कोरोना भाइरस संक्रमित बढी देखिएपछि काठमाडौं महानगर वडा नम्बर ३२ को सिमाना खहरेचोकदेखि गान्धी स्कुल हुँदै वीरेन्द्रचोक (जगतजंग मार्ग) सम्म आउजाउ निषेध गरिएको नगरप्रमुख कृष्णहरि थापाले जानकारी गराउनु भएको छ ।
कागेश्वरी मनोहरामा अहिलेसम्म ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस मध्ये सबै भन्दा बढी वडा नम्बर ९ मा छन् । वडा नम्बर ९ मा अहिलेसम्म ६ महिला र २५ पुरुष गरी ३१ जनामा कोरोना देखिएको छ ।
काठमाडौं उपत्यकाम पछिललो समय कोरोना संक्रमण तीब्र रुपमा बढेको छ । त्यसको असर कागेश्वरी मनोहरा नगरपालिकामा समेत परेको छ । नगरपालिकाले कोरोना परीक्षण दायर बढाएको छ । वडानम्बर ६, मूलपानीस्थित नगर अस्पतालमा नगरवासीको कोरोना परीक्षण गर्दै आएको छ । नगरवासीको वैशाख १ देखि कोरोना परीक्षण थालिएको हो ।
भदौ ५ सम्म २ हजार ४ सय १४ जनाको पीसीआर १ हजार ३ सय ४४ जनाको आरडिटी परीक्षण गरिएको नगरप्रमुख थापाले जानकारी दिनुभएको छ । नगरप्रमुख थापाका अनुसार १ हजार ६ सय ९१ पुरुष र ७ सय २२ महिलाको पीसीआर गरिएको छ । त्यस्तै ७ सय ८४ पुरुष र ५ सय ६० महिलाको आरडिटी गरिएको छ । परीक्षण गरिएका मध्ये २१ महिला र ५५ पुरुष गरी ७६ जनामा कोरोना भाइरस संक्रमण देखिएको मेयर थापाले जानकारी गराउनु भएकाे छ ।
१- वडा नं. १ महिला २ जना र पुरूष २ जना
२- वडा नं. २ महिला छैन र पुरूष ३ जना
३- वडा नं. ३ महिला छैन र पुरूष १ जना
४- वडा नं. ४ महिला छैन र पुरूष १ जना
५- वडा नं. ५ महिला छैन र पुरूष २ जना
६- वडा नं. ६ महिला ३ जना र पुरूष ७ जना
७- वडा नं. ७ महिला ८ जना पुरूष ९ जना
८- वडा नं. ८ महिला २ जना पुरूष ५ जना
९- वडा नं. ९ महिला ६ जना पुरूष २५ जना