काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालमै कायम हुने प्रतिवद्धता जनाउनु भएको छ । प्रधानमन्त्रीे मंगलबार संसदमा सम्बोधन गर्दै पछिल्लो सममय भारतले अतिक्रमण गरिरहेको ती भूभाग नेपालकै भएको प्रष्ट्याउनु भयो ।
‘२०१८ सालसम्म नेपाली जनतासँग तिरो उठाउने काम भइरहेको थियो । सन् १९६२ मा भारत र चीनबीचको लडाइँपछि त्यो रोकियो । कालापानी, लिपुलेक, लिम्पियाधुरा विवास्पद भूभाग होइन, विवादास्पद बनाइएको हो’ उहाँले भन्नुभयो, ‘हामीले अर्गेल्याइँ गरेको भए पो कोही रिसाउन छ कि भन्ने । हामीले केही अर्गेल्याइँ गरेका छैनौं । नक्शा कुनै तमासा गरिएको होइन, देखाउनका लागि गरिएको होइन । हामीले आफ्नो भूभाग फिर्ता गर्नेछौं । यसबाट सिंगो देश खुशी हुनेछ ।’
प्रधानमन्त्रीले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे सिंह मेव जयते र सत्य मेव जयतेको प्रसङ्ग सुनाउनु भयो ।‘भारत यसमा सिंह मेव जयतेमा देखिन्छ, हामी सत्य मेव जयतेको पक्षमा छौँ’ उहाँले भन्नुभयो, ‘शक्तिले सत्य जित्दैन, हामीले सत्य मेव जयतेबाटै हाम्रो भूमि फिर्ता गछौं । नक्शा पारित गरिसमेका पनि पनि नेपालको नक्सासरकार राष्ट्रिय स्भाविभानलाई आफ्नो प्राण भन्दा प्यारो ठान्छ । राष्ट्रियता भन्दा ठूलो, मातृभूमि भन्दा ठूलो अरु कोही हुन सक्दैन ।सबैले बुझ्ने गरी भन्न चाहन्छु, अहिलेको सरकारले राष्ट्रिय हितको प्रतिनिधित्व गर्छ । राष्ट्रिय स्वाभिमानको प्रतिनिधित्व गर्छ । म दाबा गर्न चाहन्छु । यस संसदको प्रतिनिधित्व सरकमरले गर्छ । संसद कसैको दबामा झुक्न चाहन्छ र ? चाँहैन ।सरकारले कसै दबाबमा कुनै कदम चाल्ने वा नचाल्ने गर्दै भन्न म सांसदज्यूहरुलाई विवेदन गर्न चाहन्छु । सीमा विवाद टुंग्याऔ भनेको कुनै दुश्मनी होइन । हामी भारतसँग मित्रता गर्न चाहन्छौ । यो धेरै सजिलो होइन तर योृ अससजलो पनि होइन ।
प्रधानमन्त्रीले सरकार मात्तृभूमिको हितलाई सर्वोपरी ठानेर त्यसैका निम्ति सरकार समर्पित रहेको स्पष्ट पार्नुभएको छ । नीति तथा कार्यक्रममाथि जवाफ दिइसकेपछि सांसदहरुले राखेको प्रतिप्रश्नको जवाफ दिदै उहाँले सरकार कसैको दबाबमा नपरेको तथा नेपाल र नेपालीको सार्वभौम, समानता, स्वाधिनता र स्वभिमानलाई प्राणभन्दा प्यारो ठानेर त्यसैमा समर्पित भएको स्पष्ट पार्नुभएको हो । उहाँले सिमा अतिक्रमणको विषय उठाएकोमा ‘अरुको उक्साहटमा लागेर नेपालले बोल्यो’ भन्नु नेपाललाई हेच्याउने र अपमान गर्ने कुरा भएको भन्दै उहाँले नेपाल कसैको उक्साहटमा नपर्ने स्पष्ट पार्नुभयो ।
‘गुलामीलाई कहिलेही स्वीकार नगरेको । स्वभिमानका निम्ति बलिदान गरेको छ’ दासता अस्वीकार गरेको स्वाभिमानी राष्ट्र हो ।कसैको उक्साहट र बहकाबमा चल्दैन । सबैले बुझ्ने गरि म भन्न चाहन्छु ।’
अतिक्रमित जमिन फिर्ता लिन सहज नभए पनि नक्सा सार्वजनिक गर्नुले दृढता सार्वजनिक गरेको भन्दै मुलुकको शक्तिले न्याय निरुपणमा प्रतिबिम्बित हुनु हुँदैन भन्ने पक्षमा सरकार रहेको स्पष्ट पार्नुभयो । उहाँले विवादित भूमिको समस्या समाधान गर्नका लागि भारत बार्ताको टेबलमा बस्नुको विकल्प नभएको र वार्तामा सहभागी हुनेछ भन्ने विश्वास सरकारले लिएको बताउनुभयो । नेपाल सरकार भारतसँग तनाब नभई तनाबरहित मित्रता चाहेको भन्दै उहाँले भूमि सम्बन्धी इतिहासका त्रुटि सच्याएर मित्रतालाई उचाईमा लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले भूमि सम्बन्धी विवाद तथ्य र वार्ताका आधारमा टुंग्याएर वास्तविक र मन देखिको मित्रता देखाउन भारतलाई नेपाल सरकारले आग्रह गरेको बताउनुभयो ।
’