रुपक कुलाल, काठमाडौं रवीन्द्रसिह ठकुरी, जाजरकोट
जाजरकोट राना गाउँका नवराज विक ठकुरी परिवारकी प्रेमिका लिन गाउँका १९ जना युवा लिएर शनिबार साँझ सोती पुगेका थिए । उनीहरुलाई युवतीका परिवारको नेतृत्वमा गाउँलेले कुटपिट गर्दै लखेटेको र त्यसक्रममा केहीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरी नदीमा फ्याँकेको र केहीले भेरीमा हाम फालेको घटनाका घाइतेले बताइरहेका छन् ।
नवराज विक सहित १८ जनाको टोलीमा गएका मध्ये नवराजसहित ५ जनाको शव भेटिएको छ । १ जना अझै बेपत्ता छन् भने केही घाइते छन् । घटनाबारे जाजरकोट र पश्चिम रुकुम प्रहरीले संयुक्त अनुसन्धान शुरु गरेको छ । जाजरकोका अनुसार प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले २० जनालाई विपक्ष बनाउँदै कर्तव्य ज्यानको कसुरमा जाहेरी आएको र १८ जना जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमको नियन्त्रणमा छन् । घटनामा संलग्न भएको आरोपमा रुकुम प्रहरीले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर, आमा प्रकाशी मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, डिल्ली मल्ल, सन्तोष मल्ल, रमेश मल्ललगायत १८ जनालाई नियन्त्रणको र अन्य दुई जनाको खोजी कार्य जारी रहेको जनाएको छ ।
इलाका प्रहरीका अनुसार युवती लिन गएका युवकलाई सोतीका स्थानीयले लखेटे पछि भागदौडसँगै ढुंगा प्रहारका कारण चोट पटक लागेको प्रहरीले जनाएको छ । उनीहरुलाई भागेर र खोलामा कुनै समस्या नभएको र प्रष्ट रुपमा कुटपिट गरी मारिएको देख्न सकिने प्रहरीले उल्लेख गरेको छ ।
गृहमन्त्री थापाले घटनाको सत्य तथ्य छानविन गरी रायसहितको प्रतिवेदन पेस गर्नका लागि गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको छ । समितिलाई दुई साताभित्र छानविन गरेर प्रतिवेदन दिन निर्देशन दिएको पनि सदनलाई जानकारी गराउनुभयो । गृहमन्त्री थापाले छानविनपछि प्रतिवेदनका आधारमा दोषीलाई कडा कारवाही गरिने तथा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने बारेमा राज्यले सोच्ने समेत स्पष्ट पार्नुभयो ।
सोती हत्याकाण्डले सडकदेखि संसदसम्म हंगामापश्चिम रुकुममा निरन्तर आन्दोलन५ जनाको हत्या र १ बेपत्ता हुनेगरि भएको सोती घटनाले जाजरकोट रानागाउँ यतिबेला शोकमा डुबेको छ । गाउँका ५ जना भविष्यका कर्णधार युवा गुमाउँदाको पीडा सुनेर गाउँ नै शोकमग्न छ । नवराजकी आमाकले उनलाई त्यो युवतीदेखि टाढा हुन सुझाव दिएकी थिइन् । तर नवराजले आमाको कुरा पनि सुनेनन् । नवराज र उसका साथीलाई कुटपिट गरी भेरीमा फालेको आमाको आरोप छ ।
पहिला युवती नवराजको घरमा आउने जाने गरेको हजुरबुवा हस्तबहादुर नेपाली बताउँछन् । दलित भएकै कारण र नवराजलाई फोन गरेर बोलाएर योजना बनाएरै मारेको पीडित परिवारको आरोप छ ।
स्थानीय जनप्रतिनिधिले भएका कमी कमजोरी अन्त्य गरेर गलत गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने बताएका छन् । घटनाको स्थलगत अनुमगनमा गरेका बाँकेका मानव अधिकारकर्मी धर्म रोकायले दलित र गैर दलितको विवाहलाई लिएर स्थानीयले युवाहरुलाई कुटपिट गरी मारेको र खोलामा फालेको बताए ।
यसैबीच अन्तरजातीय प्रेमका विषयमा जनप्रतिनिधिकै संलग्नतामा भएको रुकुम पश्चिमको घटनालाई तोडमोड गर्न खोजिएको आरोप पीडित पक्षले लगाएका छन् । जाजरकोट प्रहरीले नै घटनाबारे अनुसन्धान गर्नुपर्ने र मुद्दा पनि जाजरकोटबाटै चलाइनुपर्ने उनीहरूको माग छ ।
दलित अधिकारकर्मी र पीडित परिवारले घटनाबारे निष्पक्ष छानविन हुनुपर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्ने लगायतका माग राखी जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
https://www.youtube.com/watch?v=k7nC53VE2lU&t=724s