काठमाडौंं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. मिनेन्द्र रिजालले सरकारले राजश्व उठाउन सक्ने क्षमता गुमाएको बताउनुभएको छ । बजेटबारे प्रतिनिधिसभामा मन्त्रालयगत छलफलमा नेता रिजालले पूँजीगत खर्च गर्न सक्ने क्षमता र योजना नभएको र सरकारको इमान्दारिताको समेत लक्षण नदेखिएको उल्लेख गर्नुभयो ।
‘सरकारको राजश्व उठाउन सक्ने क्षमता र योजना छैन, पूँजीगत खर्च गर्न सक्ने क्षमता र योजना छैन’ उहाँले भन्नुभयो, ‘ यसपाली त गर्ने क्षमता मात्र नभएको होइन इमान्दारिताको पनि लक्षण देखिएन विश्वसनिय आधार भएन् । त्यसैले अर्थमन्त्रालयको चालु खर्च २५ अर्बबाट घटाएर ८ अर्बमा राखियोस् भन्ने खर्च कटौतीको प्रस्ताव पेश गर्न चाहन्छु ।’
कोरोनाको संक्रमणबाट फस्दै गएको अर्थतन्त्रलाई जोगाउन सरकारले कुनै योजना नल्याएको उहाँको भनाई छ । ‘यो पाली पोजेटिभ ग्रोथ रेट हुन सक्ने कुनै पनि सम्भावना देखिँदैन त्यसमाथि कुल गार्हस्थ उत्पान बढेन अनि बाहिर बाट आउने विप्रोशण आम्दानीमा २० प्रतिशत कम आउँछ भन्ने देखिएपछि खर्च योग्य आम्दानी करिब ५ प्रतिशतले घटला अझ त्यो भन्दा बढीले घटला चिन्ता त्यो छ’ उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा सरकारले असार मसान्त सम्मको राजश्व पनि अनुमान गर्न सकेको छैन् । त्यसैले हरेक शिर्षकमा सरकार भन्छ २६ प्रतिशत घटछ भनेर, अस्तिको बजेटमा लेखेको भन्दा, यसकारणकी अनुमान गर्ने आधार छैन् । असार मसान्त सम्म के हुन्छ भन्ने अनुमान गर्न नसक्ने अर्थमन्त्रालयले अर्को वर्षको बजेट प्रस्तुत गरेको छ ८३ पेजको बजेट त्यसमा छलफल गर्नु निररर्थक हो निररर्थक छ ।’
नेता रिजालले सबै खर्च गर्ने क्षमता र इमानदारिता सरकारमा नरहेको बताउनुभयो । ‘कोरोना संक्रमणसँग तत्काल नै लडनका लागि १०÷१२ अर्ब भन्दा घटिको खर्च हुने स्थिति छैन् । सरकार बन्दा हिजो ढुकुटी रित्तो छ भन्ने सरकार अव ढुकुटी के भएको छ ?’ उहाँले भन्नुभयो इमानदारिता छैन भन्ने प्रमाण सरकारले बिजुलीबाट चल्ने गाडीलाई एक दिन अगाडि जसरी भन्सार नउठाइकन छोड्यो त्यसबाट कमाउने बाटोमा लाग्यो त्यसबाट पनि सरकारको इमान्दारितामा प्रश्न उठेको छ । क्षमताको मात्रै कुरा होइन इमान्दारिताको कुरा हो ।’
रिजालले जनता कसरी कोरोना बाट बच्ने र देश कसरी फर्किने चिन्तामा रहकेो तर सरकार कार्पेट परिवर्तन गर्न तल्लीन रहेको बताउनुभयो । ‘जनता कोरोनाबाट कसरी उम्कने भन्नेमा छन, बाहिर बसेका नेपालीहरु कसरी देशमा भन्ने चिन्तामा हुनुहुन्छ अनि सरकारमा बसेकाहरु कसरी कार्पेटको व्यवस्था भनेर मस्त छ’ उहाँले भन्नुभयो, ‘ कार्पेटको व्यवस्था गर्दै छ सरकार अनि सत्तारुढ दलका अरु मानिसहरु सत्ता सम्भावनाको बासुरी कुन धुनमा बजायो भने राम्रासँग बज्छ भनेर प्रयत्न गरिराखेका छन् ।’