काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस आज शुक्ररबारदेखि चल्दै छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले पचास प्रतिशत भाडा वृद्धि गरी सवारी चलाउन पाउने निर्णय गरेको हो । सवारी साधनले क्षमताको पचास प्रतिशत मात्र यात्रु राख्न पाइने निर्णय पनि बैठकले गरेको छ ।
उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर तथा अन्य जिल्लाको हकमा जिल्ला भित्र मात्रै सञ्चालन हुने गरी सार्वजनिक सवारी सञ्चालन हुने भएका हुन् । अर्थरसञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनुभएका प्रवक्ता खतिवडाले एक पंक्तिको एक सिटमा एकजना हुनेगरी कुल क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने छ ।
सवारी, चालक र सह चालकले मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्नेछ । गाडीमै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने चालक र सहचालकले मास्कसँगै भाइजर र पञ्जा लगाउनुपर्ने र दैनिक निसंक्रमित गरेर मात्रै सवारी गुडाउनुपर्ने उहाँले बताउनुभयो । सार्वजनिक यातायातले यो मापदण्ड लागु हुँदासम्म प्रचलित भाडादरमा ५० प्रतिशत बढी भाडा लिन पाउने छन् ।
ट्याक्सी सेवा पनि सञ्चालनमा आएका छन् । यसअघि चालक बाहेक २ जना मात्रै बस्न पाइने गरी नियम बनाइएकोमा अब २ जना बाहेक एकैपरिवारका ५ वर्षमुनिका अरु सदस्यहरु समेत ट्याक्सीमा सवार हुन पाउने छन् । भाडादर भने पुरानै कायम छ । ट्याक्सीहरु तत्कालैबाट सञ्चालन भएपनि अन्य सार्वजनिक सवारीको हकमा सुरक्षा प्रवन्ध मिलाएर सञ्चालन गर्न केही समय लाग्ने उहाँले बताउनुभयो ।
कोरोना भाइरस संक्रमणप्रति सतकर्ता अपनाउन मुलुकमा चैत ११ गतेदेखि लकडाउन गरिएसँगै सार्वजनिक तथा भाडाका सबै सवारी साधन बन्द भएका छन् । सरकारले आउँदो साउन ७ गतेसम्म मुलुकमा लकडाउन अहिलेकै अवस्थामा कायम राख्ने निर्णय गरेपनि केही खुकुलो गरी सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघले ‘लामो समयको लकडाउनले व्यवसायी तथा मजदुर आर्थिक संकटमा परेको, र सरकारले पनि राहत उपलब्ध नगराएको’ भन्दै सार्वजनिक बस गत आइतबारदेखि नै चलाउने निर्णय गरेको भएपनि सञ्चालन भने गरेको थिएन ।