काठमाडौं । कोरोना भाइरस संक्रमण निको भएर २१ जना डिस्चार्ज भएका छन् । शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालबाट शुक्रबार नेपालगञ्ज उपमहानगरपालिका ८ का २१ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।
डिस्चार्ज हुनेमा ९ जना महिला र १२ जना पुरुष छन् । १ देखि ६० वर्ष उमेर समूहका उनीहरु १७ देखि २० औं दिनमा निको भएर डिस्चार्ज भएका हुन् । यस्तै हालसम्म प्रदेश नम्बर १ मा २६, प्रदेश नम्बर २ मा ६, बागमती प्रदेशमा ९, गण्डकी प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ५ जना निको भएर घर फर्किएका छन् ।
पछिल्लो पटक २० जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै नेपालमा संक्रमितको संख्या ५ सय ७ पुगेको छ । प्रवक्ता डा.देवकोटाका अनुसार बाँकेमा १४ र सुदूरपश्चि प्रदेशका विभिन्न जिल्लामा ५ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै मोरङको रतुमाइका ४१ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ८ सय १९ जनाको नमुना परीक्षण भएको छ । आरडिटी विधिबाट ३ हजार ४ सय २१ जनाको परीक्षण भएको छ । हालसम्म पीसीआर विधिबाट ४२ हजार ४ सय ८८ र आरडिटी विधिबाट ८२ हजार १ सय १६ जनाको नमुना परीक्षण भएको छ ।
प्रदेश नम्बर १ मा ९ हजार ९ सय २०, प्रदेश नम्बर २ मा ६ हजार २ सय ९५, बागमती प्रदेशमा १९ हजार ९३ र गण्डकी प्रदेशमा ७ हजार १८ जनाको आरडिटी परीक्षण भएको छ । यसैगरी प्रदेश नम्बर ५ मा ११ हजार ४ सय ८१, कर्णाली प्रदेशमा ८ हजार ६ सय १ र सुदूरपश्चिम प्रदेशमा १९ हजार ७ सय ८ जनाको आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।
यसैगरी प्रदेश नम्बर १ मा ५८, प्रदेश नम्बर २ मा १ सय ५५, बागमती प्रदेशमा १८ र गण्डकी प्रदेशमा ३ जना आइसोलेसनमा उपचाररत रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा २ सय ३ जना, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ५ गरी ४ सय ३३ जना संक्रमित आइसोलसनमा उपचाररत रहेको प्रवक्त देवकोटाले बताउनुभयो ।
प्रदेश नम्बर १ मा १ हजार ४ सय १४, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ६, बगमती प्रदेशमा ४ सय ७८ र गण्डकी प्रदेशमा ६ सय ७८ जना क्वारेन्टाइनमा छन् । यस्तै प्रदेश नम्बर ५ मा १५ हजार ९ सय ८९, कर्णाली प्रदेशमा ७ सय ३५ र सुदूरपश्चिमा २ हजार ६ सय २९ गरी देशभरी २७ हजार ८ सय २९ जना क्वारेन्टाइनमा छन् ।