पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) संक्रमण छिट्टै निको हुने अवस्थामा छैन । दिनानुदिन बढिरहेको संक्रमितको दरले आउँदा दिन असहज हुन सक्ने देखिएको छ । कुनै भ्याक्सिन अहिलेसम्म पत्ता लागिसकेको छैन । कुनै औषधि पनि आइसकेको छैन । तथापि यो भाइरसका केही बिशेष बिशेषता चाँहि पत्ता लगाइसकेकोे छ ।
पछिल्लो तथ्यांक अनुसार पनि जुन स्थानमा सामाजिक सुरक्षाको राम्रो प्रबन्ध मिलाइएको छ, त्यो स्थानमा मात्रै कोरोना प्रभाब घट्दै गएको छ । चीन् तथा कोरियाले थोरै क्षतिमा नै कोरोनाको असरलाई घटाएको उदाहरण छ । ओखती तथा अन्य उपचार भन्दा पनि आहार बिहार तथा सामाजिक व्यवहार नै यो संक्रमणलाई जित्ने एउटै आधार हो । समयमा आफ्नो निर्णय लिन नसकी सामाजिक दूरी बाहेक पनि औषधीय विज्ञानले कोरोनालाई जित्न सकिन्छ भन्ने राष्ट्रहरु .अहिले झन झन संक्रमणको चपेटामा पर्दै गएका छन्।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारी तवरबाट विभिन्न प्रयास भइरहेका छन् । तर अहिलेस्स्म गरिएका प्रयास यथेस्ट छैनन । औषधीय उपचार भन्दा सामाजिक दूरी कायम नै रोकथाम नै संक्रमण नियन्त्रणको उपयुक्त प्रणामित भएको छ । त्यसको साथै हरेक संक्रमितले जिम्मेवारीपूर्वक संक्रमणलाई कसरी नियन्त्रणसहित निको पार्न सकिन्छ बुझ्नुपर्ने हुन्छ । सामाजिक दूरीको महत्व हरेक व्यक्ति चाहे त्यो संक्रमित होस् वा चाहे सुरक्षित होस् उसले बुझ्नुपर्ने हुन्छ । रोग सम्बन्धी यथार्थपरक सूचनालाई लिएर तत तत सम्बन्धी सामाजिक दायित्व यसैसगै बुझ्नुपर्ने हुन्छ । त्यसकारण पनि सामाजिक दूरी वा अरु कुनै उपायलाई कसरी अपनाउने भन्ने हरेकले सम्झिनु पर्ने हुन्छ ।
कोरोनाको पछिलो तथ्याकंले अर्को के कुरा भन्छ भने यसको रोकथामको एउटै उपाय सामाजिक दूरीको कायम राख्नु र सजग रहनु मात्रै हो । हालै नियमित गराइएको लकडाउन अवधि बढाउनु पनि सर्वथा नियन्त्रणको उपाय होइन । लकडाउन कहिलेसम्म ? आर्थिक अवस्था ठप्प पारेर समाजलाई कहिलेसम्म चलाउन सकिन्छ ? प्रश्न जटिल बनेको छ । लकडाउनको बिकल्प केबल समाजिक दूरी र रोकथामको उचित उपाय अपनाउनु नै हो भन्ने बुझ्नु पर्ने भएको छ । सामाजिक सद्भावसहित कोरोना सर्न नदिने अवस्थामा अनुकुलन नै विश्व समुदायको लागि अब को बाटो रहन सक्छ ।इतिहासले के भन्छ भने समाज निर्माण मानवीय आवश्यकता र्पूिर्त गर्नु पहिलो बाध्यता हो भने समूहको आवश्यकता अर्को बाध्यता हो । विकसित हुँदै गर्दा केही रुपमा मानिस आफ्नो समाजबाट भागेर ब्यक्तिगत भएको अनुभूति हुने गरेको थियो । तथापि पूर्वीय दर्शन र आनीबानी व्यवहार चालचलन सामाजिक मात्रै छ ।
