सुखिलाल चौधरीउदयपुर । विराटनगरस्थित कोडिभ १९ उपचार केन्द्रमा उपचाररत ८ संक्रमित कारोनामुक्त भएका छन् । उनीहरुलाई अस्पतालले बुधबार डिस्चचार्ज गरेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ स्थित भुल्केका ३ जना र ५ भारतीय जमाती कारोनामुक्त भएका हुन् । ।भुल्केका ५२ वर्षीय मो.इद्रिस मिया, ४० वर्षीय मो. साविर मियाँ, १८ वर्षीय गुडु आलमले कोरोनालाई जितेका छन् ।
त्यसैगरी भारतीय जमाती मोहम्वत साईद, २२ वर्षीय सलमान खान, २५ वर्षीय मलिन खान, ६६ वर्षीय मुस्तकिन र ४० वर्षीय मोहम्मद सनौलाले पनि कोरोनाविरुद्धको संघर्षमा विजय प्राप्त गरेका छन् । उनीहरु पनि भुल्केमै संक्रमित भएका थिए ।
यस अघि त्रियुगा नगरपालिका ३ भुल्केका मुक्तार मिया, रोशना खातुन, इमरान अहमद, परवेज आलम र मो. अजाद यसअघि नै डिस्चार्ज भइसकेका छन् ।
डिस्चार्ज भएका भारतीय जमातीलाई केही दिन विराटनगर–१५ स्थित रानी मरकज क्वारेन्टाइनमा राखिने भएको छ । भुल्केका ३ जनालाई त्रियुगा नगरपालिका ३ मोतिगडास्थित त्रियुगा जनता बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिने जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो ।
उदयपुरमा ३३ संक्रमित मध्ये १० जना अझै उपचाररत छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।