बीएन जोशी‘अभि, पर्ख न पर्ख, किन भाग्छौ त्यसरी ?’अभिको पछिपछि दौडिरहिछन् सुमी । एक रफ्तारमा कुदिरहेछ अभि । दौडको चालले जति गति लिँदै छ, त्यति घना जंगलभित्र प्रवेश गर्दैछन् । अभि झ्याङहरुलाई पन्छाउँदै, घरी मुन्टो निहुराउँदै, घरी जोर हात फैलाउँदै गतिलाई थप तीव्र पारिरहेछ ।‘कतिसम्म भाग्छौ भाग । म तिमीलाई भेट्टाएरै छाड्नेछु ।’सुमी, फैलिएको कपाललाई तीव्र गतिमै हातले सम्हाल्दैछिन् । दिनले निकै कोल्टो फेरिसकेको छ, यसै पनि विशाल पहाडले घेरिएको घनघोर जंगलमा दिउँसै अन्धकार देखिन्थ्यो । बडेमानका चट्टानले घेरिएको ओढारलाई उत्तिकै ठूलो सिमलको रुखको छहारी मिलेको छ । त्यसमाथि चकमन्नताका बीच निस्कने जंगली जनावरहरुको हुँकारले अवस्थालाई थप त्रासदीमय तुल्याइरहेको थियो ।‘अभि ! अभि !! अभि !!! मलाई छाडेर नजाऊ न ।’अकस्मात् सुमीको पुकार–गला अवरुद्ध हुन्छ । चारैतिर जंगली जनावरहरुको गर्जनले उनको गतिलाई धीमा पारिदिन्छ । तैपनि उनले अभिको छायालाई पच्छ्याउन छाडेकी छैनन् । एउटा जमेको दहको पारिपट्टि भ¥याङजस्तो खुड्किलो पार गरेर टाकुरामा पुगेर सुमीलाई भन्दैछ ।‘सुमी, तिमी फर्क । म हाम्रो प्रेममा बाधा पु¥याउने दुस्मनलाई मारेर मात्रै फर्कन्छु । तिमी आफ्नो ज्यानलाई जोखिममा नपार । तिमी फर्क सुमी !’सुमी नफर्कने अडान लिँदै छिन् । अभिले खुड्किलोको माथिल्लो भागमा केही ठूला ढुंगा राखिदिनाले सुमीका लागि सरासर तलबाट माथि उक्लिनु खतरा थियो ।‘म दुस्मनलाई भेट्ने ठाउँमा पुगिसकेँ सुमी । त्यसैले तिमी अब फर्क । ’अकस्मात सुमी बेजोडसँग चिच्याउँछिन् । चर्कोे स्वरलाई हावामा फालेर आँखा चिम्लिन पुग्छिन् । तर, अगाडि लम्किरहेको बाघको गर्जनलाई कानको लोतीले थेग्न सक्दैन । थरथर काँपिरहेको शरीरबाट सुमी अभिसँग बचाउको याचना गरिरहिछन् ।‘अभि मलाई बचाऊ, बाघ सामुन्ने आइसक्यो ।’‘सुमी, तिमी मेरो साथमा आयौ भने प्रेम र सद्भावका दुस्मनहरुलाई समाप्त पार्न कदापि सकिँदैन । यिनीहरु समाजमा विकृति फैलाउने भाइरस हुन् । रुढीवादी र अन्धविश्वासका जड हुन् । सरल र सच्चा जीवनयापन गर्नेहरुका लागि पर्खाल हुन् । यिनीहरुकै कारण हामी जिन्दगीभर तड्पिएर पागलप्रेमी भई बाँच्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले जिद्दी नगर प्रिय, तिमी खुरुक्क फर्केर जाऊ ।’‘जतिसक्दो छिटो मलाई पहिले यहाँबाट बचाऊ अभि । म मर्न चाहन्नँ ।’पहाडका कन्दराहरुमा ठोक्किएर जंगलै थर्किने गरी आइरहेको सुमीको आवाज अचानक सानो हुन थाल्यो ।‘अभि !’