हाम्रो हरेक पल र हरेक समयमा परिवार र समूह चाहिन्छ । यो नै हाम्रो मूल्य मान्यता हो, हाम्रो परम्परा हो, हाम्रो संस्कृति । त्यसको विपरीत संक्रमण रोकथामको एउटै उपाय नै संक्रमणलाई फैलिनु नदिनु हो । संक्रमणको चैनलाई भत्काउनु हो , एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिनु नदिनको लागि एउटै विकल्प सामाजिक दूरी, व्यक्तिगत दूरी हो । यो बाहेक अर्को विशिस्ट उपाय छैन । यस्तो अवस्थामा हाम्रो दैनिकीलाई कसरी सन्चालन गर्ने त ? भन्ने सवाल टड्कारो छ अझै हामी जस्तो भिडभाडा वाला जीवनशैली हुने काठमाडौं ,पोखरा जस्ता शहरमा त यो संक्रमण र भाइरससँगको अनुकुलन, चैन भत्काउने कार्य एकदमै गाह्रो र कठिन छ ।
यसका लागि आफ्नो सम्पूर्ण जीवनशैलीलाई अनुकुलन गर्नु पर्ने देखिन्छ । बाहिर तथा भीडमुखी शैलीलाई पूर्णत रुपमा बन्द गर्नुपर्ने देखिन्छ । आर्थिक र सामाजिक दायित्वले हामीलाई धेरै भूमिकामा रहनु र बस्नु पर्ने हुन्छ । तत तत भूमिका र अवस्थामा रहदा बस्दा कसरी कहाँ कुन कुन अवस्थामा कस्तो भूमिकामा कसरी अनुकुलन गर्दै आफ्नो दैनिक कार्य सन्चालन गर्ने भन्ने बारे यहाँ केही सुझाव दिन खोजिएको छ ।
के हो सामाजिक दूरी ?सामाजिक दूरी, जसलाई ‘शारीरिक दूरी’ पनि भनिन्छ, भनेको हरेक मानिसले आफू र अर्कोसग व्यवहार, कुराकानी, तथा अन्य क्रियाकलाप गर्दै गर्दा भौतिक रुपमा राखिने दूरी मात्रै हो । अहिलेको सन्दर्भमा कोरोनालाई सजिलै सर्ने भन्दा टाढाको दूरीमा आफूलाई राखेर अरुसँग व्यवहार गर्ने क्रिया नै सामाजिक दूरी हो । यसले सरुवा तथा शुक्ष्मजीवलाई एक व्यक्तिबाट अर्को व्यक्तिसम्म अझै भनौ आफ्नो घर बाहिरका मानिसबीच ठाउँ राख्नु हो ।
हाम्रो समाजले अहिलेसम्म गर्दै आएको निकटतालाई केही समयको लागि घटाउनुपर्ने भएको छ । यो निकटता भौतिक हो । वा सामाजिक रुपमा कुनै समूहमा नबस्ने, सामूहिक रुपमा केही भिड जम्मा नगर्ने तथा त्यस्ता भिड मा नबस्ने, व्यक्रिगत रुपमा बस्दा रहदा पनि अरुसँग भौतिक रुपमा टाढा रहने । थुक, श्वास तथा अन्य शुक्ष्म जीवणु रहन, बस्न सक्ने अन्य कुनै ठोस् तथा अन्य तरल पदार्थमार्फत भाइरस सर्न नसक्ने गरी बस्नु नै सामाजिक दूरी हो ।
नाप अनुसार कम्तिमा लगभग ३ मिटर सम्मको दूरी मा रहने नै सामाजिक दूरी मा रहने भन्ने बुझिन्छ । काेराेना भाइरस तथा अन्य शुक्ष्म सरुवा जीवाणु सर्न नसक्ने गरी बस्नुपर्ने हुन्छ । साथसाथै भीडभाड बाट टाढा रहनुपर्छ र ठूलो जमघटबाट बच्नुपर्ने हुन्छ । कोराेनालाई रोक्नको लागि दैनिक कदमका साथै तपाई र अन्य बिचमा खाली ठाउँ राख्नु एक उत्तम उपकरण हो जुन हामी यस भाइरसको प्रभावमा पर्नदेखि जोगिन सक्छौं र यसको प्रसार स्थानीय र देश र विश्वभर सुस्त बनाउनका लागि हो ।
