संखुवासभा । सिलिचोङ गाउँपालिकामा पहिरोमा बेपत्ता भएकाहरुको पहिचान खुलेको छ । गाउँपालिकाको वडा नम्बर १ स्थित सिसुवाखोलाको बेसिन्दा गाउँमा आइतबार बिहानै पहिरोले ७ घर बगाउँदा ११ जना बेपत्ता भएका हुन् ।
पहिराेमा राममान राई, हस्तीकुमारी राई , एन्जीला राई, नम्रता राई, गोरीमाया राई, प्रकृति राई, जुद्धबहादुर राई, उत्तरकुमारी राई, नरमाया राई, हर्कधन राई र आइतमाया राई हराइरहेको प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभएको छ । गाउँमा पहिरो आएपछि एक जनाको हृदयघातले मृत्यु भएको छ । । दमका बिरामी मदन राईको हृदयघातबाट मृत्यु भएको मल्लले बताउनु भयाे ।
प्रहरी नायव उपरीक्षक मल्लका अनुसार पहिरोमा परेकाहरु मध्ये गोवासिंह राई, भीमसरी राई, फुलमाया राई र भीमबहादुर राईलाई सकुशल उद्धार गरिएको छ । उनीहरुलाई बासिन्दाले उद्धार गरेका हुन् ।
पहिरोले राममान राई, जुद्धबहादुर राई, माने राई, जुद्धबहादुर राई, गैरी राई, नगमाया राई, सन्दीप राई, भीमबहादुर राई, शिवधन राई र हर्कधन राईको घर बगाएको प्रहरीले जनाएको छ