सिरहा । प्रतिनिधिसभा सदस्य तथा जनता समाजवादी पार्टीका नेतृ सरिता गिरीले आफू असुरक्षित आरोप लगाएकी छन् ।
गिरी सिरहाको पूवी नाका भगवानपुर ठाडी हुँदै भारत जान लाग्दा सशस्त्र प्रहरीले रोकेका थिए । गिरीले वुवा बिरामी भएको खबर पाएपछि आफू भारत जान लागेको तर प्रहरीले नदिएको बताएकी छन् । ‘बुवा सिकिस्त बिरामी हुनुहुन्छ’ उनले भनिन्, ‘बुबालाई भेट्न माइत जान लाग्दा प्रहरीले पक्राउ गर्न खोज्यो ।’
भारत जान लाग्दा सशस्त्र प्रहरीले रोकेपछि गिरी केहीबेर सडकमै उभिइन् । सडकमा उभिइहेको बेला प्रहरीले निरीक्षकले भित्रै बसौं भनेर बोलाए । प्रहरी निरीक्षकले त्यसो भनेपछि उनी क्याम्पभित्रै गइन् । सशस्त्र क्याम्पभित्र बसेको केहीबेरमा पार्टीका नेताले गिरीलाई माबोइलमा फोन गरेर ‘तपाईलाई गिरफ्तार गर्दैछ’ भन्ने खबर सुनाए ।
नेताले फोनबाट त्यसो भनेपछि गिरी सशस्त्र क्याम्पबाट निस्केर प्रहरीलाई छल्दै भागिन् । ‘म सडकमै बसिरहेको थिएँ, इन्स्पेक्टरले भित्रै जाउँ भनेपछि म गएँ, उनले भनिन्, ‘भित्र बसेकाे केहीबेररमै एकजना नेताको फोन पनि आयो र त्यहाँको अवस्था पनि फरक देखेपछि म भगवानपुर पुगेर आउँछु भन्दै त्यहाँबाट हिडे ।’
क्याम्पबाट निस्केर भागेपछि पनि प्रहरीले उनलाई पछ्याउन छाड्नन । ‘प्रहरीले भगवानपुरसम्म पछउँदै आएर मलाई रोके, नमस्कार गरे’ उनले भनिन्, ‘मैले भगवानपुरमा नेताहरु छन भेटर आउँछु भनेर त्यहाँबाट निस्केँ । साथीहरुले यहाँ पनि असुरक्षित हुनुहुन्छ भनेपछि काठमाडौं फर्केै ।’
सांसद गिरीले आफू असुरक्षित भएको बताएकी छन् । आफू काठमाडौं फर्कन लागेको सुरक्षाकर्मीलाई जानकारी नराए पनि सिन्धुलीमा दुई जना प्रहरीले पछ्याएको उनको भनाई छ । । ‘यसरी सबैतिरबाट घेराबन्दीमा परेको छु कसरी सुरक्षित हुने ?’ उनले भनिन् ।
गिरीले भारत जान अनुमतिको सडकै बसेको बेला आफूले प्रमुख जिल्ला अधिकारीलाई फोन गरेको तर नउठेको बताएकी छन् ।