काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्यहरुले भारततर्फका् सीमा विवाद वार्ताबाट टुंगाउन सुझाव दिएका छन् । स्थायी समितिको शनिबारको बैठकमा नेताहरुले यस्तो सुझाव दिएका हुन् ।
बैठकमा शनिबार २१ जना स्थायी समिति सदस्यले सीमाबारे आफ्नो धारण राखेका थिए । स्थायी समिति सदस्यहरुले नेपालको गुमेको भूमिसहितको नक्शी प्रकाशन गरी त्यसलाई संविधानको अनुसूचीमा राख्न संशोधन मार्फत सार्वभौमिकता र भूमि रक्षाका लागि ऐतिहासिक पहल भएको बताएका छन् । भूमि फिर्ताका लागि समेत संविधान संशोधनमा जस्तै राष्ट्रिय एकताका साथ अगाडि बढ्नुपर्ने स्थायी समिति सदस्यहरुको धारणा छ ।
बैठकमा शनिबार देवेन्द्र पौडेल, सुरेन्द पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र रघुजी पन्तले सीमा समस्या वार्ताबाट समाधान गर्नुपर्ने बताउनु भयो । बैठकमा टोपबहादुर रायमाभी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, लेखराज भट्ट, नन्द कुमार प्रसाई, प्रदिप ज्ञवाली मणी थापा, घनश्याम भूसाल, शक्ति बस्नेत, बामदेव गौतम, योगेश भट्टराई, पृथ्वी सुब्बा गुरुङ, ईश्वर पोखरेल, विष्णु पुकार श्रेष्ठ र पुष्प कडेल लगायत धारणा राख्नुभएको छ ।
शुक्रबारको बैठकमा उनुपस्थित हुनुभएका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली शनिबार भने केहीबेर सहभागी हुनुभएको थियो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री आफ्नो स्वास्थ्य अवस्था अनुकुल नभएको जानकारी दिनुभयो ।
स्थायी समिति बैठक अब असार १६ गते मात्र बस्ने भएको छ । असार १४ गते जननेता मदन भण्डारी जयन्ती र १५ गते राष्ट्रिय धान दिवस परेकोले त्यसदिन बैठक नहुने गरिएको ,ेष्ठले बताउनु भयो ।