विश्वभरिका ८१ करोड मानिस खाद्यान्न सङ्कटको असरमा छन् । भूमिको अनुचित प्रयोग, कृषि कार्यमा कमी, पानीको संकट, नदीनाला, पोखरी, ताल अनि अन्न उत्पादन हुनसक्ने धर्तीको संरक्षण हुन सकिरहेको छैन । वर्षेनी देखापर्ने विपदमध्ये करिब ९० प्रतिशत मौसम सम्द्धव हुन्छन्, जुन पछिल्ला दशकमा दोब्बरले वृद्धि भइरहेको देखिन्छ । आज जुन १७ तारिख विश्व खडेरीविरुद्ध संघर्ष दिवस हो। हरेक वर्ष यो दिवस बढ्दो सुख्खापन अर्थात् खडेरी एवं मरुभूमिकरणबारे विश्वजगतमा जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्नका लागि मनाउने गरिन्छ । सन् १९९५ जुन १७ देखि विश्व समुदायले विश्व खडेरीविरुद्धको संघर्ष दिवस मनाउँदै आएको छ ।
जीवित प्राणीको प्राणधान्ने पञ्च तत्वहरु माटो, पानी, आकाश, अग्नि र हावा नै हुन । पृथ्वीमा जमिन र जलको भाग क्रमश: करिब ३० प्रतिशत र ७० प्रतिशत छ । जलबिना पृथ्वी कुनै पनि वनस्पति तथा जीवजन्तुको अस्तित्व सम्भव छैन् । मानव समुदाय लगायत वनस्पति एवं जीवजन्तु पृथ्वीमा नै आश्रित छन्। खासगरी खडेरी एवं मरुभूमिकरणलाई प्राकृतिक असरका रुपमा व्याख्या गरिएको हुन्छ । खडेरी एवं मरुभूमिकरण भौगोलिक पारिस्थिति प्रणाली अनुसार धेरै जसो मानवीय क्रियाकलापसँग पनि सम्बन्धित देखिन्छ । भूमि अनुत्पादक भएको भयावह अवस्था पनि खडेरी एवं मरुभूमिकरण हो । सुख्खापन अर्थात् खडेरी एवं मरुभूमिकरणले मुख्यत प्राणीमा जल र गाँस अर्थात् भोजनको समस्या निम्त्याउँछ ।
आजको मानव जगत, मलिलो उर्बर भूमिको सट्टा कंक्रिटकोे मोहतर्फ आकर्षित हुन थालेकोले पृथ्वीमा उत्पादकत्व घटन गइ खडेरी र मरुभूमिकरणको ढिलो चाँडो जोखिममा परिरहेको छ । जमीनको उत्पादकत्व कम हुन गइ एकठाँउबाट अर्को ठाँउमा मानवको बसाइ सर्ने क्रम पनि चलिरहेको छ । भूमिको वास्तविक प्रयोग कृषि हो तथापि भूमिको दुरुपयोग र गलत व्याख्या गर्न थालिएको छ । यसै कारणले विश्वभरिका ८१ करोड मानिस खाद्यान्न सङ्कटको असरमा छन् । भूमिको अनुचित प्रयोग, कृषि कार्यमा कमी, पानीको संकट, नदीनाला, पोखरी, ताल अनि अन्न उत्पादन हुनसक्ने धर्तीको संरक्षण हुन सकिरहेको छैन ।
सुख्खा तथा मरुभूमि एक यस्तो भौगोलिक क्षेत्रलाई भनिन्छ, जहाँ वर्षा तथा हिमपात तुलनात्मक रुपमा निकै कम मात्रामा हुन्छ । साथै यस्तो क्षेत्रमा पर्याप्त सिंचाईको व्यवस्था पनि हुँदैन । धेरै किसिमका वनस्पति र जीवजन्तु देख्न पाइदैनन् । तर सुख्खा र मरुभूमिमा पनि अलग किसिमका र थोरै वनस्पतिका साथै जीवजन्तु पाइन्छ । यस्तो क्षेत्रमा तापक्रम पनि धेरै हुन्छ । खडेरी तथा मरुभूमिकरणले गर्दा कृषिकार्य, अन्न उपादन, पशु पालन लगायत मानवीय हरेक कृयाकलापमा असर पर्न गएको हुन्छ ।
