मेष– साझेदारी लगानीमा विवाद हुनेछ । प्रेममा प्रगति मिल्ने तथा आफन्तसँग भेटघाट हुनेछ । खानपिनको कारणले स्वास्थ्यमा बाधा एवं पारीवारिक स्वास्थ्यमा समस्या आउनेछ । साताको मध्यमा भने व्यवसायमा झमेला आउन सक्ने तथा झूठो आरोपको सामना गर्नुपर्नेछ । साताको अन्त्यमा भने काममा प्रगति देखिने एवं यात्रामा तनाव बढ्नेछ । सामानिजक एवं धार्मिक काममा समय व्यतित हुनेछ ।
वृष– साताको शुरुमा घरायसी काममा व्यस्तता बढ्नेछ । जिम्मेवारी थपिने एवं ठूलाबडाको साथ मिल्नेछ । व्यापार व्यवसायमा आम्दानी हुने तथा सम्पतिको जोहो हुनेछ । परिवारसँगको रमाइलोमा दिन बित्नेछ । वैवाहिक जीवनमा प्रेमको वृद्धि हुनेछ । छोटो यात्रा हुनेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा गडबडी एवं आफन्तजनसँग सामान्य वैरभाव रहनेछ । यात्रामा जोगिनुपर्ने तथा अनावश्यक झन्झटले काम लम्बिने देखिन्छ ।
मिथुन– अध्ययन एवम कला, संगीतमा रुचि जानेछ । धार्मिक एवं आध्यात्मिक क्षेत्रमा रुचि बढ्ने तथा व्यापार व्यावसायमा भने सामान्य आम्दानी हुनेछ । सन्तानको सहयोगले अधुरा काममा प्रगति देखिन्छ । सामान्य वादविवाद पर्न सक्ने एवं घरायसी विवाद भने बढ्नेछ । नयाँ लगानी एवं काममा को लागि योजना बन्नेछ । साताको अन्त्यमा भने दौडधुप धेरै एवं जिम्मेवारी बढ्नाले व्यक्तिगत काममा बाधा पुग्नेछ ।
कर्कट– मानसिक तनावले सताउनेछ । आफन्तसँगको कारोबारमा केही असन्तुष्टि हुनेछ । महिलासँग दुश्मनी बढ्ने एवं घरायसी झैझगडा हुन सक्नेछ । साताको मध्यमा भने धनको सुख मिल्ने एवं भोगविलासमा खर्च बढ्नेछ । साथीभाइले आर्थिक सहयोग गर्नेछन् । आफन्तबाट आश्वासन मिल्नेछ । साताको अन्त्यमा भने खेलकुदमा रुचि जाने, घरबाहिरको काममा प्रगति देखिने तथा व्यक्तिगत कुरामा खर्च बढी हुनेछ ।
सिंह– मनोरन्जनमा रुचि बढ्नेछ । अध्ययनमा अवसर मिल्ने एवं दाजुभाइको सहयोगले सामूहिक काम बन्नेछ । दिदीबहिनी एवं बन्धुहरुबाट काममा प्रशंसा मिल्नेछ । साताको मध्यमा भने काममा बाधा आउने एवं आर्थिक रुपमा समस्या पर्ने तथा पारीवारिक सरसल्लाहमा कमी आउनेछ । साताको अन्त्यमा जग्गा जमिनको कारोबारबाट सन्तुष्टि मिल्नेछ । साथीभाइको सल्लाहले काममा राहत मिल्नेछ ।
कन्या– वन्धुवान्धवको सहयोगले पुरानो काम बन्नेछ । धनसम्पत्तिको सहयोग मिल्ने एवं काममा फुर्सद मिल्नेछ । मिठो भोजनको सुख मिल्ने एवं परिवारसँगको भेटमा रमाइलो हुनेछ । साताको मध्यमा भने हिँडडुलले स्वास्थ्यमा समस्या दिने तथा अनावश्यक बोझ आइपर्नेछ । दाजुभाइको सहयोगले काममा भने सजिलो हुनेछ । यात्रामा भने झन्झट एवं व्यक्तिगत काममा बाधा पुग्नेछ । आफ्ना मान्छे सहयोग नदिँदा आँटेको काममा बाधा पुग्नेछ ।
