रुपक कुलालकाठमाडौं । नेपालमा कोरोना भाइरस महामारीमा पनि सरकारविरुद्ध प्रदर्शन गर्नेलाई कारबाही गरिने भएको छ । कोरोना महामारीको बेला पनि केही संगठन र संघसंस्थाले ‘स्वतफूर्त नागरिक’को नाममा सामाजिक सञ्जालदेखि सडकसम्म सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । महामारीको बेला पनि सामाजिक सञ्जालदेखि सडकसम्म सरकार विरोधी गतिवधि र प्रदर्शनमा प्रोत्साहन गर्नेलाई प्रहरीले खोजी खोजी कारबाही गर्ने तयारी गरेको छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल पनि अछुतो छैन । पछिल्लो समय नेपालमा दिनप्रतिदिन संक्रमितको संख्या तीव्ररुपमा बढिरहेको छ । महामारीकाबीच पनि काठमाडौं उपत्यकासहित देशभर युवाले सरकारको विरोधमा दैनिक प्रदर्शन गरिरहेका छन् ।
कोरोना परीक्षणको दर र दायरा बढाउनुपर्ने, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप क्वारेन्टाइनको व्यवस्थापन, विदेशबाट आएका नागरिकको उचित व्यवस्थापन, कोरोना संक्रमण नियन्त्रण र रोकथाममा खर्च भएको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने लगायतका माग प्रदर्शनकारीको छ । महामारीकाबीच पनि प्रदर्शन बढेपछि सरकारले भिडभाड नगर्न आग्रह गरेको छ । तर, सडकमा प्रदर्शन रोकिएको छैन ।
प्रदर्शनमा युवाको संख्या बढ्दै गएपछि प्रहरीले पनि प्रदर्शनका लागि प्रोत्साहन गर्नेहरुको खोजी कार्य शुरु गरेको छ । सामाजिक सञ्जालदेखि विभिन्न माध्यमबाट भेला गराउनेको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवालीले जनता समाचारलाई जानकारी दिनुभयो ।
उहाँले पछिल्लो समय भाइरसको प्रर्दशनबाट कोरोना संक्रमण बढ्न सक्ने भन्दै ठूलो संख्यामा जमघट नगर्न आग्रह समेत गर्नुभएको छ ।
https://youtu.be/0L_DPHouWwE