संसदमा विचराधिन अवस्थामा रहेको एमसीसी खोज नै गर्नुपर्ने बुद्धिजीविहरुको राय छ । समितिले मंगलबार विज्ञप्ति निकालेर एमसीसी परियोजना अमेरिकाले सैनिक रणनीतिक उद्देश्यअन्तर्गत अघिसारेको जनाएको छ । ‘यो एमसीसी परियोजना सैनिक रणनीतिक उद्देश्यअन्तर्गत गरिब तथा विकासोन्मुख मुलुकको लागि भन्दै अमेरिकाले अघि सारेको आर्थिक सहायता कार्यक्रम हो । यस कार्यक्रम अन्तर्गत अमेरिकाले नेपालमा ५० करोड डलर या करिब ५५ अरब रूपैयाँ ल्याउनेछ र नेपाल सरकारले मिसाउने १३ अर्ब रूपैयाँ राख्ने छ’ समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘यसरी जम्मा हुन आउने करिब ७० अर्ब रूपैयाँ ५ वर्ष भित्रमा काठमाडौंदेखि भारतको गोरखपुरसम्मको विद्युत प्रसारण लाइन १०० किमि सडक विस्तारमा खर्च गर्नुपर्नेछ । सरसरी हेर्दा हामीलाई के लाग्न सक्छ भने ओ हो यत्रो ठूलो आर्थिक सहयोग । यो त निकै राम्रो योजना रहेछ, फेरि विरोध किन गरेको होलान् ? । तर वास्तविकता के हो भने यसको विरोध भनेको अमेरिकाको विरोध पनि होइन र विदेशी सहयोगको विरोध त झन् हुँदै होइन । यससँग जोडिएर आउने शर्तहरूको मात्र विरोध हो ।’
प्रबुद्ध व्यक्तिहरूसम्मेलित समितिले यदि एमसीसी संसदबाट पारित भए नेपालको हालत इराक जस्तै हुने जनाएको छ । ‘राष्ट्रघाती एमसीसी परियोजनालाई संसदबाट पारित गर्न जोडबल भइरहेको छ । यदि यसो भयो भने नचाहँदा नचाहँदै पनि भविष्यमा हाम्रो देश विश्वका शक्तिशाली मुलुकहरूको युद्ध मैदान बन्नेछ र हामीले इराक, अफगानिस्तानको जस्तो दुर्दशा भोग्नुपर्ने छ’ विज्ञप्तिमा उल्लेख छ, ‘ केही शर्त यस्ता छन् जसलाई स्वीकार गर्ने हो भने हाम्रो स्वतन्त्रता र स्वाभिमान अनि संविधान र कानुनको ठाडो उल्लंघन हुन जानेछ । यो रकम अमेरिकाले छानेका योजनामा मात्र खर्च गर्नुपर्नेछ, खर्चको हरहिसाब अमेरिकाले मात्र राख्न पाउनेछ, त्यसवापत कुनै पनि प्रकारको कर तिर्न पर्नेछैन र त्यसमा नेपालले सोधपुछ गर्न पनि पाउने छैन । कर्मचारी नियुक्ति र खटनपटन सबै अमेरिकाले गर्नेछ, कसैले अपराधै गरे पनि नेपालले त्यसलाई केही गर्न सक्ने छैन । काम गर्दा नेपाली कानुन र अमेरिकी कानुन बाझिएको खण्डमा अमेरिकी कानुन नै लागू हुनेछ । नेपालमा रहेका जडीबुटी र महत्वपूर्ण युरोनियम लगायत खनिज सम्पदालाई अमेरिकाले आफ्नो नाउँमा दर्ता गर्नेछ । योजनाकोसुरक्षाको लागि अमेरिकी सुरक्षा टोली या सैन्य दस्ता योजना स्थलमा राख्नेछ ।’
सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू,
