काठमाडाैं । नेपाली कथानक चलचित्र ‘दानराज’ निर्माण समूहले अन्तरक्रिया कार्यक्रम गरेको छ । डि एस डिजिटल सिनेमाको ब्यानरमा शत्रुघन अन्सारी र कल्याण रत्न कार्कीको निर्माणमा बन्न लागेको चलचित्र दानराजको काठमाडौं कलङकीमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
चेतन घिमिरे र सावर अधिकारीको सहनिर्माण रहेको दानराज चलचित्र निमार्ण हुने अन्तरक्रियामा जानकारी दिइएको छ । कार्यक्रममा दानराज चौलागाईं, चेतन घिमिरे, आरोही राणा र निर्देशक शंकर अधिकारी घायलले चलचित्रको बारेमा प्रकाश पार्नुभएको छ ।
कोहि पनि रहर ले अपराधि बन्दैन भन्दै मानिस अपराधि किन बन्छन् भन्ने कुरालाई समेटेर चलचित्र बन्न लागेको जानकारी दिइएको छ । चलचित्रमा कृष्ण पाण्डेको छायांकन, देव महर्जनको द्वन्द, राम केसी र सन्दिप भुजेलको नृत्यमा सुरेश अधिकारी, पुरुषोत्तम न्यौपाने, सन्तोष प्रगाढ, राजेशकुमार श्रेष्ठको संगीत, सुरेश अधिकारी, नित्याशिवा, सन्तोष जिबीको स्वर मा सवास गौतम र शंकर अधिकारी घायलको गीत रहने छ ।
दानराज चौलागाईं, सोनाली ताम्राकार, सुनिता दहाल, रबिन श्री, रबि खड्का, गंगा कुँवर राणा, सागरगुरु चौलागाईं, करुणा श्रेष्ठ, शत्रुघन अन्सारी, तृष्णा खड्का, रमेस डिसि, तारा लामिछाने, मुना कुवर राणा सुन्दर लामा र आर जे भिलेनको अभिनय रहने छ ।
डेब्यु कलाकार रेश्मा घिमिरे र सबिन केसि रहेका छन् भने स्वस्तिक चाँैलागाईं, हृदय कार्की र सफलता चौलागाईं बालकलाकार रहनेछन् । शंकर अधिकारी घायलको लेखन र निर्देशन रहने दानराज लकडाउन खुलेसँगै फ्लोरमा जाने जानकारी दिइएको छ ।