नेपालमा जुन १० देखि मनसुन शुरु हुन्छ । जुन देखि सेप्टेम्वरसम्म सुख्खापन तथा खडेरी एवं मरुभूमिकरणको जोखिम न्यून देखिन्छ ।प्रशस्त पानी पर्ने र खोलानालामा समेत पानी बहने भएकाले सुख्खापनबाट जोगिएर खडेरीबाट मुक्त भएको महशुस हुन्छ ।
हालसम्म नेपालमा मात्र हेर्ने हो भने ४४ प्रतिशत खेतीयोग्य क्षेत्रमा अझै सिँचाइ पुग्न सकेको छैन । सिञ्चित क्षेत्र नबढेकोे कारण कृषि उत्पादनको अपेक्षित प्रतिफल आउने कुरै भएन । एउटा सिँचाइ आयोजना सम्पन्न हुन वर्षौं वर्ष लाग्छ । कृषि क्षेत्रमा रोजगारी दिन सिँचाइलाई प्राथमिकता दिइनुपर्छ तरउत्पादनशील कृषि क्षेत्रैमा समेत सिँचाइ पुर्याउन सकिएको छैन । त्यसमा पनि सुक्खा टारमा त झन यस्तो व्यवस्थापनको कुरा दुरकैे विषय भएको छ ।
सामान्यत वर्षायाममा जमिन ओसिलो नै हुन्छ । नेपालमा जुन १० देखि मनसुन शुरु हुन्छ । जुन देखि सेप्टेम्वरसम्म सुख्खापन तथा खडेरी एवं मरुभूमिकरणको जोखिम न्यून देखिन्छ ।प्रशस्त पानी पर्ने र खोलानालामा समेत पानी बहने भएकाले सुख्खापनबाट जोगिएर खडेरीबाट मुक्त भएको महशुस हुन्छ । खासगरी नेपालमा सेप्टेम्बरको अन्त्यतिर अर्थात् वर्षायाम समाप्तीको समयदेखि प्रि(मनसुन शुरु नहुन्जेलसम्म सुख्खायाम अर्थात् खडेरी कै अवधि रहन्छ । तर पछिल्ला वर्षमा मौसमविदहरुका अनुसार नेपालमा वर्षायामको समाप्तिको समयावधि पनि पछि धकेलिन थालेको छ ।
त्यसैगरी हालका दिनमा हिउँदे वर्षाको समय पनि परिवर्तन भएको पाइन्छ । फागुन लागेपछि मौसम न्यायो हुनुपर्नेमा घाम पानीको जुहारीले चिसो नै महशुस गरिएको छ । पश्चिमी वायुमा जलवाष्पको मात्रा वृद्धि भएपछि तथा वायुमण्डलीय चापमान घटेर हिउँदे मौसममा पनि वर्षा हुने गरेको छ । हिउँदे वर्षा मंसिर दोस्रो सातामा शुरु भएर फागुन दोस्रो सातासम्म रहन्छ । नेपालको करिव १ दशक यताको हिउदे वर्षालाई अध्ययन गर्दा वर्षाको आगमन अवस्थामा र मात्रामा समेत परिवर्तन हुन थालेको छ । जलवायु परिवर्तनको प्रभावले मौसममा उतार चढाव आउने गर्छ । यसले पर्यावरणमा सकारात्मक तथा नराकात्मक दुवै प्रभाव पारिरहेको छ ।
प्रकृति नै मानव, वनस्पति तथा जीवजन्तुका लागि उपयुक्त बासस्थान हो । प्रकृतिसँग निरन्तर भइरहने अव्यवस्थित दोहन कार्य नै हामीले भोग्दै आएको समस्या हो । मौसममा व्यापक फेरबदल हुनगई भूमिको उत्पादकत्व क्षमतामा कमी हुन जान्छ र अन्तत उत्पादनशील भूमि क्रमशस् अनुत्पादक हुन थाल्छन् । जनसंख्या वृद्धिसँगै जलवायुमा निरन्तर परिवर्तन हँुदै जाँदा मानव लगायत सम्पूर्ण जीवित समुदाय जलवायुजन्य प्रकोपको खतरामा परेका छन् ।
