ऋषि खतिवडाकाठमाडौं । सन् १९११ अर्थात् वि.सं. १९६८ सालमा काठमाडौं उपत्यकामा निर्मित ५ सय किलोवाट क्षमताको फर्पिङ लघु जलविद्युत् परियोजना एशियाकै दोस्रो जलविद्युत परियोजना हो ।
तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा गेहेन्द्र शमशेरले निर्माण गर्न लगाएको हुनाले यस केन्द्रबाट उत्पादित बिजुलीलाई ’श्री चन्द्रज्योति प्रकाश’ भन्ने गरिन्थ्यो । फर्पिङ जलविद्युत् गृहको उद्घाटन राजा पृथ्वी वीरविक्रमले १९६८ साल जेठ ९ गते गरेका थिए । यस केन्द्रबाट उत्पादित विद्युत वितरण सुव्यवस्था गर्न ’बिजुली अड्डा’को नामले एउटा अड्डा स्थापना गरिएको थियो ।
काठमाडौं उपत्यकादेखि करिब १२ किलोमिटर. दक्षिण पश्चिमको कोणमा रहेको फर्पिङ जलविद्युत् गृह निर्माणको कुल लागत पूँजी ७ लाख १३ हजार रहेको थियो । यसको सम्पूर्ण आर्थिक सहयोग क्ष्लनबिलम सरकारबाट प्राप्त भएको हो । यसरी उत्पादित विद्युतलाई ११ के.भी. वितरण प्रणालीद्वारा काठमाडौं उपत्यकामा आपूर्ति गरिएको थियो। यस फर्पिङ जलविद्युत् गृह केन्द्रले जेठ ९ गते ९९ वर्ष पूरा गरी सय वर्षमा प्रवेश गरेको छ ।
सय वर्ष मनाउदै गर्दा नेपाल सरकारले यस क्षेत्रलाई पर्यटकी हब बनाउने , पार्क बनाउने र जलविद्युत संग्रहालय बनाउने समेत उद्घोष ग¥यो । हरेक वर्ष मन्त्री परिवर्तन हुने हाम्रो राजनीतिक बनौटले एउटा मन्त्री आउँदा एउटा अनि अर्को आउँदा अर्कै वातावरणको निर्माण हुनुले पनि यस्ता महत्वको धरोहरले संरक्षक्षणको मौका कमै पाउँछन ।
नेपालको इतिहासको एउटा साक्षी यो चन्द्रज्योति विद्युत, सरकारमा बसेका व्यक्रिको आँखामा खासै पर्न नसकेको र यसको लागि दीर्घकालीन रुपमा बजेट समेत नछुट्याइकोमा बेला बेलामा कुरा उठे पनि खासै प्रगति चाँही हुन नसकेको बताउनु हुन्छ, समाजशास्त्रमा स्नातकोत्तर गरिरहनु भएका युवा प्रमोदकुमार पौडेल । राज्यले जुन रुपमा यसलाई हेर्नु पर्ने हो त्यसरी नहेरेको र यो बिस्तार उपेक्षामा पर्दै गएको उहाँको भनाइ छ् ।
चन्द्रशमशेरले स्थापना गरिदिएको फर्पिङ जलविद्युत गृहले राजधानीवासीलाई लगातार ६० वर्षसम्म उज्यालो दियो । तर राजधानीमा खानेपानीको अभावसंगै स्वयं यसको भविष्य अन्धकार भयो २०३८ सालमा फर्पिङको पानी राजधानी ल्याउन शुरु गरिएपछि बन्द भएको फर्पिङ जलविद्युत गृह अहिले जीर्ण अवस्थामा पुगेको छ । ६० वर्षसम्म उज्यालो दिने र विकासको ढोका खोल्ने फर्पिङ विद्युत गृहलाई त्यसपछि सबैले बिर्सिए ।
एउटा जमाना थियो अहिलेका अति बिकसित भनिएको जापान र विकासको तीब्र फड्को मार्दै गरेको चीनभन्दा अगाडि थियो नेपाल । अरु कुनै हिसाबले होइनविकासका दृष्टिकोणले । चीन र जापानभन्दा पनि पहिले नेपालमा बिजुली बलेको थियो । एशिया महादेशमै बिजुली बाल्ने भारतको दार्जिलङ पछि नेपाल दोश्रो देश वन्यो ।
१९६४मा बेलायत यात्रा गरेर फर्किएपछि नेपालमा पनि विद्युत गृह स्थापनाको सोच राखे र बेलायती र नेपाली इन्जिनियरको सहयोगमा इस्टिमेट तयार पारियो । २० महिनाको अथक प्रयासपछि नेपालमा पहिलोपटक विजुली बल्यो । तर यस्तो गौरवपूर्ण इतिहास बोकेको फर्पिङको बिजुली २०३८ सालपछि सदाका लागि निभ्यो । सरकारको जिम्मेवार पदमा बसेका व्यक्तिहरुले फर्पिङलाई बिस्रदैं गए ।
फलस्वरुप ऐतिहासिक रुपले महत्वपूर्ण पूर्वाधार जीर्ण हुदैं गए । काठमाण्डौंबाट करिब १७ किलोमिटर दक्षिणमा पर्ने फर्पिङ क्षेत्रका कुटली खोला सातमुले र शेषनारायण समेत गरी तीन ठाउँको पानीलाई एक ठाउँमा जम्मा गरेर यो विद्युत गृह बनाइएको थियो । राणाहरुले व्यक्तिगत प्रयोजनका लागि यो विद्युत गृह बनाएको इतिहास छ तर पनि उद्योग कलकारखाना चलाउन यो गृहको बिजुली प्रयोग गरिन्थ्यो ।
https://www.youtube.com/watch?v=yn6h8rSFiiQ