भगीरथ भण्डारी इलाम । नेपाल भारत खुल्ला सिमानाकाबाट लुकिछिपि प्रवेश नहोस् भनेर लकडाउनको समयमा पनि इलामको नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा पोष्ट थपियो । कोरोना संक्रमणले देशमा लकडाउन भएको एक महिनाभित्र सीमा क्षेत्रका १८ स्थानमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट राखेपछि लुकिछिपि नेपाल प्रवेस गर्नेको संख्या पाइएको छैन ।
लकडाउन शुरु भएसँगै सात स्थानमा सशस्त्र प्रहरीको टोली र ११ वटा सीमा क्षेत्रमा सुरक्षा पोष्ट राखेपछि सीमाबाट लुकिछिपि आउने र हुने गरेकाे अवैध व्यापार बन्द भएको छ । नेपाल–भारत सिमानाको साढे ५२ किलो मिटर क्षेत्रका १८ स्थानमा सशस्त्र प्रहरीको टोली खटाएसँगै सीमाबाट लुकिछिपि आउनेको संख्या ढप्प बनेको हो ।
१५ दिन यता सशस्त्र प्रहरीमा ४६ जनालाई कोरोना संक्रमण पोजेटिभ पाइएपनि सिमानामा खटिएकमा समस्या नभएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेले बताउनुभयाे । 'सीमामा देखिएका पनि क्वारेन्टाइनमा खटिएका हुन्, न्याैपानेले भन्नुभयाे, 'सिमानामा खटिएकाहरुलाई सुरक्ष्ति तरीकाले राखेको हुँदा अन्यन्त्र फैलने जोखिम छैन, अहिले जतिपनि देखिएको छ सबै गणमा रहेका हुन् र उनीहरुमा पनि खतरा भने छैन ।' केही थप उपचारका लागि गएका र केही उपचार पछि फर्किसकेकाले पनि ठूलो समस्या नभएको न्यौपानेको भनाइ छ ।
न्याैपानेले भन्नुभयाे, 'अहिलेसम्म समुदाय स्तरमा नपुगेको र अब पनि नफैलियाेस् भनेर थप कडाई गरिरहेका छौं, ‘अहिले जुन ठाउँमा शंका छ त्यस ठाउँको पहिचान गरेर परीक्षण गर्ने काम भईरहेको छ ।' सूरक्षित बन्नका लागि त प्रशासनले कानुनी रुपमा मात्र कडाई गर्ने आफू सुरक्षित बन्नको लागि सर्वसाधारण आफूनै धेरै सुरक्षित बन्नु पर्ने पनि उहाँकाे भनाइ छ ।
जिल्लालाई थप सुरक्षित बनाउनका लागि कसरी अघि बड्ने भन्ने कुरामा शुक्रबार बैठख बाेलाइएकाे र बैठकले जे निर्णय गर्छ त्यसै अनुसार अघि बढ्ने उहाँले जानकारी दिनुभयाे ।