अमेरिका आहा !भू-स्वर्ग
सुन्दर-शान्त-विशालसोच्दै मन बहलिने
लभ इन फष्ट साइट सायदै यही हो।
किन्तु !मन बहलाउँदैन अमेरिकाअपितु, बॉंधिदिन्छ जीवन बेस्कन :
बाधिँनु, आहा ! हुन्छ र ?
जहॉं मिसिसिपी रिभरहरू गुनगुनाउॅंदैनन् मृदुल गुन्गुनाहटअलाप्छ फगत नैरास्यजसरी नारायण गोपाल गाउॅंछन् 'मेरो उठ्ने पालो'
जहाँ बग्दैन डेलाह्वेर रिभरसुसेल्दै रेशम फिरिरको झैँ माधुर्य
जहाँ नायगरा फल्सको छॅंङछॅंङले गाउँदैनजोर्ज फ्लोयडको आलापआईकन्ट ब्रेथ अफिसर ! आई कान्ट।।।।
जहॉंन्यूयोर्कका बलिया कॉंधस्टक एक्चेन्जको डमरू बजाउॅंछरनचाउॅंछ मुटु भएर पनि मुटु नभएका धनानन्दहरूलाईजसरी बिरालोले नचाउॅंछ बबुरो मुसो
हडसन रिभर व्यस्त छ'लियोपोल्ड द्वितिय'-को प्रस्तुति गान गर्नमै
रनजिकै आँखामा पट्टि बॉंधिन बाध्य स्ट्याचू फ लिबर्टीपुछिरहेकी छिन् अहंकारी विर्य
दबिएका स्वरमा कराउँदैछन्कृशावस्थाका दुई वृद्ध प्रसान्त र एट्लान्टिकहडसन रिभरको स्वरमा स्वर मिलाउँदै
उता, सेतो घर सुस्केराको लहु पिउनएनाकोण्डा कोरल्न व्यस्त छ
सेतो घरमा बस्ने काला जूकाहरूलाशको बिस्कुन लागी सक्दा पनिसुन्दैनन्,अह ! सुन्दैनन्कोरोनाको भुन्भुनाहट
क्लामेट चेन्ज !अ सिरियस थ्रेटनो... नो... स्टप ! लेट मि टेल यू सम्थिङ
ईट ईज अ होक्सउई डन्ट बिलिभ्स अन ईटईट ईज जस्ट एन प्रोपोगन्डा क्रिएडेट बाई सो कल्ड मिडिया
वक्तव्य बाजी गर्छ सेतो घर
एकता छ र छैन पनिसमता छ र छैन पनिअवसर छ र छैन पनि
एक यमदुई नियमआहा ! कसरी हुन्छ ?
बिछ्याउनामा कहॉं सुत्छ र अमेरिकाघडीमा सुत्छ र घडीमै उठ्छनौरंगी अवतार प्रस्तुत गर्छररातो, पहेलो र हरियो बत्तीको सहायतामा परेड खेल्छ
यहॉं कालो रोडलेदिनभरी, रातभरी अनिदा मुर्दालाई बोकेर दौडन्छ
क्लान्त र शिथिल रोडअनि गाउॅंछआई कान्ट ब्रेथ अफिसर ! आई कान्ट !
बहिरो अमेरिका केही सुन्दैन
बफेट,रेस्टुरेन्ट र बारको मादक्तामा रमेको अमेरेकिलाईसुत्ने फुर्सदनै कहॉं
यहँ क्राईष्ट क्रुजमा छन्यहोवा बाईबलको कुनै अध्यायमा सिमित गरिएका छन्
सारा पातकीको पाप धुन शुली चडेका जिजस क्राईष्टभन्दै होलान माथि कतै पिता परमेश्वर यहोवाको राज्यमा
क्राईष्ट उचुस्-परमपिता परमेश्वर !अमेरिका ! अमेरिका रहेन
अमेरिका न आहा ! न भू-स्वर्ग
न शान्त,न सुन्दर,न विशाल !
शान्त स्वरमा मधुर मुस्कान सहित झ्याउरे लयमा लय हाली यहोवा भन्नु हुन्छ
यहोवा उवाचस्-
देख्नु र सुन्नु यी दुई बीच चार अंगुल फरक छयही सत्य भनी नगुनी कुद्नु त्यहीँनिर नरक छ।।
अस्तु