‘जातीय विभेदको अन्त्य हुनुपर्छ’ यो वाक्य दैनिकजसो सबैले सुन्दै आएकै कुरा हो। अझ भन्नुपर्दा कति धेरै संघसंस्थाहरुले यही कारणले आफ्नो खल्ती भरेको समेत पाइन्छ । धेरै संघसंस्थाले यो कुरीतिलाई जरैबाट हटाउनुपर्छ भनेर प्रत्येक वर्ष लाखौं करोडौ रूपैयाँ सिध्याएको पाइन्छ । तर विडम्बना व्यवहारमा लागू भएको देखिँदैन। जातीय विभेद अन्त्य एकादेशको कथा जस्तै भएको छ ।
हामीले पत्रपत्रिका र टेलिभिजनमा जातीयता कै कारण कथित उच्च जातका मानिसद्वारा दलित समुदायका व्यक्तिलाई मन्दिरमा पूजाआजा गर्नबाट बचित गराइएको समाचार सुन्छौ, हेर्छौ । मन्दिर जस्तो पवित्र स्थानमा त यस्तो घृणित कार्य गरिन्छ भने अरु ठाउँमा कस्तो व्यवहार होला ? कल्पना समेत गर्न सकिन्न।
समाजको कतिपय स्थानमा छुवाछुतका यस्ता घटनासम्म हुन्छन्, जुन हामीले कल्पना समेत गर्न सक्दैनौ। समाजमा विभिन्न प्रविधि भित्रिरिहेको छ । हामी आधुनिक जीवनशैली तर्फ लम्किरहेको छौं । तर यही समाजमा अनैकौ कुरीति तथा विकृति समेत छन् । जुन पहिल्यै जगेडिएर बसेका छन् । यसैको उपज पश्चिम रुकुम घटना । अन्तरजातीय प्रेमको कारणले भएको दर्दनाक घटना हुन पुग्यो । त्यस्तै देवदहमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ ।
पश्चिम रुकुम र देवदह, दुवै घटनामा स्थानीय तहको जनप्रतिनिधि उपस्थित थियो, उनीहरुकै उपस्थिति यस्तो दर्दनाक र घृणित घटना भएको छ । त्यस्ता जनप्रतिनिधिबाट न्यायको लागि के आशा गर्नु ? त्यस्ता जनप्रतिनिधि भएका ठाउँमा नागरिकले सुरक्षा प्रत्याभूति कसरी हुन्छ ?
के अन्तरजातीय प्रेम पाप हो ? के आफूले मन पराएको व्यक्तिसँग जीवन बिताउन देख्ने सपना पाप हो ? होइन भने किन समाजमा अहिलेपनि जातको आधारमा यस्ताे व्यवहार किन गरिन्छ। संविधानले जातीय भेदभावलाई अपराध मानेको छ । तर तर त्यसको पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन । समाजमा जातीय विभेद अन्य हुन सकिरहेको छैन । के अन्तरजातीय प्रेम पाप हो ? के आफूले मन पराएको व्यक्तिसँग जीवन बिताउन देख्ने सपना पाप हो ? होइन भने किन हिलेपनि जातको आधारमा यस्तो व्यवहार किन गरिन्छ। जातीय विभेद सम्बन्धी ऐन, कानुनलाई मजाक बनाइएको छ। कहिलेसम जातीय विभेद सहेर बस्नु पर्ने हो ?
यी अनगिन्ती प्रश्नको उतर कहिले पाइन्छ ? के अन्तरजातीय प्रेममा अझै पति युवा नवराज बन्नु पर्ने हो ? समाजमा कन्यालाई देवी सरह मानिन्छ । देवी सरहका कतिपय कन्या भने बलात्कृत हुने गरेका छन् । कतिपयको बलात्कारपछि हत्या हुने गरेको । बालबालिकाको हितको लागि धेरै संघसंस्था क्रियाशील छन् । तर पनि बालबालिकामाथिको दुर्व्यवहार रोकिएको छैन ।
पश्चिम रुकुम र देवदह, दुवै घटनामा स्थानीय तहको जनप्रतिनिधि उपस्थित थियो, उनीहरुकै उपस्थिति यस्तो दर्दनाक र घृणित घटना भएको छ । त्यस्ता जनप्रतिनिधिबाट न्यायको लागि के आशा गर्नु ? त्यस्ता जनप्रतिनिधि भएका ठाउँमा नागरिकले सुरक्षा प्रत्याभूति कसरी हुन्छ ?
नेपालको कानुनले जनप्रतिनिधिलाई स्थानीय अभिभावक को दर्जा दिएको छ । यस्तो अभिभावकको भूमिका खेल्नुपर्ने जनप्रतिनिधिबाट भेदभाव भयो भने यसले राज्यप्रति नै वितृष्ण हुन्छ। तसर्थ यस्ता कृयाकलापमा संलग्न जनप्रतिनिधिलाई पदबाट तत्कालीन बर्खास्त गरी कानुनको दायरामा ल्याउनु पर्छ । कुनैपनि राजनीतिक पहुँचको भरमा उन्मुक्ति दिनुहुँदैन ।
हामी २१ औं शताब्दीमा छौं । ठूलो स्वरमा मानव अधिकारका चर्को भाषणहरुले यसलाई गम्भीर रुपमा लिनु आवश्यक छ । के एक्काइसौं शताब्दीमा माया र प्रेमको मापन गर्ने तरिका जात हो ? के एक्काइसौं शताब्दीमा माया प्रेम आफ्नो जातिकै व्यक्तिसँग मात्रै गर्नु पर्ने हो ? होइन भन्ने सरकार कुनै पनि प्रकारको विभेदकारी धारणा राख्ने र व्यवहार गर्ने जोकोहीलाई पनि कडा भन्दा कडा सजाय होस् । कुनैपनि बहानामा उन्मुक्ति नमिलोस् । दोषीलाई हदै सम्मको कारबाही होस्। न्याय नमरोस् !