-घोष्ट राईटिङ नेपाल र कुञ्ज थियटरको संयुक्त सहकार्यमा उन्नाइसौं शताब्दीका विश्वप्रसिद्ध चिनियाँ लेखक लु सुनको ‘म्याड म्यान्स डायरी’ कथा आउदो फागनु ८ गतेबाट कुञ्ज थियटरमा मञ्चन हुँदैछ ।
कुञ्ज थियटरले यही नाटकबाट आफ्नो नाटक घरको उद्घाटन गर्दैछ । नाटक नियमित रुपमा ९ दिन ( फागुन १७ गते सम्म) मञ्चन हुनेछ ।
चे शंकरको निर्देशनमा सुदामसिकेले अभिनय गर्दैछन् । त्यतिबेलाको समयमा जनतामा सामाजिक, राजनीतिक चेतना विकास गर्न सफलकथा अहिले हाम्रो लागि पनि उत्तिकै सान्दर्भिक छ । नाटकले हामी सर्वसाधारण मानिसहरु राज्य, कानुन, सँस्कृतिबाट कसरी प्रताडित भएका छौं ? मान्छेको मासु नखाएपनि सर्वसाधारण मानिसहरुलाई उनीहरुको दैनिकी चलाउन तथा उनीहरुको स्वतन्त्र हुने कुरामा देखिने र नदेखिने गरी कसरी दमन गरिरहेका हुन्छन् ?
मान्छेको मासु खाने कुरालाई आमजनताहरु कसरी व्यवस्था, कानुन र चलाउने मान्छेहरुबाट दमित छन् ? भन्ने कुरा नाटकमा प्रतिकात्मक रुपमा प्रयोग गरिएको छ ।
अहिलेको समयमा मानिसहरुमा मानवता हराउदै गएको, व्यक्तिबादी सोँच हावी भएको र समाजले बेग्लै रंग लिइरहेको बेला यो नाटक हुनुले धेरै अर्थ राख्नेछ ।
चे ले यस अघि इलुजन, कोही किन बर्बाद होस्, एनिग्मा, लुक ब्याकइनएङगर र एकलव्यको अन्तिम टेक निर्देशन गरिसकेका छन् ।
नाटक हरेकदिन ठीक ५ बजे मञ्चनहुनेछ ।