आफन्तहरुसँग सम्पर्कमा रहदा सामाजिक दूरीको अभ्यास गर्न सकिन्छ , जस्तै सामान्य कुराकानीको लागि भिडियो च्याटको प्रयोग गर्न सकिन्छ , व्यक्तिसँग फोन कल गर्न सकिन्छ, अन्तरक्रिया गर्न अनलाइन समूह प्रयोग गर्न सकिन्छ । हालमा इन्टरनेटको उपलब्धता उल्लेखय रुपमा छ । त्यसलाई राम्रोसँग उपयोग गरी अन्तरक्रिया तथा भिडियो कुराकानी गर्न सकिन्छ । छिमेकीसँग कुराकानी गर्दा न्यूनतम ३ मिटर दूरी राखेर कुराकानी गर्ने बानी बसाउनुपर्ने हुन्छ । यसरी आफन्तजनसँग कुराकानी गर्दा पर्न सक्ने मानासिक तनाव तथा अत्यासलाई मेटन को लागि आफ्नो मानसिक स्वास्थ्य हेरचाह गर्नुपर्ने हुन सक्छ ।
स्कुल, कलेज तथा अन्य शैक्षिक संस्थामा भाइरस वा कीटाणुको प्रसार कम गर्ने उद्देश्यले सामाजिक दूरी तथा अनुकुलनसहितको अवस्थामा रहन को लागि हरेक समय वा स्कुल र कलेज वा शैक्षिक कार्यालय वा कार्यस्थलमा पस्नु अगाडि साबुन र पानीले हात धुने गर्नुपर्छ । वा त्यहाँ रहँदा बस्दा र नियमित समयको अन्तरालमा हाते सेनिटाइटर प्रयोग गर्नुपर्छ । कक्षामा अनावश्यक धेरै गतिविधि रोक्न सकिन्छ, लामवद्ध भएर बस्ने कृयाकलापबाट बच्नु नै उपयुक्त हुन्छ । आफ्नो काम हुँदै गर्दा पनि नियमित हात धुने तालिका राखेर त्यही अनुसार गर्नुपर्छ । नियमित रूपमा किटाणु रहन सक्ने स्थानको सफा गरिरहनु पर्छ । सम्भव भएसम्म कक्षा कोठा बाहिर कक्षा सञ्चालन गर्न सकिन्छ । भित्र रहदा बस्दा झ्याल खोलेर र अधिक भेंटिलेसनको अवस्था निर्माण गर्नुपर्छ । खाना बनाउने (क्यान्टीन) स्टाफ र तिनीहरूका नजिकका सम्पर्कबीच कडा स्वच्छतासहित कार्य गर्नुपर्छ ।
कार्यस्थलमा सामाजिक दूरीका लागि अभिवादन गर्न हात नमिलाउने, अनावश्यक बैठक रद्द गरेर त्यसको बिकल्प बारे विचार गरी सोही अनुसार गर्ने, गराउने । यदि आवश्यक छ भने, भिडियो कन्फरेन्ससँग वा फोन कलमार्फत बैठक गर्ने गराउन कबपष्लअजजब । सकेसम्म बैठक पछिकाे लागि सार्ने । सम्भव भएमा खुला स्थानमा आवश्यक बैठक गर्ने गराउने । खाजा क्यान्टीनमा भन्दा तपाईको डेस्क वा बाहिर खाजा खाने बानी बसाएमा त्यसले पनि किटाणुलाई नियन्त्रण गर्न सहयोग गर्न सक्छ । लगाउने पोशाकमा पनि आफू स्वस्थ्य भएर बस्नको लागि मास्क, पंजा, चस्मा, ह्याण्ड स्यानिटाइजर, साबुनपानीले धुन मिल्ने खाले पोशाक लागाउनु पर्छ ।