त्यस बीचमै निस्केको बाघको गर्जिलो हुँकारले वातावरणमा एकाएक सन्नाटा छाउन पुग्छ । सुमी धुमिलो मौसमलाई चिर्दै सतर्कताका साथ मात्र दृष्टि डुलाउँछिन् । अहँ, अन्दाज लगाउन सक्दिनन् । कानभित्र भने एकोहोरो रुपमा प्रवेश पाइरहेकै छ । प्रस्ट नखुलेको आवरणलाई नियाल्न नसके पनि अभिको कानमा पनि जनावरहरुको आवाज गुञ्जिन थाल्छ । पातालमा निमोठिइरहेकी सुमी बिस्तारै अभिको छायाभन्दा जनावरको घुर्काइ समीपमा पाउँदै छिन् ।सुमीको बेखबर सन्नाटा र जनावरको गर्जाहटदेखि अभि अत्तालिन थाल्छ । माथि बाल्कोनीबाटै सकिनसकी पसारिएर चियाउने कोसिस गर्छ । सुमी पूरापूर भित्तामा लिपिएकी छे प्रतिमा सरी । जब बाघ लहसिँदै आफ्नो नजिक - नजिक लम्किन्छ, तब अनायासै अचेत भई भुइँमा ढल्न पुग्छिन् सुमी । उनको बेहोस लम्पसार शरीरलाई एउटा हैन, दुईवटा बाघ परिक्रमा गर्दछन् । तै सुँघ्दै र घुम्दै गर्दा समेत छुने आँट गरेनन् ।
जब बाघ लहसिँदै आफ्नो नजिक - नजिक लम्किन्छ, तब अनायासै अचेत भई भुइँमा ढल्न पुग्छिन् सुमी । उनको बेहोस लम्पसार शरीरलाई एउटा हैन, दुई-दुई वटा बाघ परिक्रमा गर्दछन् । तै सुँघ्दै र घुम्दै गर्दा समेत छुने आँट गरेनन् ।
ती अजंगकाे बाघका लामा-लामा नंग्राहरुले हलचलरहित सुमीको शरीरका कपडा उतार्न थाल्छन् । उनको मुढारुपी ज्यानलाई बाघ र बघिनीले घरी ओल्टो त घरी कोल्टो पारेको दृश्यले अभिलाई असिनपसिन तुल्याउँछ ।सन्नाटाका बीच अभि श्वास समेत तौलेर निकाल्दैछ । उसका लागि ती दृश्यहरु सामुन्ने मञ्चन भइरहेको फगत नाटक लाग्छ । अब भने सुमीका भित्री वस्त्र मात्रै उतार्न बाँकी रहँदा शरीरको माथिल्लो भाग नग्न देखिन्छ ।सुमीलाई नग्न अवस्थामा पारेर यी बाघहरुले के गर्न खोजेका होलान् ? अचम्मित बनेर अभि झस्किँदै आफ्नै मनको रिसको भुङ्ग्रोमा पर्दै थियो । तर, जे गरे पनि उसमा बाघसँग भिड्न सक्ने पर्याप्त साहस थिएन । आफू तल ओर्लिए उल्टै दुई बाघको सिकारमा परिने निश्चित ठानेको थियो उसले । त्यसैले आँट गर्न सकेन अभिले । सुमी सँगसँगै आफ्नो ज्यानको समेत खुब डर थियो अभिलाई । ऊ सकीनसकी आँखाको परेला तन्काएर लम्पसार सुमीतर्फ नियालिरहेछ । त्यसभन्दा अरु विकल्प देख्दैन पनि ।अब ती दुई बाघ आफ्नो मुख बाँएर दाह्राको मद्दतले सुमीको सुरुवाललाई च्यापी घिसार्न थाल्छन् । ओरालोमुन्तिरको खोचतिर लान थालेपछि अभिलाई अब त्यो खुड्किलोबाट नझरी सुखै भएन । आफैँले राखेका ढुंगाहरु बिस्तारै पन्छाएर काँप्दै ओर्लन्छ ।केही छङछङ गर्ने खोलाका किनारा हुँदै बडेमानका ढुंगाहरुलाई पार गर्र्र्र्दै सुमीलाई झाडी माथिमाथि घिसारेर लग्दैछन् । कतै आफू पछिपछि लागेको जोडी बाघले थाहा पाएर झम्टेलान् कि भन्ने ठूलो भय थियो अभिलाई । र, त झाडीहरुमाझ छिचोलिँदै गर्दा निकै सतर्कता अपनाउँदै थियो ।थकानका कारण होला, ती बाघले आलोपालो र बिसाउँदै, घिसार्दै गन्तव्यतर्फ निरन्तर लगिरहेको थियो । बिहानीको संकेतस्वरुप सूर्यको मन्द किरण भीमकाय पहाड र रुखका कप्चेराहरुबाट यदाकदा देखिन थालेको छ ।