काठमाडौं । संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएको छ । राष्ट्रिय जनता पाटी( राजपा) र समाजवादी पार्टी मिलेर बनेको नवगठित जनता समाजवादी पार्टीले संसदमा साेमबार संविधान संशोधन प्रस्ताव दर्ता गरेको हो ।
राजपाका प्रतिनिधिसभा सदस्य लक्षमणलाल कर्ण र समाजवादीको तर्फबाट सांसद राजेन्द्र श्रेष्ठले संविधान संशोधन प्रस्ताव दर्ता गराउनु भएको हो ।
राजनीतिमा तराई–मधेस केन्द्रित राजपा र समाजवादी पार्टीले संविधानको धारा ६, धारा, ७ को उपधारा १, धारा ११ को उपधारा ६, धारा १४, धारा ३८ को उपधारा ४ र धारा ५६ को उपधारा ४ र ५ संशोधन गर्न माग गरेको छ । राजपा र समाजवादी पार्टीले संविधानको धारा ७०, धारा ९१ को उपधारा ४, धारा १३७ को उपधारा १ र धारा २१५ को उपधारा ९ समेत संशोधन गर्न माग गरेको छ ।
राजपा र समाजवादी पार्टीले संविधानको धारा १७४ को उपधारा ४, ५, ६, ७ र ८ तथा धारा २८२ को उपधारा १ संशोधन गरिनुपर्ने जनाएको छ । संविधानको धारा २८३ र २८३ क, धारा २८७ को उपधारा ६ को क १, धारा २८७ क, धारा ३०६को उपधारा १ को टसहित अनुसूची ५ र ६ ले व्यवस्थाको पहिचान पक्षधरको जनसमुदयको हकहित सुनिश्चित नगर्ने उल्लेख गर्दै त्यसलाई संशोधन गर्नुपर्ने राजपा र समाजवादीको माग छ ।