काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि एकसाताकाे लागि निषेधाज्ञा जारी भएको छ । उपत्यकामा कोरोना संक्रमण तीब्र रुपमा बढ्न थालेपछि जिल्ला प्रशासनले निषेधाज्ञा लगाएको हो ।
काठमाडौँ, भक्तपुर र ललितपुरमा भदौ ३ गते रातिदेखि १० गतेसम्म एक साताको लागि लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो । बैैठकले अत्यावश्यक सेवाका बाहेक कुनैपनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी सञ्चालन गर्न नपाइने निर्णय गरेको छ । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवाका सवारी भने सञ्चालन गर्न पाउने निर्णय भएको हो ।
उपत्यकमा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएपछि तीनै जिल्लाका प्रशासनले निषेधाज्ञाको कदम चालेका हुन् । औषधि, एम्बुलेन्स, फोहोर व्यवस्थापन, अस्पताल जस्ता अत्यावश्यक सेवाबाहेक अन्य सबै क्षेत्र बन्द गरिएको काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनु भयो । त्यसबाहेकका अवस्थामा घरबाट बाहिर निस्किए कडा कारबाही हुने दाहाल ले बताउनुभयो ।
दाहालले एक साताको अवधिमा उपत्यकामा रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ, परीक्षण र आइसोलेसन निर्माणलाई तीब्रता दिइने पनि बताउनु भयो । निषेधाज्ञामा सवारीसाधन बाहेक आपूर्ति व्यस्थापन, औषधि, इन्धन, फोहोर व्यवस्थापन, अस्पताल, तरकारी ढुवानी लगायतका विषयबाहेक अन्य कसैलाई पनि घरबाट बाहिर निस्किन नदिने जनाइएको छ । काठमाडौ उपत्यकामा समाचार संकलन गर्ने स्रञ्चारकर्मीको लागि यस अधि सूचना विभाग र सूचना तथा सञ्चार मन्त्रालयले जारी गरेको सवारी पासलाई नै मान्यता दिएको पनि प्रजिअ दाहालले बताउनु भयो ।