सामान्यतया विपद भन्नाले मानिस लगायत सम्पूर्ण जीवात्माको जीउज्यान र धनजन सबै कुरामा हानी नोक्सानी हुनजाने कुरालाई बुझाउँछ । पृथ्वीमा हुनजाने नकारात्मक क्रियाबाट विपदको अवस्था जस्तै सुख्खापन अर्थात् खडेरी एवं मरुभूमिकरण, बाढी, पहिरो, आँधीबेहरी, भूकम्प, महामारी रोग आदि उत्पन्न हुन्छ । सुख्खापन अर्थात खडेरी एवं मरुभूमिकरण, बाढी, पहिरो, आँधीबेहरी आदि सबै हाम्रा लागि विपत्ति नै हुन् । प्राकृतिक र मानव निर्मित व्यवहारका कारण जमीनमा सुख्खापन आएर खडेरी र मरुभूमिकरण जस्तो विपदको परिस्थिति आउँछ । तर यस्ता विपदका तत्वको अग्रिम पूर्वानुमान गर्न सकिन्छ । बाढी, पहिरो, आँधीबेहरी, भूकम्प र सरुवा रोगको महामारीबाट बच्न र बचाउन विपद व्यवस्थापकीय कार्य मानव रक्षाका निम्ति गरिन्छ । सुख्खापन अर्थात खडेरी एवं मरुभूमीकरणबाट उत्पन्न विपद व्यवस्थापन गर्न बेलैमा हामी जागरुक हुनुपर्छ ।
अहिले हामी महामारी रोगको प्राकृतिक विपद कोरोना भाइरस कोभिड १९ को संक्रमणसँग जुधिरहेका छौं । विपदको अवस्था मानिसको अनुमानभन्दा बाहिर हुने भएकोले यसबाट बच्न र बचाउन अपनाउनुपर्ने सावधानी नै विपद न्यूनीकरणको सर्वोत्तम उपाय हो । विपदको जोखिम न्यूनीकरण गर्न प्रकृति प्रति हामी सम्वेदनशील हुनुपर्दछ । यसका निम्ति चेतना अभिवृद्धि बाहेक अरु उपाय छैन । जोखिम न्यूनीकरणका लागि बहुप्रकोप पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनु पर्दछ । आधुनिक प्रविधिको प्रयोग र नवीनतम खोज अनुसन्धानबाट प्राप्त नतिजाको प्रयोग, विपद्को पृथक्ता अनुसार विशेषज्ञताको सही र समयमै उपयोग गर्न सके विपद् जोखिम समानुकूलन क्षमता अभिवृद्धि भई क्षति न्यूनीकरण गर्न सकिन्छ ।
सुखखापन अर्थात खडेरी एवं मरुभूमिकरण उत्पन्न विपदलाई व्यवस्थापनलाई सम्बोधन गर्न नसकिएको अवस्था छ ।यस्तो विपदको व्यवस्थापन समयमै गर्न नसकिय खाद्यान्न एवं दैनिक उपभोग्य सामाग्रीको कृतिम अभाव सिर्जना भई मूल्य वृद्धि समेत हुनजान्छ । आमनागरिक विपदको अवस्थामा भोकभोकै हुने अवस्था आउन सक्छ । वर्षेनी देखापर्ने विपदमध्ये करिब ९० प्रतिशत मौसम सम्द्धव हुन्छन्, जुन पछिल्ला दशकमा दोब्बरले वृद्धि भइरहेको देखिन्छ । सुख्खापन अर्थात् खडेरी एवं मरुभूमिकरण सम्बन्धी विपदबारे खोज, अनुसन्धान, आधुनिक प्रविधिको पहिचानमार्फत जोखिम न्यूनीकरणमा सहयोगको आवश्यकता रहन्छ ।
