काठमाडौं । आज (शनिबार) दैलेखमा भारतबाट फर्किएका थप १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ९शिक्षण अस्पताल० जुम्लाको प्रयोगशालामा पीसीआर परीक्षण गरिएका मध्ये १४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रयोगशाला संयोजक विवेककुमार पुनले पुष्टि गरेका छन् ।
आज थपिएका संक्रमितमा दैलेखको नारायण नगरपालिका वडा नम्बर २ का १ जना, ३ मा १ जना, ४ का ३ जना, ६ का १ जना, ८ का २ जना, ९ का २ जना, १० का २ जना र ११ का २ जना रहेका छन् । उनीहरु क्रमशः २८, ४१, ३०, १७, २२, २५, २१, २०, २७, १८, २०, ३५, ५०, २३ उमेर समूहका रहेका छन् । संक्रमित सबै केही दिनअघि भारतबाट गाउँ फर्किएका थिए । योसँगै दैलेखमा संक्रमितको सख्या ३० पुगेको छ भने कर्णाली प्रदेशमा ६० पुगेको छ ।