बोटहरुबाट खसेका पतिंगरको थुप्रोमाथि हलचलरहित सुमीलाई उत्तानो पारेर पसारिएको छ । विशाल ढुंगाको ओढारजस्तो लाग्छ एकातर्फको चट्टान । अभिको मुटुको धड्कनको गतिले थप तीव्रता पाइरहेको छ । ऊ सुमीलाई यस्तै हालतमा छाडेर जान पनि सक्दैन । र, आँखा चिम्लेर माया मार्न पनि सक्दैन ।पहाडका कन्दराहरुमा ठोक्किएर फर्किएको मानिसको शिशु रोएजस्तो मसिनो आवाज उसको कानमा मिसिन आइपुग्छ । थप कौतूहुल जाग्छ उसको मनमा । च्याहाँ ! च्याहाँ !! च्याहाँ !!! कानलाई जति चनाखो पार्छ, त्यति नै आवाजको स्पष्टता बढ्दै जान्छ । हो, यो त साँच्चिकै मान्छेकै शिशुको आवाज हो ।अभि केही बेर गम्छ । चौतर्फी आँखाका दुई गुच्चा डुलाउँछ । पूरै उज्यालो पनि हैन र पूरै अँध्यारो पनि छैन । अन्यौलले उसलाई थप रहस्यमयी तुल्याउँछ । मानिसको वस्तीवरिपरि कतै भएको जानकारी पनि थिएन । फेरि कताबाट यस्तो आवाज आइरहेछ ?
पहाडका कन्दराहरुमा ठोक्किएर फर्किएको मानिसको शिशु रोएजस्तो मसिनो आवाज उसको कानमा मिसिन आइपुग्छ । थप कौतूहुल जाग्छ उसको मनमा । च्याहाँ ! च्याहाँ !! च्याहाँ !!! कानलाई जति चनाखो पार्छ, त्यति नै आवाजको स्पष्टता बढ्दै जान्छ । हो, यो त साँच्चिकै मान्छेकै शिशुको आवाज हो ।
गुफाको कन्दराबाट आइरहेको च्याहाँ ! च्याहाँ !! झन्भन् बढेसँगै जोडी बाघ मिलेर शिशुलाई सुरक्षित निकालेको दृश्य आफैँमा कल्पनाभन्दा बाहिरको कुरा थियो । केहीबेर बाघ नदेख्दा अभि झन्डै सुमीको समीप पुगेको थियो । अभि थप सतर्क बन्न पुग्छ । किनकि ऊ अहिले मात्र झाडीको समतल धरातलमा सामुन्ने छिपेको छ । होस गुमाएर नजिकिनु खतरा पनि हुन सक्छ । उनीहरुबीचको दूरी त्यति लामो थिएन ।अझै पनि शिशुको रुवाइमा कुनै कमी आएको छैन । तारन्तार एकोहोरो च्याँठिइरहेको छ । शिशुलाई सुमीको अर्धनग्न शरीरमाथि लगेर राखिन्छ । शिशुले तुरुन्तै आफ्ना कलिलो हात यताउता चलाउन थाल्छ । बेहोसी सुमीको स्तन भेट्टाएसँगै बच्चाको एकोहोरो चिच्याहटमा पूर्णविराम लाग्छ ।जोडी बाघ केही पर सर्दैछन् । अझै पर सरेर दुवै टुक्रुक्क बसी सुमी र बच्चालाई नियाली रहेछन् । मानौँ, तिनीहरुलाई ठूलो सन्तुष्टि मिलेको छ । कस्तो चेतना भएको बाघ र बघिनी ! बदलिँदो परिवेशले त्यस्तै जनाउ दिँदै थियो । कति लामो समयदेखिको बच्चाको रोइलोलाई अचुक बुटी मिलेको छ ।अहिलेसम्म पनि सुमीको होस खुलेको छैन । तर, शिशुको स्पर्श देख्दा यस्तो लाग्छ, सुमी पनि मस्त छिन् । अभि अमुक बनी गमिरहेको छ । यो कस्तो अचम्म ! नवजात शिशु अनि हिंस्रक जनावरको छहारीमा सुरक्षित मात्रै हैन, सानो उमेरमै सही पुनर्जीवन समेत प्रदान गरेको छ । कहाँबाट यति सानो शिशु बाघको पोल्टामा प¥यो होला, यो कसरी सम्भव छ ?