यसवर्ष जुन १० बाट नेपालमा प्रवेश गरेकोे मनसुन सक्रिय रहेको छ। नेपालको वायुमण्डलमा मनसुनी न्यूनचापीय रेखा देखिएको छ । अहिलेको ऋतुमा मौसमको अवस्था हेर्दा नेपालभर मनसुनी वायुको प्रभाव छ । नेपालको सतहमा दक्षिण पूर्वी मनसुनी वायुको प्रभाव रहेकाले मनसुन सक्रिय बनेको हो । देशभर बदली भइरहेको छ। जसका कारण केही दिनयता देशभर वर्षा भइरहेको छ । देशका धेरै स्थानमा भीषण वर्षा हुनेकुरा मौसमविद्ले जानकारी दिएका छन् ।
दक्षिण पूर्वी न्यूनचापीय वायु प्रणालीको प्रभावले मनसुन कायम रहने भएको छ । सक्रिय मनसुन भएकालेसतर्क रहन मौसमविद्ले पूर्व सूचना प्रवाह गरेका छन् । देशभर बदली रही सबै पहाडी र तराईका स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको मौसम पूर्वानुमान गरिएको छ ।मौसमको गणितीय पूर्वानुमानको नक्शा अनुसार देशका अधिकांश भू–भागमा दक्षिण पूर्वी वायुको प्रभावले भारी वर्षा भइरहेको छ । असार २५ देखि २९ गतेसम्म मुलुकका विभन्नि क्षेत्रमा भीषण वर्षा भयो । अहिले पनि देशका धेरै स्थानमा झरी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही साउन ४ देखि न्यूनचापीय रेखा पुनः नेपालको आकाशमा आएकोले मनसुन सक्रिय भइरहेको छ । बदलिदो मौसमका कारण फेरि मनसुनी वायु सक्रिय भएको हो । मुलुकका विभिन्न स्थानमा मध्यम, भारी वर्षा र अतिभारी वर्षा हुने पनि सम्भावना देखिएको छ ।यस वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिरहेकाले वर्षातले पहिरो, बाढी र डुबानको जोखिम बढाइ दिएको छ ।
पहिरोले सडक पुरेको छ । सडक अवरुद्ध हुँदा सवारी साधन अलपत्र परेका छन् । निरन्तरको वर्षाका कारण लोकमार्ग खुलाउन समस्या भएको छ । यस्तै अधिकांश ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन् । नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात समेत प्रभावित भएका छन् । अविरल वर्षा भएर बाढीका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । दिन रातपरेको लगातारको वर्षापछि राजमार्ग अवरुद्ध भएको हो । बाढीका कारण मालबाहक ट्रक, साना जिप, कार, मोटरसाइकल र एम्बुलेन्स रोकिएका छन् ।
मौसमविद्का अनुसार प्रशस्त पानी परिहरेकाले जमिन गली सकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि पहिरोको जोखिम बढेको छ । यसपटकको अपत्यारिलो ठाउँको पहिरोले कहालीलाग्दो क्षति पुर्याएको छ । पहाडी क्षेत्रमा साना खोलानाला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना रहनुका साथै कतिपय ठाउँमा पहिरो समेत जान सक्ने सम्भावना कायमै छ । सहायक नदीमा पानीको सतह बढेर बाढीको खतरा हुनसक्ने पूर्वानुमान गरिएको छ । मनसुनको प्रभाव केही दिन कायम रहने जनाइएको छ । त्यसैले जल तथा मौसम विज्ञान विभागले आवश्यक पूर्व सावधानी अपनाउन अनुरोध गरेको छ । साथै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकले सतर्क रहन सबैमा आग्रह गरेको छ ।
अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा सिन्धुपाल्चोक, दोलखा, लमजुङ, कास्की,म्याग्दी, पर्वत,गुल्मी, ,रुकुमपश्चिम,जाजरकोट,बझाङमा पहिरोले क्षति पु¥याएको छ । सिन्धुपाल्चोक, तनहुँ र म्याग्दीले भीषण बाढी र पहिरो समेतका कारण क्षति व्यहोर्नु परेको बाढीपहिरोले कतिपय एकै परिवारका सदस्यले जीवन गुमाउनु परेको छ । कैयौं मानिस हराइरहेका पनि छन् । सयौं घर क्षतिग्रस्त बनेका छन्, परिवार विस्थापित हुनुपरेको छ ।
देशभर भइरहेको अतिवृष्टिले कतिपय नदि तथा खोलाका पुल बगाएपछि यातायात अवरूद्ध भएको छ । पहिरो खसेर मध्यपहाडी पुष्पलाल लोकमार्गको कैयौं स्थानहरुमा सडकखण्ड अवरुद्ध भएको छ । पहिरोले सडक पुरेको छ । सडक अवरुद्ध हुँदा सवारी साधन अलपत्र परेका छन् । निरन्तरको वर्षाका कारण लोकमार्ग खुलाउन समस्या भएको छ । यस्तै अधिकांश ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन् । नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात समेत प्रभावित भएका छन् । अविरल वर्षा भएर बाढीका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । दिन रातपरेको लगातारको वर्षापछि राजमार्ग अवरुद्ध भएको हो । बाढीका कारण मालबाहक ट्रक, साना जिप, कार, मोटरसाइकल र एम्बुलेन्स रोकिएका छन् ।
जोखिमपूर्ण रुपमा केही मानिस मोटरसाइकल गुडाएर र केहीले काँधमा साइकल बोकेर खोला वारपार गरिरहेका छन् । इलाम, झापा, मोरङ, काठमाण्डौ उपत्यका, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुरमा मध्यमदेखि भारी वर्षा भएको छ । शहरी क्षेत्रमा ढल र आकाशे पानीको राम्रो निकास नभएका ठाउँमा डुबान समेत भएको पाइन्छ । पानीले निकास नपाउँदा केही गाउँ डुबानमा परेका छन् । लगातार परिरहेको पानीले तराईका अधिकांश क्षेत्र डुवानमा पारेका छन् । बाढी, पहिरोे र डुबानको जोखिम उच्च रहेको छ ।
मौसमविद्का अनुसार देशभर वर्षा भइरहेको छ । यसअघि धेरै पानी परिसकेकाले थोरै पानी पर्दा पनि छिट्टैे पहिरोको जोखिम हुनसक्ने छ । पहिरो खस्न सक्ने भएकाले सावधानी अपनाउनु पर्छ । पहाड तथा तराईमा बहने साना नदीमा समेत आकस्मिक बहाव आउने सम्भावना देखिन्छ । बाढीको जोखिम हुनसक्ने देखिन्छ । बागमती, गण्डकी, कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बागमती, बूढीगण्डकी, सेती, मस्याङ्दी, कालीगण्डकी, राप्ती, भेरी, बबई, कर्णली आदि नदी तथा तिनका सहायक नदीमा उल्लेख्य मात्रामा जलसतह बढ्नेछ । केही नदीले सतर्कता तह पार गर्नेछन् । मध्यपहाडी तथा चुरे र तराई भइ बग्ने स–साना नदीनालामा आकस्मिक बहावको सम्भावना रहेकाले आवश्यक पूर्व तयारी तथा विशेष सतर्कता अपनाउनुपर्छ ।