तुला–मनोरञ्जनमा समय व्यतिर्त हुनेछ । साथीभाइ भेटघाट बढ्ने एवंआफन्तसँग खानपिन तथा रमाइलोमा समय बित्नेछ । धनको कारोबारमा भने वृद्धि हुने तथा अध्ययन राम्रो हुनेछ । मिठो बोलीले काम बन्ने तथा कुटुम्बसँग भेटघाट हुनेछ । मानसम्मानको योग बढ्ने तथा काममा प्रशंसा मिल्नेछ । स्वास्थ्यमा भने सामान्य गडबडी एवं आफन्तसँगको कारोबारमा सामान्य विवाद पर्न सक्नेछ ।
वृश्चिक– खर्च अधिक हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा परिवारमा मनमुटाव बढ्नेछ । साताको मध्यमा भने नयाँ मित्रसँग भेटघाट हुने तथा वैदेशिक सहायता मिल्ने एवं मनोरञ्जनमा बढी समय बित्नेछ । साताको अन्त्यमा भने सानो यात्रा हुने एवं आफन्तसँगको भेटघाटमा भोजनको सुख मिल्नेछ । धनसम्पतिकाे वृद्धि हुने तथा लगानीमा सामान्य प्रतिफल आउनेछ ।
धनु–व्यवसायमा मन्दी आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ । ऋणको भार कम हुने तथा सन्तानबाट आर्थिक सहयोग मिल्नेछ । साताको मध्यमा भने अचानक स्वास्थ्यमा समस्या देखिने एवं यात्रामा झन्झट आउनेछ । खर्च बढ्ने तथा आँटेको काममा अड्चन आउनेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा सुधार हुने एवं आफन्तसँग भेटघाट मिल्नेछ । वैदेशिक सहयोगको योग बन्ने तथा साझेदारी लगानीमा नयाँ योजना हुनेछ ।
मकर– व्यवसायमा कमी हुनेछ । सामाजिक एवं धार्मिक क्षेत्रतिर व्यस्तता बढ्ने तथा पदीय प्रशंसा मिल्नेछ । कृषिमा राम्रो फाइदा हुनाले आर्थिक भार कम हुनेछ । सवारीसाधनको सुख मिल्ने तथा खाद्यान्न व्यवसायमा राम्रो आम्दानी हुनेछ । आफन्त भेटघाट एवं यात्रामा झन्झट मिल्नेछ । पारीवारिक सहयोग मिल्नाले पुराना काम बन्नेछन् । प्रेममा प्रगति एवं वैवाहिक जीवनमा सन्तुष्टि प्राप्ति हुनेछ । साताको अन्त्यमा भने विवादमा परिन सकिने, खर्चले तनाव हुने एवं व्यक्तिगत काममा सामान्य झन्झट हुन सक्नेछ
कुम्भ– धार्मिक काममा व्यस्तता हुनेछ । परिवारको सुख मिल्ने एवं पारीवारिक सरसहयोग रहनेछ । सन्तानको सुख मिल्ने एवं वैदेशिक सहायता आउनेछ । विदेशबाट फाइदा एवं आफन्तजनको सहयोगमा राम्रो कामको योजना बन्नेछ । खानपिन एवं सुखसयलमा खर्च बढ्ने तथा विलासितामा सामान्य खर्च हुनेछ । व्यापार व्यवसायमा भने सामान्य प्रगति देखिन्छ ।
मीन– साताको शुरुमा सामान्य स्वास्थ्य बाधा हुनेछ । काममा ढिलासुस्ती एवं आफन्तजनसँग मनमुटाव रहन सक्नेछ । साताको मध्यमा भने पुराना काम पूरा हुने एवं धार्मिक काममा खर्च हुनेछ । काममा प्रगति देखिने तथा राजनीतिक क्षेत्रमा अवसर मिल्न सक्नेछ । पदीय सुख मिल्ने एवं काममा प्रशंसा हुनेछ । स्वास्थ्यमा भने सामान्य गडबडी एवं सञ्चित धन खर्च हुने देखिन्छ ।
ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा सम्पर्क–९८५१०७१५७४ पशुपति जयवागेश्वरी, काठमाडौं