बाटोमा हिड्दा वा बाहिर डुल्दै गर्दा अरु मानिसलाई साइड दिने, ३ मिटर व्यक्तिगत दूरी कायम गर्ने सतर्कता र धैर्यता अपनाउने, काम गर्ने ठाउँमा वातावरणलाई किटाणुरहित बनाउनको लागि साबुनपानी, ह्याण्ड स्यानिटाइजर प्रयोग गर्ने, ३ मिटरको दूरीमा बस्ने, काम गर्ने ठाउँ र त्यस्तै प्रणाली बनाउनु पर्ने हुन्छ, हामीले आफ्ना व्यक्तिगत क्रियाकलाप जस्तै खोक्दा, हाच्छ्युं गर्दा, बोल्दा अरु मान्छेको अगाडि नगर्ने, आफ्नो कुहिनामा, मान्छे नभएको साइडतिर फर्केर, टिस्यु पेपर वा रुमाल प्रयोग गरेर मात्र हाच्छ्युं गर्ने र खोक्ने, त्यसपछि टिस्यु पेपर, मास्क सुरक्षित डिस्पोज गर्ने,्र कपडाको रुमाल प्रयोग गरेको भए साबुनपानीले धोएर सफा गर्ने, मास्क तथा अनुहारमा हात नलग्ने ्रसेवाग्राहीलाई दूरी कायम गर्ने सूचनामूलक चित्रसहितको पोष्टर टाँस्ने, साबुनपानी र स्यानिटाइजरको व्यवस्था गर्ने, सकेसम्म आफू पनि भीडमा नजाने, आफ्नो कारणले पनि भीड नगराउने, यस्ता सामान्य क्रियाकलापले पनि हाम्रो जीवन क्रियाकलापसँग लडन सक्ने तथा नियन्त्रण गरी आफू सुरक्षित रहने वातावरण निर्माण हुन सक्छ ।
यसबाहेक बाहिरफेर किनमेलमा जादा सपिंग कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, तरकारी बजारबाट सामान नकिन्ने, घर नजिकको पसलबाट सामान किन्ने वा अनलाइन अर्डर गर्ने, किनमेल गर्दा व्यक्तिगत दूरीको ख्याल गर्ने जे र जसरी वर्णन गरेपनि एउटा कुरा कहिले बिर्सिन नहुने तथ्य के हो भने सामाजिक दूरी मात्रै अहिलेको नियन्त्रणको उपाय हो । चाहे त्यो अस्पातल होस् या अन्य सार्वजनिक स्थल सबैले के चाँहि बानीको विकास गराउनुपर्छ भने अन्य मानिस भन्दा केही दूरी राखी त्यसैको अवस्था अनुसार रहनु र बस्नु नै उचित हुन्छ ।
कोरोना संक्रमण हाम्रो क्षेत्रमा फैलिन सक्ने सम्भाबना प्रचुर छ । त्यसकारण सबैजनाले घरभित्र र बाहिरका ठाउँमा बाहिरहरूसँग नजिकको सम्पर्क सीमित गर्नुपर्छ । किनकि मानिसले भाइरसलाई जान्नु अघि नै उनीहरू भाइरस फैलाउन सक्छन, सम्भव भएमा अरूबाट टाढा रहनु महत्वपूर्ण हुन्छ, कुनै लक्षण नदेखिएको अवस्थामा पनि । सामाजिक दूरी सबैको लागि उत्तिकै महत्वपूर्ण छ । विश्वव्यापी रुपमा कोरोनाको निर्मुल गर्न त धेरै समय लाग्ने कुरा प्रस्ट भइसकेको छ । तथापि यो लामो अवधिमा हामी सबै आफ्नो दैनिकीलाई बन्द गरेर बस्न पनि सक्दैनौ । त्यसकारण पनि यसैसग अनुकुलन हुने गरी आआफ्ना क्रियाकलाप संचालन गर्नु नै बुद्धिमतापूर्ण हो । (अधिकारी सामाजिक विज्ञ हुनुहुन्छ)