काठमाडौं । मुलुकको हरेक क्षेत्रमा विदेशी गुप्तचर बिगबिगी छ । गुप्तचरको बिगबिगीकै कारण सरकारको योजना तथा विकासमा विदेशी हस्तक्षेप हुने गरेको हो । नेपालमा अन्य मुलुकको तुलनामा भारतीय जासुसको बिगबिगी बढी छ । त्यही कारण भारतले छिमेकीको साइनो गास्दै मुलुकको हरेक क्षेत्रमा हस्तक्षेप गर्दै आएको छ ।
हस्तक्षेत्र कुनै क्षेत्रमा कुटनीतिक रुपमा हुन्छ, कुनै क्षेत्रमा खुलेआम । खुलेआम रुपमा हुने हस्तक्षेप भन्दा कुटनीतिक हस्तक्षेप राष्ट्रघाती हुने राजनीतिक बिश्लेष्कहरु बताउँछन् । नेपालको नागरिकतादेखि, व्यापार व्यवसाय र विकास निर्माण सबैमा भारतले पहिल्यैदेखि हस्तक्षेप गर्दै आएको पूर्व मन्त्री हिरण्यलाल श्रेष्ठ बताउनुहुन्छ ।
नेपालमा सुगौली सन्धिदेखि हरेक क्षेत्रमा भारतीय हस्तक्षेप हुन थालेको हो । सुगौली सन्धिमा नेपालको तर्फबाट गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले मध्यस्थता गरेका थिए । भनिन्छ उनीहरु बेलायतका एजेण्ट थिए । नेपालमा त्यसबेला बेलायती गुप्तचरको सक्रियता बढी थियो । भारत बेलायत अधिनबाट मुक्त भएपछि गुप्तचरको सक्रियता पनि फेरिएको हो । भारत स्वतन्त्र भएपछि नेपालमा भारतीय गुप्तचर बढ्न थालेको हो ।
सुगौली सन्धिपछि नेपालको सबै क्षेत्रमा भारतले आफ्ना जासुसीको जालो फिजाई सकेको छ । मुलुकको स्थायी सरकार मानिने निजामती कर्मचारी भित्रै मात्रै करिब २२ हजार जनालाई भारतले अप्रत्यक्ष रुपमा आफ्ना गुप्तचरको रुपमा प्रयोग गरिरहेको बताइन्छ । भारतका यस्ता गुप्तचर राष्ट्रपतिदेखि प्रधानमन्त्रीको कार्यालय र विभिन्न मन्त्रालय तथा सबै सरकारी निकायमा हुने गरेको बताइन्छ ।
विभिन्न कार्यालयमा भइरहेका गतिविधि, निर्णय तथा योजना ती गुप्तचरमार्फत भारत लगायतका विदेशी मुलुकले प्राप्त गर्छन् । गुप्तचरले कार्यालयका कर्मचारीलाई विभिन्न किसिमका सेवा दिएर त्यहाँको सूचना हात पार्छन् । सरकारका कतिपय कतिपय निर्णय तथा योजना बिक्री नै हुने गरेको छ । यतिसम्म कि मन्त्रिपरिषद्को निर्णय समेत २ सय देखि ५ सय रुपैयाँमा बिक्री हुने गरेको रहस्य खुलेको छ ।
https://youtu.be/IIgA6_KBdjI?t=284