मानिस नै मानिस नबनिरहेको परिवेशमा जनावर मानिस बन्दैछ ।सायद युग परिवर्तन भनेको यही हुनुपर्छ । त्रासदीलाई थाती राखेर अभि यतिबेला उन्मुक्त बनेको छ । उसलाई लाग्छ, अब प्राणप्यारी सुमीलाई कुनै खतरा हुने छैन । शिशु सुमीको दूध मग्न भएर चुसिरहेको छ । उसलाई लागेको हुँदो हो, ममतामयी आमा नै भेटेको छ । जोडी बाघ कामको सफलतामा खुसी भएर अँगालोमा बेरिएर आराम गर्दागर्दै निदाएजस्तो देखिन्छ ।सायद शिशुको रुवाइले गर्दा लामो समयदेखि ती सुत्न पाएका थिएनन् । आज साँच्चिकै राहत मिलेको छ । अप्ठ्यारो नै सही, भोको पेट अघाएपछि शिशु सुमीको दूध चुस्दाचुस्दै छातीमाथि यसै निदाइगएछ । सुमीको होस खुलेको छैन । पेटको चाल भने तलमाथि गरिरहेको देखियो । अभिले केही राहतको महसुस ग¥यो बल्ल ।कहिले बाघ र बघिनी त्यहाँबाट जाला र सुमीलाई उठाउन जाउँला भनेर अभि एक्लो दर्शक बनी बसेको छ । सीधै उठाउन जाँदा बाघ ब्यूँझेर नझम्टेलान् भन्न पनि त सकिदैन । तिनलाई के थाहा र ? सुमी अभिको मुटु हो भन्ने । फेरि आइलागिहाले कसरी सम्झाउने ? तिनलाई कसरी बुझाउने ? अनर्थ हुन पनि त सक्छ । यत्रो समयसम्म त संयम अपनाएर पर्खिबसेँ भने अब केही समय धैर्य गर्नु नै उपयुक्त होला भन्ने ठान्छ ऊ ।
कहिले बाघ र बघिनी त्यहाँबाट जाला र सुमीलाई उठाउन जाउँला भनेर अभि एक्लो दर्शक बनी बसेको छ । सीधै उठाउन जाँदा बाघ ब्यूँझेर नझम्टेलान् भन्न पनि त सकिदैन । तिनलाई के थाहा र ? सुमी अभिको मुटु हो भन्ने ।
कस्तो अचम्म ! यी बाघहरु शिशुलाई सुमीको दूध चुसाएर कतै उसैलाई आफ्नो भोजन बनाउन लागेका त हैनन् ? सिकारको तवर भिन्न हुन सक्छ । आम मानिसका अनेकन रुप भएजस्तै । कसको बच्चा होला, कसरी र कहाँ भेटे होला ? उसका आमाबाबु धुमधुम्ती कति खोज्दै होलान् । यदी सिकारको सितन बनाउनु नै थियो भने त पहिले नै बनाइसक्थे होला । बिचरा नादान शिशु । खोपडी नै विस्फोट होलाजस्तो छ कल्पनाको हाटबजारले । कुनै ठोस कारण पत्ता लगाउन सकेको छैन । मगजमा तनावको वास नहोस् भन्ने ठानी अभि आँखा चिम्लेर आफ्नो दायाँबायाँ कन्चटमा दुवै हातले बेस्कन निचोर्दैछ । तत्पश्चात, अकस्मात् बडेमानको आवाजले छलाङ मार्न पुग्छ ।ड्याम्म ! ड्याम्म !! मात्र दुईपटक ।अत्तालिए जसरी झस्किन पुग्छ अभि । नचाहँदा नचाहँदै पनि विस्फोटक आवाज कानका लोती र हत्केलालाई छिचोल्दै मुटुसम्म भित्रियो । अब त आँखाको परेली खुल्नु बाध्यता थियो । वृद्ध जोडी बाघका कोखबाट आलो रगत बगेर कामिरहेको खुट्टाका नंग्रा हुँदै जमिनमा सिँचित भएको छ । यही हो त मानवताको असली परिचय ?यस्तो लाग्छ, शिशुले आफ्नै अभिभावक गुमाएको छ । र च्याहाँ ! च्याहाँ !! अघिको भन्दा झन् बेजोडले मच्चिएको छ ।सुमी उठेर नवजात शिशुलाई च्याप्छिन् ।