काठमाडौं । मुलुकको सबै प्रदेशमा ५० शैयाको कोरोना अस्पताल स्थापना गरिने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले त्यसबारे जानकारी दिनुभएको हो ।
अर्थमन्त्रीले २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब रुपैयाँ बिजियोजन गरिएको उल्लेख गर्नुभएको छ । उहाँस्वास्थ्य क्षेत्रमा १२ अर्ब ४६ करोड रुपैयाँ बिनियोजन गरिएको बताउनु भयो । अर्थमन्त्री कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीको ५ लाख रुपैयाँको बीमा हुने जानकारी गराउनु भएको छ ।
अर्थमन्त्रीले ३ वर्षभित्र ४० प्रतिशत नागरिकलाई बीमाको दायरामा ल्याइने उल्लेख गर्दै त्यसको लागि ७ अर्ब रुपैयाँ बिनियोजन गरिएको बताउनु भयो ।
अर्थमन्त्रीले संघबाट सञ्चालित प्रदेश तथा स्थानीय तहको कार्यक्षेत्रमा पर्ने आयोजना सम्बन्धीत प्रदेश र स्थानीय तहबाटै कार्यान्वयन गर्ने गरी सर्शत अनुदानमा वृद्धि गरिएको बताउनुभयो । राष्ट्रिय प्राक्रितिक स्रोत तथा वित्त आयोगद्धारा निर्धारीत सुत्र अनुसार खर्चको आवश्यकता, मानवि विकास सुचकाङ्कको अवस्था, राजश्व क्षमता तथा प्रदेश र स्थानीय तहबीच रहेका आर्थिक सामाजिक र अन्य असमानताको आधारमा प्रदेशलाई ५५अर्ब १९ कारोड र स्थानीय तहलाई ९० अर्ब ५कारोड रुपैयाँ समानिकरण अनुदान विनियोजन गरेको छ ।
सशर्त अनुदान तर्फ प्रदेशलाई ३६अर्ब ३५ करोड र स्थानीय तह १ खर्ब ६१ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरेको छ । राजस्व बाँडफाँट तर्फ प्रदेश र स्थानीय तहको जनसंख्या, क्षेत्रफल र मानव विकास तथा न्यून विकास सुचकाङलाई आधार लिई प्रदेश र स्थानीय तहमा १ खर्ब २२ अर्ब १४ करोड रुपैयाँ छुट्याएको छ ।
प्रदेश र स्थानीय तहले आफुले पहिचान गरी सञ्चालन गर्न माग भइ आएका आयोजनाका लागि कुल ९ अर्ब ९६ करोड रुपैयाँ समपुरक अनुदान विनियोजन गरेको छ । प्रदेश वा स्थानीय तहलाई विशिष्ट प्रकृतिको कार्य गर्नको लागि ९ अर्ब ९७ करोड रुपैयाँ विशेष अनुदान व्यवस्था गरेको छ ।