केही नदी सतर्कता तह आसपास पुग्नेछन् । केही साना नदीनालामा समेत आकस्मिक बहाव आउने सम्भावना छ । यस्तो जोखिम क्षेत्र र नदी तटीय क्षेत्रमा नबस्न र सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ । प्रत्यक वर्ष असार र साउनमा लगातारको वर्षाले ८० प्रतिशत भूभाग डुबानमा पर्ने गरेको र करोडौँको क्षति हुने गरेको छ । यस वर्ष पनि मनसुनी गतिविधि सक्रिय भइ भारी वर्षा रहेको मौसमविद्ले बताउँदै आएका छन् । तसर्थ जोखियुक्त क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
पूर्वदेखि पश्चिमसम्म दर्जनभन्दा बढी खोला–नदीमा बाढी आउने सम्भावना देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बढीपहिराले मुलुकका पहाडी र तराईका विभिन्न जिल्ला धेरै प्रभावित भएका छन् । मनसुन सक्रिय भएपछिका दिनमा ती जिल्लामा बाढी र पहिरोबाट मानिसले ज्यान गुमाएका र कैंयाै बेपत्ता छन् । प्राप्त विवरणअनुसार मुख्यगरी सिन्धुपाल्चोक, म्याग्दी, पर्वत, बझाङ, कास्की, जाजरकोट, पाल्पा, लम्जुङ र गुल्मी जिल्लामा बढी मानवीय क्षति भएको छ । विपदबाट मानवीय क्षति बेहोर्ने अन्य जिल्लामा झापा, चितवन, सल्यान, कालीकोट, सुर्खेत, गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी र दार्चुला रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बेपत्ताहरुको खोजी र राहत तथा पुनर्स्थापना काम जारी रहेको गृहमन्त्रालयले जनाएको छ । बाढी पहिरोको यस प्राकृतिक विपद्का कारण दर्जनको असमयमै जीवन गुमेको छ । यसवर्ष विशेषगरी पहिरोले धेरै मानिसको ज्यान लिएको छ । हराइरहेकाको खोजी जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।
बाढीपहिरो पीडितको उद्धार, घाइतेको उपचार तथा पीडितको लागि राहतको व्यवस्था मिलाउनुपर्छ । विपत्तिबाट सुरक्षित हुन सरकारले उद्धार, राहत र पुनर्स्थापना कार्य मात्र होइन, विपत्तिमा पर्नै नपरोस् भनेर असुरक्षित बसोबास स्थानबाट स्थानान्तरण गर्ने तथा विपद् न्यूनीकरणका उपाय अवलम्बन गर्ने जस्ता अनेकौं दूरगामी महत्वका कार्यक्रम पनि सँगसँगै संचालन गरिनुपर्छ ।
मनसुन सक्रिय भए पछिका दिनहरुमा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ । अविरल वर्षापछि बाढी र पहिरोले क्षतविक्षत बनाएपछि परिवार विस्थापित भएका छन् । यो वर्षैपिच्छे दोहोरिरहने गरेको छ । थातथलो छोडेर कहाँ जाने पहिरो, बाढी र डुवानमा परेका पीडितको गुनासो छ । प्रधानमन्त्रीले पहिरो, बाढी र डुवानले मुलुकमा पुर्याएको जीउधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । बाढी तथा पहिरोबाट प्रभावितको उद्दारमा आवश्यक उद्धारकर्मी परिचालन गरिनुपर्छ ।संघीय, प्रदेश र जिल्लास्थित विपद् समितिबाट राहत प्रदान गरिनु पर्छ । प्रभावितलाई जोखिममुक्त स्थानमा स्थानान्तरण समेतको व्यवस्था मिलाउनुपर्छ । बाढीपहिरो पीडितको उद्धार, घाइतेको उपचार तथा पीडितको लागि राहतको व्यवस्था मिलाउनुपर्छ । विपत्तिबाट सुरक्षित हुन सरकारले उद्धार, राहत र पुनर्स्थापना कार्य मात्र होइन, विपत्तिमा पर्नै नपरोस् भनेर असुरक्षित बसोबास स्थानबाट स्थानान्तरण गर्ने तथा विपद् न्यूनीकरणका उपाय अवलम्बन गर्ने जस्ता अनेकौं दूरगामी महत्वका कार्यक्रम पनि सँगसँगै संचालन गरिनुपर्छ ।
