काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता रहेको टिप्पणी गर्नुभएको छ । सभापति देउवाले विधान मिचेर पटकपटक विभाग गठन गरेको सम्बन्धमा ध्यानाकर्षण गराइएको तर उहाँमा विधान जति मिच्न सक्यो त्यति बहादुर र बलवान ठहर्छु भन्ने मानसिकता रहेको पाइएको वरिष्ठ नेता पौडेलको टिप्पणी छ ।
‘विधान मिचेर बहादुर देखाउन खोज्ने प्रवृत्तिका कारण पार्टी प्रजातान्त्रिक हो कि होइन भन्ने अवस्थामा पुगेको छ’ उहाँले भन्नुभयो ‘हामीले बारम्बार पार्टीलाई विधानमा ल्याउन पार्टी सभापतिलाई ध्यानाकर्षण पटक पटक गर्दै आयौं । तर नेपाली कांग्रेस भित्र कस्तो भएको छ भने विधान मिच्नु बहादुरी हो जस्तै हाम्रो सभापतिलाई लाग्छ की ? विधान मैले जति मिच्न सके म त्यति बलवान सभापति ठहर्छु भन्ने उहाँको मानसिकता छ जस्तो मलाई लाग्छ । त्यसले यो पार्टी डेमोक्रयाटिक पार्टी नै हो की होइन भन्ने खतरातिर जान लाग्यो भनेर हामी चिन्तित भएको हो ।’
सभापति देउवालाई विधान मिच्ने बानी परिसकेको पौडेलको भनाई छ । ‘आफू बहादुर हुँ भन्ने भ्रम भएकाले सभापतिले पटकपटक विधान मिचेर विभाग गठन गर्नुभएको छ’ उहाँले भन्नुभयो, ‘यो मिच्ने बानीप¥यो । हाम्रो सभापति मैले जे गरेपनि हुन्छ भन्ने सोच्नुहुन्छ । मलाई सम्झना छ यो देशमा कानून तोड्यो भने गृह मन्त्रीले तोडछ म गृहमन्त्री भएको हुनाले मैले हो तोडने कानून भनेर बोलेर धाक लगाएर हिंडनुहुन्थ्यो एक ताका । उहाँलाई जे बोलेपनि सबैले हाँसेर लिइदिन्थे । अहिले पनि उहाँ त्यही गर्दै हुनुहुन्छ । मैले हो तोडने म त बहादुर नी भनेर यो बहादुरीले कांग्रेसलाई क्षति पुर्यायो । यो बहादुरीले प्रजातन्त्रलाई, लोकतन्त्रलाई अत्यन्त ठूलो घात ग¥यो, क्षति पुर्यायो र घायल बनायो ।’
पार्टीको महाधिवेशन समयमै गर्न नसके पार्टी संकटमा पर्न सक्छ भन्दै आफूले ३ वर्ष अघिदेखि कार्यतालिका बनाएर काम गरौं भनेको तर सभापति देउवाले नमानेको पौडेलले बताउनुभयो । महाधिवेशन गर्ने समयमा असाधारण स्थिति भयो भन्दै पछाडि धकेलेको र अहिलेको असाधारण अवस्थामा गर्न लागिएको महाधिवेशनमा विधान मिच्दै महाधिवेशनलाई प्रभाव पार्न खोजेको बताउनुभयो ।
‘अहिले उहाँलाई धमाधम मान्छे नियुक्त गर्नुछ । मान्छे भर्ना गरेर नाम पत्रिकामा छपाएर चार वर्षसम्म उहाँको कार्यकाल सकिएपछि उहाँ कामचलाउ सभापति भइसकेपछि यो कामचलाउ कार्यसमितिले यो गर्न मिल्छ ?’ उहाँले भन्नुभयो, ‘यो कुरा हामी भनिरहेका छौं की यसरी धज्जी नउडाऔं । विधानको धज्जी नउडाऔं । लोकतान्त्रिक मूल्य मान्यताको धज्जि नउडाऔं । कांग्रेस लोकतन्त्रको प्रयाय जस्तो भएको नेपालमा यसको अस्तित्वलाई नै संकटमा पार्ने कुरा भयो ।’
फागुन ७ गतेका लागि मिति तोकेर महाधिवेशनको तयारी शुरु भएकोले अहिले देखिनै आचारसंहिता सबैलाई लाग्ने बताउनुभयो । ‘फागुन ७ गतेका लागि महाधिवेशनको मिति तोकेर हामी अगाडि बढीसकेका छौं । महाधिवेशनमा प्रवेश गरिसकेका छौं’ उहाँले भन्नुभयो, ‘यसलाई क्रियाशिलको अनि वडाको मात्र होइन केन्द्रीय महाधिवेशनको उद्घाटन नभइकन भन्लान फेरी यो त जालि कुरा हो नी । यस्तो गरेर पार्टीको बैधानिक मर्यादामाथि आँच पुर्याउन पाइन्छ ?’
पार्टीमा विधान मिचेको विषयलाई गम्भिरता पूर्वक उठाउँदै जाने र महाधिवेशनबाट सभापति देउवाको विकल्प खोज्ने पौडेलले बताउनुभयो । ‘यो विषयलाई हामी गम्भिरतापूर्वक उठाउँदै जान्छौं’ उहाँले भन्नुभयो, ‘ यो विषयलाई महाधिवेशन सम्मै उहाँको मनपरी तन्त्रको, स्वेच्छाचारी तन्त्रको प्रमाण यही हो भनेर हामी भन्छौं । त्यसकारण उहाँको विकल्प खोज्नपर्ने स्थिति जन्माइराखेको छ ।’
वरिष्ठ नेता पौडेलले पार्टीको सभापतिमा आफु नै हुनुपर्छ भन्ने दावी नगरेको समेत स्पस्ट पानर््भएको छ । तर पार्टीले आफूलाई न्याय गर्नुपर्ने उहाँको भनाई छ । पार्टीभित्र सबै नेता तथा कार्यकर्ताले आफ्नो आकांक्षा राख्न पाउने तर उमेरको आधारमा सबैलाई एउटै क्याटोगारीमा राखेर अन्याय गर्न नपाइने बताउनुभयो । पटकपटक मौका पाएकाले सत्ताको दुरुपयोग गरे नगरेको हेरेर विवेक पुर्याएर निर्णय गर्नुपर्ने तर्क पौडेलको छ ।
‘हामी नै हुनुपर्छ मै हुनुपर्छ भनेर मैले कहिलेपनि भनेको छैन् । तर एउटा कुरा को हो भने समाजले न्यायचाहिं गर्नुपर्छ । पार्टीका आम साथीहरुले न्याय चाहिं गर्नुपर्छ’ पार्टीमा सबैलाई एकनास उमेरको आधारमा एउटै क्याटागोरीमा सबैलाई राख्न पाइदैन । किनभने कसैले पार्टीमा कुनै अहित नगरेर पार्टीको हितको पक्षमा मात्रै जीवन दिएका छन होला । कसैले पटक पटक मौका पाउँदा दुरुपयोग गरेका होलान सत्ताको, त्यसको विवेक त पुर्याउनु पर्छ नी । उमेरको भरमा मात्रै कसैलाई पन्छाउने र राख्ने भन्ने कुरा चाहिं हुँदैन । स्वभाविक प्रक्रियाबाट नेतृत्व आउँछ ।’ फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले सरकारले कोरोना संक्रमण रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको बताउनुभयो