हाम्रो देश एक स्वाधीन, स्वतन्त्र, सार्वभौम र तटस्थ मुलुक हो । यो अहिलेसम्म कसैको उपनिवेश भएको छैन र कुनै अन्तर्राष्ट्रिय सैनिक गठबन्धनमा पनि समावेश भएको छैन । इतिहासमा यसमाथि उत्तर तथादक्षिणतिरबाट पनि कैयन आक्रमणहरू भए, तर हाम्रा पुर्खाहरूले वीरतापूर्वक लडेर देशको स्वतन्त्रता रअस्मिताको रक्षा गरिरहे । सबैभन्दा पछि शक्तिशाली बेलायती साम्राज्यवादीसँगको लडाइँमा हजुरबाउदेखिनातिसम्म र महिलादेखि बालबालिका सम्मले ठूलो बलिदान गरेर यस मुलुकलाई पराईको अधीनमा जानबाटबचाए । यसैले हामी कहिल्यै कसैको अधिनमा गएनौँ । हामी आफ्नो देशको स्वतन्त्रता र सार्वभौमिकतालाईजति माया गर्छौँ, अन्य मित्र राष्ट्रहरूको स्वाधीनता र सार्वभामिकताको त्यत्तिकै सम्म्मान र आदार पनि गर्छौ ।असंलग्नता र पञ्चशील हाम्रो परराष्ट्रनीतिको मूल आधार हो । हामी हाम्रा दुई छिमेकी मुलुक भारत रचीनसँग मात्र होइन, संसारका जुनसुकै देशसँग पनि अहस्तक्षेप, शान्ति, समानता, मित्रता र पारस्परिक लाभकोआधारमा सम्बन्ध स्थापित गर्न चाहन्छौँ । हाम्रो देशमा मुख्यतः दुई फरक दर्शन–दृष्टिकोण भएका राजननीतिकशक्तिहरू छन । एउटाले पश्चिमी यूरोपमा विकसित संसदीय प्रणाली र प्रतिस्पर्धात्मक सामाजिक ढाँचामाविश्वास गर्छ, जसको नेतृत्व नेपाली कांग्रेसले गर्छ । अर्काले कार्लमाक्र्सद्वारा प्रतिपादित समाजवाद हुँदैसाम्यवादी समाजमा पुग्ने दर्शनमा विश्वास गर्दछ । यसको नेतृत्व नेपालका कम्युनिष्ट तथा वामपन्थीसमूहरूले गर्दछन् । यी दुवै थरी राजनीतिक संगठनहरूका मूल नीति, नारा र कार्यक्रममा राष्ट्रियतालाई पहिलोस्थान दिइएको छ । नेपाली कांग्रेसको मूल नारा “राष्ट्रियता, प्रजातन्त्र र समाजवाद” छ । त्यसरी नै नेपालीकम्युनिष्टहरूको मूल नारा “राष्ट्रियता, जनतन्त्र र जनजीविका” छ । अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपासत्तामा छ र नेपाली कांग्रेस प्रतिपक्षमा । अरू केही वाम वा कम्युनिस्ट घटक बाहिर छन् र एमसीसीसम्झौताको विरोध गरिरहेका छन् ।
तर आज दुःखद आश्चर्यको कुरा के हुँदैछ भने राष्ट्रघाती एमसीसी परियोजनालाई संसदबाट पारितगर्न जोडबल भै रहेको छ । यदि यसो भयो भने नचाहँदा नचाहँदै पनि भविष्यमा हाम्रो देश विश्वकाशक्तिशाली मुलुकहरूको युद्ध मैदान बन्नेछ र हामीले ईराक, अफगानिस्तानको जस्तो दुर्दशा भोग्नुपर्ने छ ।यो एमसीसी परियोजना सैनिक रणनीतिक उद्देश्यअन्तर्गत गरीब तथा विकासोन्मुख मुलुकको लागि भन्दैअमेरिकाले अघि सारेको आर्थिक सहायता कार्यक्रम हो । यस कार्यक्रम अन्तर्गत अमेरिकाले नेपालमा ५० करोडडलर या करिब ५५ अरब रूपैयाँ ल्याउनेछ र नेपाल सरकारले मिसाउने १३ अरब रूपैयाँ राख्ने छ । यसरीजम्मा हुन आउने करिब ७० अर्ब रूपैयाँ ५ वर्षभित्रमा काठमाडौंदेखि भारतको गोरखपुरसम्मको विद्युत प्रसारणलाइन १०० किमि सडक विस्तारमा खर्च गर्नुपर्नेछ । सरसरी हेर्दा हामीलाई के लाग्न सक्छ भने ओ हो यत्रोठूलो आर्थिक सहयोग । यो त निकै राम्रो योजना रहेछ, फेरि विरोध किन गरेको होलान् ? । तर वास्तविकता केहो भने यसको विरोध भनेको अमेरिकाको विरोध पनि होइन र विदेशी सहयोगको विरोध त झन् हुँदै होइन ।