सबै मान,सम्मान र अवसर पाइने
सबै सिनियरहरुलाई पछाडि पार्न पाइने
अनि यहीँ अवसरबाट
अरु सिनियरहरु सरह हुन पाउने भएपछि
कसलाई मन पर्दैन हाेला र? झुन्ड र काेटरी
त्यसैले मलाई झुन्ड र काेटरी मन पर्दछ।
झुन्ड र काेटरीमा बस्दा
सामूहिक हितकाे कुरा गरिरहनु पर्दैन
फेरि के काम सामूहिक हितको र ?
जे गर्नु छ आफ्नो हितका लागि गर्ने हाे
अरुकाे हित त उनीहरुले नै गर्ने हाे नी
झुन्ड र काेटरीमा बस्दा
झुन्ड र काेटरीकाे हित हुने काम गरे हुन्छ
ठीक भए नि बेठीक भए नि
यश यश भनी दिए हुन्छ।
आलोचना, समालोचना पनि नगरी
एस एस भनी दिए हुन्छ
तर दृढता पूर्वक
काेटरीकाे पक्षमा खडा भइ दिए हुन्छ
त्यसैले मलाई झुन्ड र काेटरी मन पर्दछ।।
कति मानिस विचार विधिको कुरा गर्दछन्
के काम त्यसकाे ???
जसले म जस्तो लाई कुनै लाभ र अवसर दिदैन
अनि सिनियरहरुलाई उछिन्न पनि सकिँदैन
अनि पटकपटक अवसर पनि पाईदैन भने
के काम त्यो विचार र विधिको ?
त्यसैले मलाई झुन्ड र काेटरी नै मन पर्दछ।