहाँका महिलाहरुले गरेको काम प्रति उच्च सम्मान । त्यसैले लकडाउनको समयलाई बोजको रुपमा हैन एउटा सृजलशिलको रुपमा लिनु आवश्यक देखिन्छ ।