काठमाडौं । प्रधानमन्त्री केपी ओली कोरोरान भाइरस (काभिड–१९) संक्रमणले मुलुकको अवस्था असहज बन्दै भएको बताउनुभएको छ । प्रधानमन्त्रीले मंगलबार प्रतिनिसिभामा आर्थिक वर्ष २०७७, ०७८ को नीति तथा कार्यक्रमबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुलुकमा कोरोनाको स्थितिबारे जानकारी गराउनु भएको छ ।
‘आज हामी एउटा असामान्य र असहज अवस्थामा छौ । काभिड–१९ नेपालमा प्रवेश भएको छ । नेपालीमा पनि प्रवेश भएको छ’ उहाँले भन्नुभयो, ‘हाम्रो प्रयास यसको कारणले कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने छ । नियन्त्रणको प्रयासको बाबजुत पनि २ जनाको जीवन गुमेको छ । म दिवंगतहरुप्रति श्रदाञ्जली गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्दछु ।’
प्रधानमन्त्री ओलीले चीनको वुहान भन्दा भारतबाट आएको कोरोना भाइसस कडा भएको उल्लेख गर्नुभयो । ‘यसको स्रोत भनेकै बाहिरबाट आउने व्यक्ति हुन्, अहिलेसम्म बाहिरबाट आउनेले नै कोरोना सारेका छन्’ उहाँले भन्नुभयाे, ‘त्यसमा पनि भारतबाट आउनेले बढी सारेका छन् । कोही लुकेर बसिदिने । त्यसप्रति सचेत हुनुपर्ने अवस्था छ । कोरोना चीनको वहुानबाट शुरु भयो । तर यो कहाँबाट सर्यो, कसरी सर्यो ? त्यो अहिलेसम्म प्रष्ट हुन सकेको छैन । वुहानमा कोरोना संक्रमण हुँदा नेपालमा यसको असर परेको थिएन । जब भारतमा आयो । त्यसपछि नेपालमा पनि शुरु हुन थाल्यो । वुहानबाट आएको भन्दा भारतबाट आएको कोरोना भाइरस कडा देखियो ।’
निरोगी नेपालप्रधानमन्त्रीले कोरोनाबाट जोगिन निरोगी नेपालको अवधारणा लिनुपर्ने बताउनु भयो । ‘कोरोनालाई मार्न मिल्दैन, मार्न सकिन्न’ उहाँले भन्नुभयो, ‘यसबाट बच्नु, जोगिनु र्न उपयुक्त उपाय हो । यसबाट रोगिन शरीरमा रोगसँग लड्ने क्षमता वृद्धि गर्नुपर्छ । तर निरोगी नेपाल भनेर अरु केही पनि नगरी बस्ने पनि होइन ।’
प्रधानमन्त्रीले कोरोनाविरुद्ध लड्दै मुलुकलाई अर्थतन्त्र व्यवस्थित गर्नुपर्ने आवश्यकता भएको बताउनुभयो । ‘कोरोनासँग लड्दै अगाडि बढ्नु पर्ने अवस्था छ’ उहाँले भन्नुभयो, ‘कोरोना अहिलेसम्म विश्वका १८ बाहेक अन्य सबै मुलुकका देखिएको छ । सबैतिर महामारीको अवस्था छ । यस्तो अवस्थामा अर्कोलाई सहयोग गर्न सक्ने अवस्था हुँदैन । आफ्नो समस्या आफैले समाधमान गर्नुपर्ने हुन्छ । यस्ता बेला उत्पादन बढाउनुपर्छ । आत्मनिर्भर बन्नुपर्छ ।
सरकार कोरोना महामारीबाट कसरी जोगिने, कसरी उम्किने भन्ने जानकारी पनि लिन चाहन्छ । सरकारले त्यसबारे अग्रपंक्रिमा खट्ने स्वास्थ्यकर्मी सुरक्षाकर्मी, कर्मचारी र माननीय सांसदज्यूहरुबाट पनिज सुझाव लिन चाहन्छ ।
कोरोनाले अकस्मात अप्रत्यासित उपस्थिति जनायो, आक्रमण शुरु गर्यो । यसको मतलव हामी यसबारे केही तयारी गरेका थिएनौ भन्ने पनि होइन । विश्वमा कसैले पन कोरोना आउँछ र यस्तो किसिमको महामारीको रुपमा लिन्छ भन्ने सोचेको थिएन । त्यसकारण यसबारे बारे तयारी पनि गरेकमा थिएनन् । चीनमा यत्रो उत्पादन त थिएन शुरुमै । जुन शुरु भयो त्यसपछि मात्र स्वास्थ्य सामग्री उत्पादन शुरु गरिएको हो ।
’