सानो छ खेत, सानो छ बारी, सानै छ जहाननगरी काम, पुग्दैन खान, साँझ र बिहान ।।
बिहानपख झुल्किन्छ घाम देउराली पाखामाअसारे गीत घन्किछ अनि सुरिलो भाकामा ।।
काँधको शोभा हलो र जुवा हातमा कोदालीजीवन धान्न गर्नु नै पर्ने उकाली ओराली ।।
छुपु र छुपु हिलोमा धान रोपेर छोडौंलाबनाई कुलो लगाई पानी आएर गोडौंला ।।
भनेर सानी पटुकी रातो बाँधेर झरेकीधमिलो खोला बाढीले होला कसरी तरेकी ।।
गालामा साना पसिना दाना मोतीझैं खुलेकीघाम र पानी भोक र तिर्खा कसरी भुलेकी ।।
सुसेली हाली बयली खेल्छ बतास रातमाजूनले पोख्छ शीतका थोपा धानका पातमा ।।
सुनौला बाला झुलेर होला भुइँलाई छोएकोफलेको हाँगो कहिले छ र ननुही रहेको रु
हिमाल हाँस्छ मिलाई सेता दाँतका लहरकिसान बनी जहान पाल्ने यो मेरो रहर ।।