वर्षेनी बढ्दोे सुख्खापनबाट उत्पन्न विपद बारे हामी पूर्ण जानकार हुन सकेका छैनौं । सुख्खापन अर्थात खडेरी एवं मरुभूमिकरणयुक्त विपद निम्तिने जोखिमयुक्त स्थानको पहिचान गर्नुु जरुरी छ । जलस्रोत व्यवस्थापनका लागि वनजंगलको, धरातलीय अवस्था एवं प्राकृतिक आस्थालाई ख्याल गरेर यस प्रकारको विपद जोखिमलाई ध्यानमा राखी बसोबास व्यवस्था गरिनु उपयूक्त हुन्छ । यसरी सुख्खापन अर्थात खडेरी एवं मरुभूमिकरणयुक्त विपदबाट सुरक्षित रहन अग्रिम सावधानी अपनाउनु पर्ने हुन्छ । यस्तै विपदको अवस्थामा व्यवस्थापन पक्षको अत्यन्त महत्व रहन्छ ।
सुख्खापन अर्थात् खडेरी एवं मरुभूमिकरणले ल्याउनसक्ने महाविपत्तिको दायरालाई आँकलन गर्नका लागि ऐतिहासिक घटना र हानी नोक्सानीको विवरणबारे सूक्ष्म विश्लेषण गर्नुपर्छ ।अबका दिनहरुमा नेपालमा मौसम पूर्वानुमानमा सुख्खा अर्थात् खडेरी एवं मरुभूमीकरण सम्बन्धी अध्ययन समावेश गर्नु आवश्यक छ ।
मौसम फेरबदलका कारण बढ्दो खतरालाई हालका वर्षमा जलवायु परिवर्तन सम्बन्धी विश्वव्यापी अनुसन्धानको रूपमा लिएको पाइन्छ । मौसम पूर्वानुमान जनसरोकारको विषय हो । मौसम पूर्वानुमानले जलवायु परिवर्तनबाट उत्पन्न जल र मौसमजन्य विपद्को जोखिम र प्रतिकूलताको अध्ययनबाट हुने क्षति न्यूनीकरण गर्न सहयोग गर्छ । यद्यपि सुख्खापन अर्थात खडेरी एवं मरुभरुभूमीकरणले भविष्यवाणी हुन सकिरहेको छैन । सुख्खापन अर्थात् खडेरी एवं मरुभूमिकरणले ल्याउनसक्ने महाविपत्तिको दायरालाई आँकलन गर्नका लागि ऐतिहासिक घटना र हानी नोक्सानीको विवरणबारे सूक्ष्म विश्लेषण गर्नुपर्छ ।अबका दिनहरुमा नेपालमा मौसम पूर्वानुमानमा सुख्खा अर्थात् खडेरी एवं मरुभूमीकरण सम्बन्धी अध्ययन समावेश गर्नु आवश्यक छ । जलवायु परिवर्तनको अध्ययनबाट सुख्खापन, खडेरी अर्थात मरुभूमिकरणको अवस्था न्यूनीकरण गरि जनधनको क्षतिलाई कमी गर्न सक्नुपर्छ ।
विश्वभर मानिसले प्रायजसो कुनै न कुनै विपदको प्रत्यक्ष सामना गरिरहनुपर्छ । तर सुख्खापन अर्थात खडेरी एवं मरुभूमिकरण भन्ने कुरा अप्रत्यक्ष विपदको रुपमा लिन सकिन्छ । अन्य विपदबाट उत्पन्न परिस्थितिबारे प्रत्यक्ष जानकार छौं । सुख्खापन, खडेरी र मरुभूमिकरणको अदृश्य विपद त हामीले कुनै आंकलन नै गर्दैनौ । नजानिदो हिसाबले नेपालीले वर्षेनी सुख्खापन, खडेरी एवं मरुभूमिकरणको विपदको सामना गर्नु परिरहेको छ । आर्काेतर्फ अनावृष्टिले गर्दा सुख्खापनका कारण खानेपानीको अभाव हुनुका साथै कृषिजन्य उत्पादनका क्षेत्रमा निकै असर परेको छ ।
मानव जातिबाट वनजंगलको विनाश र प्रकृतिक साधनको अप्राकृतिक दोहन अत्यधिक भएबाट वातावरणीय ह्रासका कारण यस्ता विपदको अवस्था सिर्जना भएका छन् । वार्षिकरूपमा जल, मौसम र कृषि सम्बन्धी पूर्वानुमानमा गति प्रदान गर्न सके सामाजिक र आर्थिक समृद्धिमा थप योगदान पुग्ने देखिन्छ ।