शम्भु दाहाल झापा । ‘अहँ हुदैन, त्यतीमा त हाम्रो साँउनै उठ्दैन, के गर्नु किन्दै महंगो परेको छ, पारिवाट आउन छाडिहाल्यो ।’ झापाको मुख्य शहर बिर्तामोडको कृषीथोकमा तरकारी किन्न जाँदा व्यपारीले दिने रेडिमेट उत्तर हो यो । अत्याधिक वर्षातका कारण तराईमा डुवाउ हुनु र भारतबाट आयात हुने तरकारीमा समेत लकडाउनका कारण तुलनात्मक रुपमा कम आउने भएकाले तरकारीको भाउ उच्च भएको हो ।किसानले उत्पादन गरेको तरकारी तीन जना बिचौलीयापछि मात्र उपभोक्ताको भान्सामा पुग्ने भएकाले तरकारी भाउ आकाशीएको तरकारी व्यवसायी मुन्ना शाह बताउँछन् । शाहाले भाने, ‘असार साउनमा तरकारी उत्पादनमा तुलनात्मक रुपमा कमी आउनु, सिजनअनुसार उत्पादन वृद्धि नहुनु तरकारीको मूल्य बढ्नुको अर्को काराण हो ।’सर्वसाधारणको भान्सामा दैनिक उपभोगमा आउने आलु, काउली, गोलभेडा लगायतका तरकारीको मूल्य एक महिना अगाडिको तुलनामा तीन गुणासम्म बढेको छ । उपभोक्ताहरु महंगो मूल्य हाल्दा पनि राम्रो तरकारी पाउन नसकेको गुनासो गरिरहेका छन् । वर्षेनी वर्षाको समयमा दैनिक उपभोग्य वस्तु तरकारीको मूल्य बढ्दा उपभोक्ता भने मारमा पर्ने गरेका छन् ।४० रुपैयाँ पावा भन्दा कम मूल्यमा प्राय तरकारी नपाउने गरेको बिर्तामोडकी पुष्षा अधिकारी बताइन् । वर्षामा तराईमा तरकारी उत्पादन नहुँदा पहाडबाट ल्याउनुपर्ने बाध्यता भएकाले पनि तरकारीको मूल्य बढ्ने गरेको तरकारीका खुद्रा बिक्रेता अजित राजवंशी बताउँछन् । हाल तरकारी उत्पादन नहुने र बजारमा माग बढ्ने गरेका कारण तरकारीको मूल्य बढेको उनीहरुको भनाइ छ ।
![](https://www.janatasamachar.com/wp-content/uploads/2020/08/tarkari.jpg)
झापाको बिर्तामोडमा रहेको कृषि थोक बजारमा सिमी, बोडी, करेला, भिन्डी काउलीको खुद्रा मुल्य १२० रुपैयाँ प्रतिकेजी रहेको छ । प्याज ७० तामा १ सय २०, साग साठी रुपैयाँ मुठा, स्कुस साठी रुपैयाँ केजी रहेको उपभोक्ताहरु बताउँछन् । अत्याधिक बिषदी रहेको भारतबाट आउने पर्वल भने अहिले खासै नपाउने व्यवसायीको भनाई छ ।अहिले इलाम, धनकाुटालगायतका ठाउँबाट झापाको बजारमा तरकारी आउने गरेको व्यपारीहरु बताउँछन् । इलाम रोङ गाँपालिका १ का कृषक राजन राईले टमाटर, सिमि, बोडी ३० रुपैयाँ प्रतिकेजी बारीबाट बेच्ने गरेको बताउँछन् । झापाको बिर्तामोडबाट करिब २५ किलो मिटर टाडा ३० रुपैयाँ केजीको तरकारी बिचौलीयाका कारण उपभोक्तासम्म पुग्दा ४ गुणा महंगो हुने गरेको उनको भनाई छ ।कृषक इलामका कृषक हरि लामा भन्छन्, ‘सरकारले सहकारी मार्फत तरकारीको किनबेच गरे हामीले पनि उचित मूल्य पाउने थियाैँ, उपभोक्तले पनि कम मूल्यमा तरकारी किन्न पाउँने थिए ।’ उनले थपे ‘हामीले २० रुपैयाँमा बेचेको एक मुठा सागलाई २ मुठा बनाएर व्यपारीले ७० रुपैयाँ मुठासम्म बेच्दा रहेछन् ।’नियमनकारी निकायको बेवास्ताका कारणले बजार मूल्य आकाशीएको उपभोक्ताको बुझाई छ । बिर्तामोडको बजारमा ४०, ५० रुपैयाँ गोटा पर्ने पहाडे काँक्रा रोङ्ग ६ जिर्मलेका कृषक गोबिन्द पौडेलले झापाको चारआली रहेको कृषि बजार लगेर १२ रुपैयाँ गोटा बेच्ने गरेको बताए । यो बीचमा ४ गुण बढी नाफा कस्ले खान्छ त्यो राज्यले खोज्नु पर्ने उनले बताए ।भारतीय तरकारी आयतमा कम हुँदा पनि इलाका कृषकले पोहोर सालको भन्दा बढी मूल्य नपाएको बताए । तर त्यही बहानामा व्यपारीले महंगोमा बेच्दा किन सारोकारवाला मौन छन् कृषक पहलमान राईले प्रतिप्रश्न गरे ।अहिले इलाम र धनकुटामा समेत टमाटरको उत्पादन फाट्फुट् बाहेक शुरु नभएको र अझै भदौ हप्ताबाट टिपाई शुरु हुने स्थानीयले बताए । झापाको बजारमा इलाम र धनकुटाको भन्दै टमाटर बेचेको देखेर छक्क परेको सुर्योदय नगरपालिकाका सोनाम लामाले सुनाए । अत्याधिक बिषदी भएका कारण काँकरभिट्टा नाकाबाट भित्रिन कम भएको टमाटर सेटिङमा झापाको भद्रपुर नाकाबाट दैनिक भित्रिने गरेको स्थानीयले बताए ।ककस्को सेटिङ छ न त प्रहरीले देख्छ न त स्थानीय तहले रोक्छ दैनिक आउँछ टमाटर एक स्थानियले बाताए । पहिले आलु, टमाटर, पर्वल लगायतका तरकारी दैनिक २५ कुईन्टलको हाराहारीमा भारतबाट आउने गरेको कृषिथोक बजार व्यवस्थापन कार्यालयले जनाएको छ । ‘लक डाउनको समयमा पनि बिषदी तगाय चेक गरेर तरकारी आयत भए पनि तीन दिन अघिबाट आएको छैन्’ मेची भन्सार प्रमुख ध्रुवकुमार विश्वकर्माले बताए । पहिलेको तुलनामा अहिले आयात रोकिएको व्यवसायीहरु बताउँछन् ।