काठमाडाैं । आर्टमाण्डुका नवीन चौहानले निर्देशन गरेको तिनपाते बाेलको गीत लिएर सार्वजनिक भएकाे छ । तिनपाते एउटा प्रेमको कथा हो जहाँ ग्रामीण नेपालको परिवेश, गोठका कथा, हाटबजार अनि बाल्यकालको माया र अपेक्षा लुकेको छ । पूर्वी नेपालको छुर्पी, नौनी, दूध अनि गोठदेखि समग्र नेपालभरिको लाहुर जाने या गाँउमै बसेर केही गर्ने दुविधालाई छिर्दै यस म्यूजीक भिडियोले मिठो गीत र मन छुने कथा दुवै पस्किएको छ ।
संभवत नेपाली म्यूजीकल भिडियोको इतिहासमा नै यो एउटा यस्तो म्यूजिक भिडियो हो जस्मा मध्यान्तरको कन्सेप्ट राखिएको छ भने शालिन अनि संझनायोग्य पल अनि दृश्यहरुलाई अटाउँदै यस भिडियोले नेपाल चिहाउने एउटा नयाँ आँखीझ्यालको काम गर्नेछ ।
यसमा शब्द हर्क साउद, संगीत सुजन चापागार्ईं, स्वर सुजन चापागार्ईं अनि विद्या तिवारीको रहेको छ । गीतको संगीत संयोजन गंगा थापाले गरेका हुन् भने ध्वनी मिश्रण कोबिद बज्रले गरेका हुन् । गीतको छायांकन अनिश स्याङ्ग देनले गरेका हुन् भने रंग संयोजनर ग्राफिक्स दिनसन शाहले गरेका हुन्। गीतमा मिलन खत्री, अनु काफ्ले, हर्क साउद, नयन नेपाल, आयुष्मा काफ्ले, सम्रान्त थापा, मुना धिताल आदिको अभिनय रहेको छ।
चियाको बगानमा तिनपाते भएका कोपीलाहरुलाई परिपक्क, मिठो अनि उपयूक्त बिम्बका साथ उद्धृत गरिन्छ, यस गीतमा पिरतीको तीन पाते स्वरुपमा देखाइएको छ, रसरंग अनि संझनालाई तिनपातेसँग जोडिदिएको यस गीतको लयले ग्रामीण नेपालको टपक्क टिपेको भाकाहरुलाई प्रतिनिधित्व गर्दछ । यो भिडियो एउटा प्रयोग हो, अनि नेपाली पनको गीतमार्फतको पूनरावोलोकन, यस भिडियो अगस्ट ५ २०२० मा मध्यान्न ४ बजेको समयमा आर्टमाण्डुको यूट्यूब पेजवाट प्रिमियिर गरिएकाे छ ।
https://www.youtube.com/watch?v=ta07bMHe8Lk