यससँग जोडिएर आउने शर्तहरूको मात्र बिरोध हो । केही शर्तहरू यस्ता छन् जसलाई स्वीकार गर्ने हो भनेहाम्रो स्वतन्त्रता र स्वाभिमान अनि संविधान र कानूनको ठाडो उल्लङ्घन हुन जानेछ । यो रकम अमेरिकालेछानेका योजनामा मात्र खर्च गर्नुपर्नेछ, खर्चको हरहिसाब अमेरिकाले मात्र राख्न पाउनेछ, त्यसबापत कुनै पनि
प्रकारको कर तिर्न पर्नेछैन र त्यसमा नेपालले सोधपुछ गर्न पनि पाउने छैन । कर्मचारी नियुक्ति र खटनपटनसबै अमेरिकाले गर्नेछ, कसैले अपराधै गरे पनि नेपालले त्यसलाई केही गर्न सक्ने छैन । काम गर्दा नेपालीकानून र अमेरिकी कानून बाझिएको खण्डमा अमेरिकी कानून नै लागू हुनेछ । नेपालमा रहेका जडीबूटी रमहत्वपूर्ण युरोनियम लगायत खनिज सम्पदाहरूलाई अमेरिकाले आफ्नो नाउँमा दर्ता गर्नेछ । योजनाकोसुरक्षाको लागि अमेरिकी सुरक्षा टोली या सैन्य दस्ता योजना स्थलमा राख्नेछ । परियोजना क्षेत्रका जÞमीनएम.सी.सी.को अधीनमा जाने र परियोजना अवधि पछि पनि ती ठाउँहरू एम.सी.सी.ले नै उपभोग गरिरहनेप्रावधान पनि प्रष्ट आएको छ ।
त्यस्तै अन्य धेरै कुरा छन्, जसले हामीलाई अमेरिकी स्वार्थ र नियन्त्रणभित्र बिस्तारै छिराउँदै लैजानेछ ।अमेरिकाले अष्ट्रेलियादेखि लिएर बर्मा, थाईल्याण्ड, भारत, पाकिस्तान, बंगलादेश आदि मुलुकलाई समेटेर एउटासैनिक साझेदारीको सञ्जाल तयार गरिरहेको छ, जसलाई छोटकरीमा आइपीएस वा इण्डो–प्यासिफिक रणनीतिकार्यक्रम भनिन्छ । यसको मूल उद्देश्य नै यस क्षेत्रमा अमेरिकाले ठूलो सैनिक आधार तयार गर्ने र आवश्यकपर्दा यहीँबाट युद्ध विस्तार गर्ने हो । अहिले विश्वमा सबैभन्दा ठूलो प्रतिस्पर्धा चीन र अमेरिकाको बीचमाचलिरहेको छ । हामी विश्वका कुनै पनि मुलुकसँग शत्रुता मोल्न चाहँदैनौँ र कुनै एकको विरुद्ध अर्कालाई प्रयोगगर्न पनि चाहन्नौँ । अमेरिकाले विभिन्न संयन्त्र वा दूतावासमार्फत निकै जोडबल गर्नु वा अप्रत्यक्ष धम्क्याउनुलेपनि नियतमा प्रष्ट समस्या देखिएको छ । विश्वका कुनै पनि देशसँग हाम्रो शत्रुता छैन । यदि हाम्रो कोही शत्रुछ भने त्यो हामीभित्रैको गरीबी, अशिक्षा, शोषण, दमन, भ्रष्टाचार, अन्याय, अन्धविश्वास, सामाजिक विभेदआदि हुन् । हामी समाजमा भएका धनी–गरीब, नोकर–मालिक, सानोजात– ठूलोजात जस्ता सम्पूर्णभेदभावबिरुद्ध लडेर न्याय र समानतामा आधारित समाज