अविरल वर्षाको कारण पानीको बहाव बढेपछि सप्तकोशी नदीमा रातो झण्डा राखिएको छ । नदीमा पानी खतरासूची भन्दामाथि पुगेपछि नदीमा रातो झण्डा राखिन्छ । प्राधिकरणले मौसम र बाढीसम्बन्धी सूचना दैनिक बुलेटिन तथा वेबसाइट लगायत सम्बन्धित कार्यालय तथा प्राधिकरणको फेसबुक पेज, ट्वीटरमार्फत सार्वजनिक गर्ने हुनाले त्यसलाई विशेष ध्यान दिनुपर्छ । आफ्नो क्षेत्रको मौसम र बाढीको अवस्थाबारे जानकार रहन तथा दैनिक मौसम र बाढीसम्बन्धी आउने मोबाइल एसएमएसमा ध्यान दिन अनुरोध गरिएको छ । बेलैमा सुरक्षित उपाय अपनाएर नदी तटीय क्षेत्रमा नबस्न र केही दिनका लागि जोखिम क्षेत्रबाट अन्यत्रै सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ । प्राधिकरणका अनुसार ठूला नदीनालामा आउने बाढीबारे जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ र आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्रि नम्बर ११४९ उपलब्ध गराइएको छ ।
हरेक वर्ष वर्षात् सँगसँगै बाढी पहिरोका कारणले क्षति व्यहोर्नु परेको हुन्छ । विपदमा परेर घरवार गुमाउने र जिउधनको क्षति व्यहोर्नुपर्ने समस्या हामी नेपालीको नियति जस्तै बन्ने गरेको छ ।बाढी पहिरो, भूक्ष्य, आगजनी, चट्याङ, भूकम्प जस्ता विभिन्न खालका प्राकृतिक विपत्तिको नेपाल सँधै उच्च जोखिममा रहेको छ । यस क्रममा सरकारले तत्काल उद्दार कार्यमा कुनै कसर नराखी सम्पूर्ण सामर्थ्य साथ ध्यान दिनुपर्छ । जोखिम मोलेर सेना, प्रहरी, कर्मचारी तथा सिंगो सरकारी संयन्त्र र सम्बद्ध निकाय बाढी पहिरो शुरु भएदेखि नै तत्परताका साथ उद्दार र सहयोग कार्यमा जुट्नुपर्छ । अविरल वर्षासँगै नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा पर्ने भएकाले राति नै माइकिङ गरी अन्यत्र सुरक्षित स्थलमा स्थानान्तरण गरिनुपर्छ ।जोखिम उच्च भएकाले आवश्यक सतर्कता अपनाउनु जरुरी देखिन्छ । भौगोलिक विकटता र प्रतिकूल मौसमसँगै उद्धारमा कठिनाइ र ढिलाइ हुनेगर्छ । बाढी पहिरोका घटना बढिरहेको अवस्थामा तत्काल उद्धार, राहत र पुर्नस्थापनाका विषयमा प्राधिकरणले सरोकारवालसँग छलफल गर्नुपर्छ । विपदबाट पीडितलाई तत्काल उद्धार गरिनुपर्छ ।
मनसुनले निम्त्याएको बाढी पहिरोको जोखिम वर्षे विपद्को रुपमा आँकलन गरिन्छ । पानी परिरहेकाले धरातल भिजेको र बाढी, पहिरो आइ धनजनको क्षति हुने देखिएको छ । यस्तो वर्षेविपद्को सामना गर्दै जीउ धनको रक्षा गर्ने चुनौती बढेको छ । तसर्थ वर्षे विपदबाट धनजनको क्षति न्यूनीकरण गर्न सतर्कत रहनुको कुनै विकल्प छैन् । जलवायु परिवर्तनको प्रभावले मौसममा उतार चढाव आउने गर्छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उद्धार, राहत वितरण तथा बेपत्ताको खोजी र पुनस्थापनको काम जारी छ । राहत र उद्धार तथा पुनःस्थापनको काम तीब्र पारिएको जनाएका छन् । यसपटक भने असरमा आधारित सूचना प्रणाली अपनाइएकाले भारी वर्षा हुने मात्रै सूचना नदिएर कुन ठाउँमा कस्तो असर गर्छ भन्ने पूर्व सूचना समेत सार्वजनिक गर्ने गरिएको प्राधिकरणले बताएको छ । त्यस कारण धेरै स्थानबाट पूर्व सूचना प्रणालीको प्रशंसा समेत भएको छ । स्थानीय तह, प्रदेश तथा जिल्ला प्रशासन कार्यालयदेखि सम्द्धव सङ्घसंस्थासँग समन्वयमा आवश्यक पूर्व तयारी गरिनु उपयुक्त हुन्छ ।
