पोहोर खुइलिएरयो साल पौलिनेयो साल खुइलिएरआगाैँ पौलिनेत्यो निडर वृक्ष जस्तैम किन हरेक साल पौलिएरफेरि सुकुमार बन्न सक्दिन ?सोच्छ यो मन
जति वर्ष कट्यो, उति कडा हुनेजोनी वाकरको ह्विस्की जस्तोमैले वर्षहरु काट्दामेरो बैंश खारिएरत्यो ह्विस्की झै, किन कडा बन्दैन ?सोच्छ यो मन
हरेक शिशिरमाहिम्पातको पिटाइ खाएरतहस नहस भएको थोत्रो शरीरजमिनमा मिलाएरहरेक बसन्तमानविन मुस्कानको साथबौरी उठ्नेती सुन्दर जङ्गली फूल जस्तैम माटोमा मिलेपछिनविन जोश जाँगरका साथकिन फेरि बौरी उठ्न सक्दिन ?सोच्छ यो मन
त्यो घाँसे मैदानमासेकेण्ड सेकेण्डमाचितुवा, बाघ आदिका पञ्जाबाट जोगिएरटुङ्गो नभएको जिन्दगीसँग रमाएरनिस्फिक्री घाँसका मुनाहरुकोस्वाद लिनेती मायालु चित्तल हरिणहरू झैँदिमागमा मएक थेग्लो तनाब नबोकीनिस्फिक्री किन बाँच्न सक्दिन ?सोच्छ यो मन
साइबेरियाका चराहरुनेपाल आउछन्नेपालका चाराहरुसयौं देशमा घुम्छन्पोर्ट अफ ईन्ट्रीमालाम लागेका मनुवाहरुलाई खिज्याउँदैती सिमानामा उभिएकाटाटे पाङ्ग्रे बस्त्रधारीबुख्याँचा झैँ देखिनेसीमा रक्षकहरुलाईआफ्नो पखेटाको छायाँले लोपार्दैती पंक्षीहरु झैँयो खुल्ला संसारतेरो मेरो नभनिकिन विचरण गर्न सक्दिन म ?सोच्छ यो मन
आफ्नो बथानको सदस्यलाईचरणमा वा चरण बाहिरहुँडारहरुले आक्रमण गर्दाआफ्नो तिखा सिङले हानेररक्षा गर्नेती अर्नाका नाईके जस्तैदेश विदेशमा आफ्नो नागरिकहरूलाईआक्रमण हुँदाकिन रक्षा गर्दैनन् हाम्रो नाईके ?सोच्छ यो मन
साभाना ग्रास्लेण्डका सिंह शासकहरुसीमा अतिक्रमण गर्नेहरुसँगआफ्नो सिमाना रक्षा गर्नज्यानको आहुती दिएर लडेकोधेरै डकुमेन्ट्रीहरु हेरेको छुतरआफ्नो सीमा अतिक्रमण हुँदादुलो छेउ बिरालो आउँदाचुप बस्ने मुसा झैँकिन चुप बस्छन् हाम्रा शासकहरु ?सोच्छ यो मन
प्रभुके म त्यो बृक्ष जतिको होईन ?के म त्यो जोनी वाकरको ह्विस्की जतिको होईन ?के म ति जङ्गली फूल जतिको होईन ?के म ति चित्तल हरिण जतिको होईन ?के म ति चरा जतिको होईन ?के हाम्रा नाइके अर्नाका नाईके जतिको होईन ?के हाम्रो शासक सिंह जतिको होईन ?सोच्छ यो मनसोच्छ यो मन ।