निर्माण गर्न चाहन्छौँ, तर छिमेकी देश चीन रभारतसँगको सम्बन्धमा कहीँ समस्या भए पनि हामी आफै वार्ता र सम्बादका माध्यमबाट समाधान गर्न सक्छौँ। हामी हाम्रै ढङ्गले र आफ्नै बुतामा देश निर्माणको संघर्षमा लागिरहन्छौँ । त्यसैले चाहे आर्थिक अनुदान रविकासको नाउँमा होस्, चाहे अर्को कुनै पनि निहुँमा होस्, बाह्य घुसपैठ र हस्तक्षेप हामीलाई स्वीकार्य छैन ।राष्ट्रिय हित र सुरक्षा विपरित सम्झौता गरिएको एमसीसी जस्तो घातक सम्झौतालाई कुनै पनि हालतमापारित नगर्न आफैले चुनेर पठाएका सांसदज्यूहरूलाई अनुरोध गरौँ, दबाब दिऔँ र साथै यसलाई पूरै रद्ध गर्नसरकारसँग जोडदार माग गरौँ । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको एउटै आवाज बनाआंै, राष्ट्रघातीएमसीसी प्रस्ताव खारेज गराऔँ ।
यसैको खारेजीका लागि राष्ट्रिय जीवनका महत्वपूर्ण र लब्धप्रतिष्ठित वाम तथा प्रजातान्त्रिकव्यक्तित्वहरु, देशभक्त प्रगतिशिल बौद्धिक समूदायहरू, विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, डाक्टर,ईन्जिनियर, वकिल लगायतको संयुक्त अपिल सार्वजनिक गरिएको हो ।
तपशील१. लोककृष्ण भट्टराई,
२. बोर्णबहादुर कार्की,
३. डा.मथुराप्रसाद श्रेष्ठ,
४.स्वनाम साथी,
५.नारायण शर्मा,६.लक्ष्मीभक्त उपाध्याय,
७.डा. भरत प्रधान,
८.गौरी प्रधान
९.मोहनचन्द्र अधिकारी
१०.लोकनारायण सुवेदी,११.मोदनाथ प्रश्रित
१२. सीताराम तामाङ्सहित१३.श्रीकृष्ण श्रेष्ठ१४.अमर गिरी१५.अच्युत ज्ञवाली१६.अमर कार्की१७.अम्बिका प्रसाद थैब१८.आमोद अधिकारी१९. दुर्गाप्रसाद वस्ती२०.पदम सिवाकोटी२१.ईश्वरकुमार पिया२२.ईश्वर श्रेष्ठ२३.एकलाल श्रेष्ठ२४.कलाधर पौडेल२५.कमानसिंह लामा२६.कमल कोइराला२७.कमला अमात्य२८.कपिल आचार्य२९.किशनशर्मा गैरे३०.कुन्ता शर्मा३१.के.बी खड्का३२.कौशल अधिकारी३३.केशव खड्का३४.केशवराज खड्का३५.केशरमणि पोखरेल३६.कृष्ण आचार्य३७.कृष्ण भुजेल३८.खड्गबहादुर गुरुङ३९.गणेश बहादुर अधिकारी४०.गोपाल गिरी४१.गोपालमणि गौतम४२.गोपीरमण उपाध्याय४३.गोविन्द आचार्य४४.गोविन्द ज्ञवाली४५.गोविन्दराज ज्ञवाली४६.गोविन्दसिंह थापा४७.गुणराज गौतम४८.गौरी प्रधान
४९.घनश्याम शर्मा पौडेल५०.चतुरमान सुनार५१.चित्रबहादुर आले५२.चन्द्रा उदासी५३.छायादत्त न्यौपाने५४.जगत बहादुर के.सी.५५.जनक तिवारी५६.जनार्दनबाबु कट्टेल५७.जयनारायण नेपाल५८.जीवन शर्मा५९.ज्योतिलाल वन६०.टेकनाथ बराल६१.ठाकुर चापागाईं६२.ठाकुर प्रसाद देवकोटा६३. डा.वेद क्षेत्री६४.डा.चन्द्रकान्त ज्ञवाली६५.डा.राममान श्रेष्ठ६६.डा.सरोज धितााल६७.डा विष्णुहरि पण्डित६८.डा अर्जुन प्रसाद तिवारी६९.डिल्लीजंग गुरुङ७०.तेजराज खतिवडा७१.तिलक पराजुली७२.वेदराज ज्ञवाली७३.दिपेन्द्र बहादुर क्षेत्री७४.देवेन्द्र तिम्ला७५.देवराज पौडेल७६.नन्दनकुमार अर्याल७७.नानीमैया अधिकारी७८.नानीमैया नकर्मी७९.नारायण आचार्य८०.नारायणप्रसाद रेग्मी८१.नारायण सन्जेल८२.नन्दलाल बन्जाडे८३.नरेन्द्र खनाल८४.नरेन्द्रजंग पिटर