हाम्रो देशले यस वर्ष एकै पटक विभिन्न विपद्कोे सामना गर्नु परेको छ । कोरोना भाइरसका कारण मानव स्वास्थ्यमा परेको विपद्, सलहको आगमनले कृषिमा ल्याएको विपद्, मनसुनकाकारण बाढी पहिरोबाट उत्पन्न विपद् र अर्थतन्त्रमा परेको विपद्, लामो समय लकडाउन हुँदा उत्पन्न समाजिक विपद् छन् । मनसुनले निम्त्याएको बाढी पहिरोको जोखिम वर्षे विपद्को रुपमा आँकलन गरिन्छ । पानी परिरहेकाले धरातल भिजेको र बाढी, पहिरो आइ धनजनको क्षति हुने देखिएको छ । यस्तो वर्षेविपद्को सामना गर्दै जीउ धनको रक्षा गर्ने चुनौती बढेको छ । तसर्थ वर्षे विपदबाट धनजनको क्षति न्यूनीकरण गर्न सतर्कत रहनुको कुनै विकल्प छैन् । जलवायु परिवर्तनको प्रभावले मौसममा उतार चढाव आउने गर्छ । यसले जनमानसमा सकारात्मक तथा नराकात्मक प्रभाव पार्नेमा दुइमत छैन । यस्ता विपद्को व्यवस्थापन एकैसाथ गर्नुपरेकाले हाम्रो जस्तो विपन्न मुलुकलाई निकै चुनौती छ ।
विपदसँग लड्नका लागि जनताको जनधनको क्षति हुनबाट बचाउन तथा तत्काल राहतको व्यवस्था मिलाउनका लागि सरकारले पूर्ण तयारी गर्नुपर्छ । मनसुनका कारण उत्पन्न हुने विपदको व्यवस्थापनमा नयाँ रणनीति अपनाई काम गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणक सक्रिय रहनुपर्छ । संकटलाई समाधान गर्न सरकार लगायत सरोकारवाला संघ संस्था उच्च सतर्कतामा रहनुपर्छ । घटना घटनासाथ उच्च सतर्कता अपनाई तुरुन्तै परिचालित हुने गरी काम गर्न सबै सरोकारवाला संघ संस्था आवद्ध रहनुपर्छ । हाम्रा सबै सम्द्धव संस्था, विभाग कृयाशिल नै हुनुपर्छ । हामीले हाम्रो सतर्कतालाई उच्च अवस्थामा पुर्याउन जरुरी छ ।
नेपालका जुनसुकै भूभागमा आइपर्ने यस्ता विपदमा सरकार आम नागरिकको जीवनरक्षामा केन्द्रित रहनुपर्छ । हामीले विपद्प्रति खेलवाड गरेर महाविपत्ति निम्त्याउन किमार्थ पनि मिल्दैन । तसर्थ, जहाँ विपद् र विपत्ति आइलागेको छ, त्यहाँ सरकारका तिनवटै तह, जनप्रतिनिधि, राजनीतिक नेता, कार्यकर्ता एकजुट भएर सबै प्रकारका उद्दार, सहयोग र तत्काल उपचारको कामलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्छ । यस्तो प्राकृतिक विपद्प्रति सजग रहँदै अत्यावश्यक उद्दार, सहयोग र उपचारमा ध्यान दिइ व्यवस्थापन र पुनरुत्थानमा लागि पर्नुपर्छ । यस कार्यका लागि हामी सबैमा थप गम्भीरता, अनुशासन र सचेतनता आवश्यक रहेको छ
(रेग्मी प्रहरी नायव उपरीक्षक र जल तथा मौसम विद् हुनुहुन्छ)
सुझाव तथा प्रतिक्रियाका लागि [email protected]