डिएआर मुभिजले ‘रक तिज’ दोहोरी गीत सार्वजनिक गरेको छ । गीतमार्फत तिजमाथिको विकृतिलाई देखाउन खोजिएको छ । 'ब्याटल कन्सेप्ट' मा बनेको गीतमा शब्द, लय, संगीत तथा स्वर प्रभावन जे को रहेको छ भने भुवन बडु, जीवन बडु, पुष्पा बोहरा, स्मृति शाही, बिबेक चौलागाईं र माही बडुको स्वर रहेको छ ।
-यापर जगत तिर्वाले गीतमा -याप गरेका छन् । जगतको -यापले आधुनिकताको भड्किलो संस्कृतिलाई प्रस्तुत गर्न खोजिएको छ । गीत जीवन बडुले म्युजिक एरेन्ज गरेका हुन् भने ‘बिग परिवेश रेकर्डिङ स्टुडियो’ मा रेकर्ड गरिएको हो ।
प्रभावन जे को परिकल्पना तथा निर्देशनमा बनेको भिडियोमा सरोज दाहाल, राजाराम गौतम, विवेक चौलागाई, अनु पराजुली, रोजि कुंवर, आयुष्मा कार्की, भुवन बडु, जीवन बडु, माहि बडु, स्मृति शाही, दिपक कार्कि, लक्ष्मण चौलागाई, सन्तोष सुनुवार, मुकेश घतानी लगायतले अभिनय गरेका छन् ।
ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन रहेको भिडियोमा माधव श्रेष्ठले कोरियोग्राफी र यमुना पाण्डेको श्रृंगार छ । भिडियोको सम्पादन विष्णु खड्काले गरेका हुन् ।
गीतको भिडियो हेर्नुहोस ।
https://www.youtube.com/watch?v=BgWH8jomBl0