८५.निनु चापागाईं८६.नीलकण्ठ तिवारी८७.नेत्रपाणि गौतम८८.निरेश शर्मा८९.प्रेमलकुमार खनाल९०.प्रा. प्रेमराज न्यौपाने९१.प्रमोद धिताल९२.फणिन्द्र आचार्य९३.बद्रे आलम९४.बद्रीप्रसाद खतिवडा९५.बलभद्र भारती९६.बालकृष्ण श्रेष्ठ९७.बिन बहादुर कुँवर९८.बेदनिधि निरौला९९.भैरव रिसाल१००.भरत शर्मा१०१.भरत गौतम१०२.भीमप्रसाद गौतम१०३.भीमसेन कुमार गौतम१०४.महेन्द्र बुढाथोकी१०५.माधव मरहट्ठा१०६.मातृका पोखरेल१०७.माधव कोइराला१०८.महालक्ष्मी श्रेष्ठ१०९.महेश्वर थारु११०.महेश्वरमान श्रेष्ठ१११.मित्र शर्मा पौडेल११२.मित्र दवाडी११३.मोहन बहादुर के.सी.११४.मोहन के.सी११५.मुक्ता श्रेष्ठ११६.मुकुन्द आचार्य११७.मीना शर्मा११८.मुरारी कार्की११९.यादव उपाध्याय१२०.युवराज पन्थी
१२१.रमण कुमार श्रेष्ठ(ब.अ)१२२.प्रा.राजेन्द्र सुवेदी१२३.रामेश्वर लामिछाने१२४.रामएकपाल यादव१२५.रामबहादुर अधिकारी१२६.रामबहादुर भण्डारी१२७.रामप्रसाद श्रेष्ठ(ब.अ)१२८.रामसिंह श्रीस१२९.रामसिं रावल१३०.रामचन्द्र भण्डारी१३१.रामचन्द्र भटराई१३२.रामचन्द्र चापागाईं१३३.रामकुमार बान्तवा१३४.राममणि पोखरेल१३५.रामप्रसाद भुसाल१३६.रामराज रेग्मी१३७.रत्नमान तुलाधर१३८.लक्ष्मण पाण्डे१३९.लक्ष्मण कुँवर१४०.लेखनाथ गुरागाईं१४१.लोकप्रसाद भूर्तेल१४२.वसन्त गौचन१४३.वसन्तलाल श्रेष्ठ१४४.वासुदेव गौतम१४५.वेदराज ज्ञवाली१४६.विमल शर्मा१४७.विष्णु बहादुर वाइबा१४८.विष्णु घिमिरे१४९.विष्णुरमण खरेल१५०.सरस्वती शर्मा१५१.महादीप पोखरेल१५२.समिर सिंह१५३.सरोज पौडेल१५४.डा. सरोज धिताल१५५.सावित्रि भण्डारी१५६.सावित्रि भट्टराई
१५७.सुर्य मगर१५८.सिद्धिलाल सिंह१५९.स्नेहलता श्रेष्ठ१६०.सोमप्रसाद गौचन१६१.सोमत घिमीरे१६२.सुकन्या वाइबा१६३.सीताराम घले परियार१६४.शम्भु श्रेष्ठ१६५.शंकरप्रसाद सुवेदी१६६.शान्तदाश मानन्धर१६७.प्रा. हिमलाल पुरी१६८.शरद वन्त१६९.शारदारमण नेपाल१७०.शशिलाल राई१७१.शोभा दुलाल१७२.शंकर दुलाल१७३.शेषमणि शर्मा१७४.शिव अधिकारी१७५.शिवशंकर पौडेल१७६.शुरेस कार्की१७७.शुशीलचन्द्र अमात्य१७८.श्याम श्रेष्ठ१७९.श्यामकृष्ण कोजु१८०.हरि रावत१८१.हरि उप्रेती(ब.अ)१८२.हरि रोका१८३.हर्ष स्याङ्बो१८४.हस्त बहादुर के.सी.१८५.हस्त बहादुर मगर१८६.हरीहर खरेल१८७.हिराप्रसाद नेपाल१८७.हिरामणि खनाल१८८.हिरालाल चौधरी१८९.राजेन्द्र देशभक्त१९०.केदारनाथ गौतम१९१.भरत सिग्देल१९२. विश्वनाथ प्याकुरेल१९३. रमेश सुनुवार