मेष – पारीवारिक सहयोग मिल्नेछ । मित्रको सहयोगमा अधुराकाम अगाडि बढ्नेछन् । यात्रामा बाधा आउनेछ । सरसामान हराउन सक्नेछ । अनावश्यक तनाव आउनेछ, काममा ढिलासुस्ती एवं शारीरिक आलस्यता बढ्नेछ । धर्मकर्ममा रुचि जाने एवं विदेशबाट मिठो खबर आउनेछ । ठूलाबडा व्यक्तिको सहयोग एवं साथले काममा सहजता मिल्नेछ । साताको अन्त्यमा भने, आर्थिक भार कम हुने एवं आँटेको काममा लाभ मिल्नेछ ।
वृष –आम्दानी सामान्य हुनेछ । आथिक सहयोग मिल्ने एर्वं कृषिबाट फाइदा हुनेछ । स्वास्थ्यले भने समस्या दिनेछ । पारीवारिक वैमनस्यता बढ्नाले काममा रुचि घट्नेछ । साताको मध्यमा भने वैदेशिक योग बन्ने एवम अधुरा काममा राहत मिल्नेछ । सामाजिक प्रतिष्ठा मिल्ने तथा सरसहयोगमा समय जानेछ । साताको अन्त्यमा भने काममा जस मिल्ने एवं पदोन्नती तथा राम्रो अवसरको प्रस्ताव आउनेछ ।
मिथुन – राजनीतिमा अवसर मिल्नेछ, वैवाहिक कुराले साथ पाउनेछ । साझेदारीमा फाइदा मिल्ने तथा व्यावसायिक काम शुरू हुनेछ । इष्टमित्रबाट सहयोग मिल्नाले काममा सहजता हुनेछ । साताको मध्यमा भने काममा रोकावट आउने तथा अपजसको भागिदार भइनेछ । साताको अन्त्यमा भने अधुरा काम बन्ने, धार्मिक काममा खर्च हुने तथा आफ्नो योजनामा खुशीको अवस्था आउनेछ ।
कर्कट – सामाजिक एवं परकार्यमा समय बित्नेछ । धर्ममा रुचि बढ्नेछ । विदेशको काम बन्नेछ । वादविवादमा परिन सकिनेछ । घरको कामभन्दा बाहिरको जिम्मेवारी थपिनेछ । स्वास्थ्यमा सुधार हुने तथाखेलकूद प्रगति मिल्नेछ । काममा आलोचना हुने नेतथा मातृपक्षको स्वास्थ्यमा गडबडी हुनेछ । व्यापारमा भने फाइदा मिल्ने तथा प्रेममा प्रगति हुनेछ । साताको अन्त्यमा भने अचानक घाटा हुने, शारीरिक अस्वस्थता बढ्ने तथा काममा रोकावट हुनेछ ।
सिंह– पुरानो काममा वाधा आउनेछ, स्वास्थ्यमा समस्या हुनेछ । मध्यमा आम्दानीको स्तर बढ्नाले अड्केका काम पूरा हुनेछन् । स्वास्थ्यमा सुधार आउनुका साथै विरोधी पक्षको भय हट्नेछ । मुद्दा मामिलामा राहत मिल्ने एवम कला, संगीत र सामाजिक कार्यमा प्रगति देखिन्छ। साताको अन्त्यमा भने छोटो यात्राको योग बन्ने, पारिवारिकभेटघाट रहने एवं वैवाहिक प्रसंग आउनेछ ।
कन्या– पारीवारिक भटघाटको अवसर मिल्नेछ, घरायसी कुरामा विवाद आउनेछ । सरसल्लाह नमिल्नाले काममा बोझ पर्नेछ । जग्गाजमिनमा विवाद आउनुका साथै आफन्तबाटै असहयोग आउनेछ। साताको मध्यमा भने विद्यामा प्रगति हुने, सन्तानबाट खुशियाली मिल्ने र आम्दानीको स्तर बढ्नेछ । साताको अन्त्यमा भने घरबाहिर रहनुपर्ने एवं खेलकुदमा प्रगति हुनेछ ।
