काठमाडौं । मुलुकमा बुधबार २५ संक्रमित थपिएका छन् । ८ संक्रमित कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् विराटनगरस्थित कोडिभ १९ उपचार केन्द्रमा उपचाररत उदयपुर भुल्केका ३ र ५ भारतीय जमाती डिस्चार्ज भएका हुन् । उनीहरु २९ देखि ३३ औं दिनसम्म अस्पतालमा उपचररत रहेका थिए । योसँगै कोरोजालाई जित्नेको सख्या ४५ पुगेको छ ।
बुधबार १८ पुरुष र ७ महिला संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बाँके, कपिलवस्तु, नवलपरासी र धनकुटामा गरी २५ संक्रमित थपिएको जानकारी दिनुभएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेको नरैनापुरमा ५ र खजुरा गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ । नवपरासीमा १, कपिलवस्तुमा १३ र धनकुटामा ५ जनामा संक्रमण देखिएको उहाँले बताउनुभयो । यो सँगै नेपालमा संक्रमितको संख्या ४ सय २७ पुगेको छ । बुधबारसम्म पीसीआर विधिबाट ३५ हजार ४ सय ९४ नमूना परीक्षण भएका छन् । आरडिटी विधिबाट ७५ हजार ७२ परीक्षण भएको उहाँले बताउनुभयो ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ४ सय ८८ र आरडिटी विधिबाट ३ हजार ६ सय १० परीक्षण भएका छन् । प्रदेश नम्बर १ मा ९ हजार ६ सय २२, प्रदेश नम्बर २ मा ६ हजार २ सय ३४ र बागमती प्रदेशमा १५ हजार ७ सय ३१ जनाको आरडिटी परीक्षण भएको छ । गण्डकी प्रदेशमा ७ हजार १८, प्रदेश नम्बर ५ मा ९ हजार ७ सय ३९, कर्णाली प्रदेशमा ७ हजार ६ सय ३४ र सुदूरपश्चिम प्र्रदेशमा १९ हजार ९४ आरडिटी परीक्षण भएको उहाँले बताउनुभयो । प्रदेश नम्बर ५ मा १४ हजार २ सय ६२ गरी देशभरी २३ हजार २ सय २ जना क्वारेन्टाइनमा छन् ।
मन्त्रालयले स्वइच्छाले पीसीआर परीक्षण गराउन चाहानेहरुका लागि अहिलेसम्म शूल्क निर्धारण नभएको जनाएको छ । सरकारी तथा सामुदायिक अस्पतालले तोकिएको दररेटमा परीक्षण गराउन पाउने नीतिगत निर्णय अहिलेसम्म शूल्क निर्धारण नभएको प्रवक्ता डा. देवकोटो बताउनुभयो । संक्रमितको संख्या बढिरहेका कारण पीसीआर परीक्षणको दायरा बढाउन यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो ।