मन्जु दहाल 'रुचि'
कति पल्ट लडेर उठेको यो जीवनकति पल्ट हेरेर जितेको यो मुस्कानपटक पटक मरेर ब्युतेको यो साहसपटक पटक जलेर पलाएको यो आस
कता कता आफू आफैमा हराए जस्तोभुमरीको जालोबाट फुत्किएर पुनर्जीवन पाए जस्तोञम को हुँरुझ अस्तित्व खोज्न विगतमा भौतारिए झैपरिचय पाउनको निम्ति भावीसगँ टाढिए झै
मन भक्कानिएर आउँछ अपुरो सपनाको सम्झानामाआशुले नयन नै भारी हुन्छ,कहालीलाग्दो भविष्यको कल्पनामाकहाँ पुगि रोकिएलान् यी पाइला,कुन मोडमा पुग्ने होलाबाच्नुको सार्थकता छर्लङ्ग हुन,अझ कति समय कुर्नुपर्ने होला
मध्य रातमा भावना पोखिएर आउँछ कलम र कापीको साथकहाँ दुखे जस्तो,गन्तव्यमा नपुगे जस्तो,डरले काप्छन् हातसंसारिक सोच भन्दा माथी,कता कता उडेको मेरो मनको बहघरीघरी पछारिन्छु,अन्त्यमा पुग्छु त्यहीँ शुन्यताको दह
देवकोटाले भने जस्तो,म पनि त्यहीँ पागलपनको बाटो पछ्याइरहेछुन त म लेखिका,न कवियत्री,दुविधामा रहर ओछ्याइरहेछुत्यो कुन पल हो,जस्ले मलाइ शब्दको चित्र कोर्न बाध्य बनाउछभावनाको गहिराइमा डुबुल्की मार्दै कविताले नै काव्य बनाउछ
परिवर्तनको खुड्किलो उक्लदै यहाँ सम्म आइपुग्दाप्राप्ति र गुमाइको लेखाजोखा गर्ने कागज बदर भइसक्दाकुन निचोडमा आइपुगिने रहेछ र,अन्योलताको रहर झर्केर केर्दाभाग्यको अमुल्य मणि पत्तो लगाउनै सकिन मैले त,मनुष्य जीवन फर्केर हेर्दा