तुला– वादविवाद पर्न सक्नेछ । पारीवारिक सहयोग हुनेछ । काममा व्यस्तता बढ्नाले व्यक्तिगत काम अधुरा रहनेछन् । साताको मध्यमा भने पारिवारिक कलह एवं मनमुटावको योग देखिन्छ । सामान्य चोटपटक एवं पारिवारिक स्वास्थ्यमा समस्या आउनेछ । साताको अन्त्यमा भने धनसम्पति बढ्ने, सुख सुविधामा मन जाने एवं सवारी सुखको योग रहेको छ ।
वृश्चिक– व्यापारमा सामान्य लाभ हुनेछ ।सामाजिक काममा सहभागी भइनेछ। आर्थिक कारोबार बढ्नाले ऋणको भार कम हुनेछ । इष्टमित्रसँग नयाँ सम्बन्ध बन्नेछ । वैदेशिक काममा फाइदा एवं पुरानो कारोवारमिल्नेछ । साताको अन्त्यमा भने साथीभाइसँग वैमनस्यता, शारीरिक कष्ट एवम अनावश्यक खर्चले समस्या आउनेछ ।
धनु– सन्तानको चिन्ता थपिनेछ । पारीवारिक किचलो हुने एवं आर्थिक चिन्ता बढ्नेछ । प्रेममा प्रगति एवं भोगविलासमा खर्च र्हुनेछ । जग्गाजमिनबाट फाइदा एवम नोकरी रोजगारीमा राहत मिल्नेछ । साताको अन्त्यमा भने छोटो यात्राको सुखा मिल्ने, दाजुभाइबाट सहयोग पाइने एवं सन्तानको स्वास्थ्यमा भने समस्या आउने देखिन्छ ।
मकर– नयाँ नया काममा योजना बन्नेछ । व्यवसायमा लगानी बढ्नेछ । दाजुभाइबाट सहयोग मिल्नेछ । अचानक खर्च आउनाले सञ्चित धन कम हुनेछ । अनावश्यक लाञ्छना लाग्ने एवं पेटको समस्या हुनेछ । साताको मध्यमा भने आपसी समझदारीमा विवाद टुंगिनेछ । साताको अन्त्यमा भने व्यापार व्यवसायमा राहत एवम धनकोकारोबारमा सुख मिल्नेछ ।
कुम्भ– आफन्तबाट सहयोग मिल्नेछ । काममा सामान्य फाइदा बढ्ने एवं मानसिक चिन्ता कम हुनेछ । व्यवसायबाट आम्दानी हुन थाल्नेछ । सन्तानको स्वास्थ्यमा बाधा आउन सक्नेछ । बाेली वचनले साथ दिनेछ । वैवाहिक एवं प्रेम प्रसङ्गमा सुधार आउनेछ । वैदेशिक काममा प्रगति हुनेछ । अन्त्यमा भने यात्रामा झन्झट आउने एवं अनावश्यक खर्चले सताउनेछ । स्वास्थ्यमा खर्च बढ्ने एवं पारिवारिक चिन्ता आउनेछ ।
मीन– बाेली वचनको प्रभावले सम्वन्ध सुधार हुनेछ । धनको सुख बढ्नेछ , कारोबारमा आर्थिक लाभ मिल्नेछ । पशुचौपाया एवं कृषिबाट आम्दानी मिल्नेछ । स्त्रीबाट सहयोग मिल्नाले काममा सहजता आउनेछ । साताको मध्यमा भने यात्रामा तनाव आउने धनमाल नोक्सानी हुन सक्नेछ । अनावश्यक वादविवाद हुने एवं स्वास्थ्यमा प्रतिकुलता देखिन्छ । साताको अन्त्यमा भने पारीवारिकभेटघाट हुने, नयाँ सरसामान प्राप्ति हुने योग रहेको छ ।
ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटासम्पर्क– ९८५१०७१५७४ पशुपति जयवागेश्वरी, काठमाडाैं