ऋषि खतिवडाकाठमाडौं । लकडाउनले नागरिकमा विभिन्न समस्या थप्पिँदै गएकाे छ । अन्य जिल्लामा आफन्त बित्दा त्यसको किरिया काठमाडौंमै हुन थालेको छ, त्यो पनि सडक किनारको पाटीमा । यसैको एक उदाहरण हाे, काठमाडौंको खुल्ला स्थानमा काजकिरिया गर्न बाध्य मुगुका जंग बूढा ।
उनी राजधानीको वनस्थलीस्थित ढुङ्गेधारा प्रतीक्षालयमा निकै पीडादायी अवस्थामा बसिरहेका छन् । बूढा रहरले भने त्यस स्थानमा बसेका होइन्् । आमाको काजकिरिया गर्नका लागि बूढा यही स्थानमा बसिरहेका छन ्। जेठ १६ गते उनकी आमाको मुगु मै मृत्यु भयो, लकडाउनको कारण उनी आफ्नो घर मुगु जान सकेन्, र खुल्ला स्थानमै उनी किरिया बस्न बाध्य भए ।
घाम लाग्दा गर्मी र पानी पर्दा भिज्ने समस्याबाट त उनी पीडित छँदैछन् गाडीको आवाजले झनै सुत्न सक्दैनन्। त्यस्तै खुल्ला स्थानमा लामखुटट्ले पनि उत्तिकै सताउने गरेको छ । उनीसँग रातको समयमा सुत्न कोही साथी पनि हुँदैनन् । तैपनि आफ्नो कर्तव्यबाट उनी भाग्न सकेनन ्।
उनी यतिबेला दोहोरो पीडामा छन् । एकातिर निकै कष्टकर अवस्थामा आफ्नो आमाको काजकिरिया गरिरहेका छन् भने अर्कोतिर श्रीमतीको मृगौलाको डाइलसिस गराउनु पर्नेछ । ६ वर्ष अगाडि श्रीमती जानदेवी बूढाको उपचारका लागि राजधानी आएका उनी मजदुरी गर्दै जीवन गुजारा गर्छन् । जानदेवीको मृगौला ३ पटक डाइलसिस गर्नुपर्छ । जसको खर्च जुटाउन पनि उनलाई निकै कठिन भइरहेको छ । उनको डाइलासिस कै कारण शरिरमा अस्वभाविक मांशपेशी बढिरहेको छ । उनी आफ्नो पीडा सुनाउँछिन् ।
स्थानीयको सहयोगमा अहिले बूढाले काजकिरिया जारी राखेको बताएका छ् । धार्मिक आस्थाका आधारमा पितृ उद्दारका कार्य गर्ने ठाँउको अभावले यसरी खुल्ला स्थानमा बस्नु पीडादायी अवस्था हो । खुल्ला स्थानमा किरिया बस्नु पर्ने अवस्था निकै पीडादायी छ । धर्म र संस्कृतिको नाममा निकै राजनीति भए पनि आफ्नो धर्म र संस्कृति अनि परम्परालाई निरन्तरता दिनको लागि चाहिने सार्वजिनक पूर्वाधारमा हामी निकै कमजोर रहेको यसले पनि उजागर गर्छ ।
https://youtu.be/uLcomo4WmoY