भगीरथ भण्डारी इलाम । इलाम नगरपालिका ५ को बरबोटे र माईजोगमाई गाउँपालिका ५ को सोयाङ जोड्ने दुधाङमा निर्माणाधीन पक्की पुलको फर्मा बगाएको छ । अविरल वर्षासँगै खोलामा आएको बाढीले पुलको एकातर्फको स्ल्याब लगाउन बनाएको फर्मा र छड बगाएको हो ।
दुई स्ल्याबको पुलको अहिलेसम्म एउटा स्ल्यब मात्रै लगाइएको छ । लामो समयदेखि निमार्ण रोकिएको पुल पटक पटकको तागेतापछि गत वर्षदेखि निर्माणका लागि फर्मा बाँध्ने काम शुरु भएको थियो । ठेक्का लागेको सात वर्ष वितिसक्दा समेत पुल निर्माण पूरा थिएको छैन् ।
पुलभन्दा पछि निर्माण शुरु भएको सुपरमाई जलविद्युत आयोजना भने निर्धारित समयभन्दा दुई वर्ष अघिनै पूरा भयो । आयोजनाले २०७५ असोज देखिनै ७.८ मेघावाट विद्युत उत्पादन गरिरहेको छ । आर्थिक वर्ष २०७०-०७१ मा नै सडक डिभिजन कार्यालयले ६ करोड १२ लाख ९२ हजारमा ठेक्का लागेको पुल बनाउन थालिएको ७ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको थिएन । नेशनल निलगिरी जेभी नामको निर्माण व्यवसायी कम्पनीले ठेक्का लिएको उक्त काम सम्झौता भएको दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने थियो । तर निर्माण जिम्मा लिएको ठेकेदार कम्पनी र निर्माण कार्य गराउने सडक डिभिजनले वेवास्ता गरेपछि पुलको काम सम्पन्न हुन सकेको थिएन । डिभिजन सडक कार्यालयका प्रमुख अभिमन दासका अनुसार पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि लकडाउनका कारण निर्माण सामग्री नहुँदा काम हुन सकेको थिएन ।
व्यवसायीले सामान जुटाउन नसकेपछि काम पूरा हुन नसकेको हो । दासले काम नसकेपछि व्यवसायीलाई फर्मा र फाइप निकाल्न भनिएको तर उनीहरुले ननिकालेका कारण बाढीले बगाएको बताउनुभयो । पुल नबनेका कारण वर्षाको समयमा सवारीसाध गुड्न सक्दैनन् । वर्षामा सन्दकपुर गाउँपालिका ५ को जमुना, माई जोगमाई ६ को प्याङ र ५ को सोयाङका बासिन्दाले यातायातको साधन प्रयोग गर्न नै पाउँदैनन् । पुन पुल निर्माणको काम थालेसँगै हर्सित बनेका इलाम बासिमा पुल निमार्ण सम्पन्न हुने सपना सपनामै सिमित बनेको छ ।पक्की पुल नबनिदिँदा स्थानीयले वर्षौँदेखि प्रयोग गर्दै आएको झोलुङ्गेबाट वारपार गर्ने गरेका छन् । सवारीसाधन नचल्ना समय बढी खर्चनु पर्छ भने मानिसले नै भारी बोकेर आवतजावत गर्नुपर्दा स्थानीयलाई सास्ती हुने गरेको छ ।
इलाम सदरमुकामदेखि माईजोगमाईको केन्द्र नयाँबजारसम्म पुग्ने यो मोटरबाटो कालोपत्रे नभए पनि यसअघि आरआरआर एसडीपी नामक सरकारी परियोजना र उन्नति समावेशी वृद्धि कार्यक्रममार्फत एक अर्ब रुपैयाँभन्दा बढी खर्च भएर ग्राभेल भइसकेको छ । उक्त बाटोमा पर्खाल, नाली, कल्भर्ट जस्ता संरचना पनि बनिसकेका छन् । बीचमा रहेको खोलामा पुल नहुँदा त्यस क्षेत्रका जनताले समस्या भोगीरहेकाछन् ।
याे पनि हेराैँ:https://www.youtube.com/watch?v=fHrBgwUe-XY