मूल लेखक : इतिहासाचार्य विश्वनाथ काशीनाथ राजवाडेअनुवाद : गोपीरमण उपाध्यायप्राचीनकालदेखि पाणिनी इशापूर्व दोस्रो शताब्दी कालसम्म भारतीय अर्थात् हिमाली उपमहादेशका बासिन्दाहरुमा आफ्ना प्रिय मित्रहरु या सम्मानित अतिथिहरुका निम्ति आफ्नी पत्नीलाई सम्भोगार्थ दिने चलन थियो । तर यो कुरा अहिलेको हाम्रो प्रचलनका अनुसार विचार गर्ने हो भने सामाजिक नैतिकताविरोधी र अचम्मलाग्दो हुनेछ । किनभने परिवर्तनशील यस संसारमा सबै कुरा गतिशील हुने हुदाँ सामाजिक नीति नियमहरुमा पनि परिवर्तन भइरहनु स्वभाविक हो ।कुनै पनि नीति नियमहरु स्वयम्भू र चिरस्थायी हुदैनन् । एउटा विशिष्ट कालमा एक प्रकारको चलन स्वभाविक हो । त्यस प्रकारको चलन नीति र नियम सबैलाई स्वीकार्य पनि हुन्छ । सबैले त्यसैअनुसार विचार र व्यवहार गर्छन । जब समय परिवर्तन हुदै जान्छ समाजका अन्र्तविरोधहरु आन्तरिक रुपमा चर्किदै गएपछि बाहृय प्रेरणाका आधारमा त्यसमा परिवर्तनहरु आउँछन् । तब त्यस्ता पुराना मान्यताहरु चालचलनहरु र सामाजिक व्यवहारहरु लोप हुदै जान्छन् । अथवा भनौ कि लोप पनि हुदै गइरहेका छन् र तिनै मान्यताहरु र चालचलनहरु अहिलेका निम्ति नीतिविरोधी र अचम्मलाग्दा हुन्छन् ।यस्ता चालचलनहरुको गणना गर्हित प्रथामा हुने गर्छ । गर्हित प्रथा त्यसलाई भनिन्छ, जसलाई समकालिन समाजले कुनै मान्यता प्रदान गर्दैन । वर्तमान समयमा आफ्नी श्रीमति अरुलाई सम्भोग गर्न दिने जस्ता अचम्म लाग्ने चलनहरु प्राचीन आर्यहरुको सामाजिक जीवनमा प्रचलित थिए । जसरी पृथ्वीका अन्य भागहरुमा बसोबास गर्ने बन्य समाजमा (आदिम साम्यवादी युग–अनु) प्रचलित थियो, अहिले पनि संसारको कुनाकुनामा रहेका अविकसित जातिहरुमा यस्ता पुराना प्रचलनहरु पाइन्छन् । यस्ता केही मान्यता र चालचलनहरुका बारेमा उल्लेख गरिन्छ ।२. महाभारत र हरिवंश पुराणमा वर्णन गरिएको छ कि पहिलो सन्तानको उत्पत्ति बहृमाबाट भयो । महाभारतको आदिपर्वको ७७ अध्यायमा ब्राहृमको वंशावली यस प्रकार दिइएको छ ।
यो वंशावलीको व्याख्या२.१ सबभन्दा पहिले ध्यान दिनुपर्ने कुरा दक्ष र दक्षा सहोदर भाइबहिनी हुन् उनीहरुका बीचमा शारीरिक सम्बन्ध भएको छ । वेदव्यासले यो कुरालाई ब्रहृमाका दाहिने बूढी औठाबाट दक्ष उत्पत्ति भयो । देब्रे औठाबाट दक्षकी पत्नी उत्पत्ति भईन् भन्नुभएको छ । तर दक्षकी पत्निका नाम उल्लेख छैन । हुनसक्छ कि यो पुरानो लोककथा व्याससम्म आइपुग्दा दक्षकी पत्नीको नामै हराएको होस र मैले सुविधाका निम्ति दक्षा भनेर उल्लेख गरेको हुँ । तर जेसुकै भएपनि दक्षकी बहिनीको नाम महाभारतमा उल्लेख छैन ।२.२ माथि उल्लेखित वंशावलीमा ब्रहृमाका नाति कश्यपले आफ्नो काकाका १३ छोरीहरुसँग शारीरिक सम्बन्ध कायम गरेका छन् ।२.३ माथिका वंशावलीमा तेस्रो ध्यान दिन योग्य कुरा ब्रहृमाका छोरा धर्मले दक्षका १० छोरी अर्थात भतिजीहरुसँग शारीरिक सम्बन्ध कायम गरेका छन् । यो सबै कुराको तात्पर्य के हो भने महान् इतिहासकार महर्षि वेदव्यासले आफ्ना ग्रन्थहरुमा लेखेका छन् कि अति प्राचीनकाल (आदिम साम्यवादी युग–अनु) मा भाइबहिनी, दाजुबहिनी, काकाका छोरीहरु र भाइहरु काका भतिजीहरुका बीचमा आपसी शारीरिक सम्बन्ध कायम हुन्थ्यो ।प्राचीनकालदेखि लोककथाका रुपमा प्रचलित हुदैं आएका कुराहरुलाई वेदव्यासले आफ्ना रचनाहरुमा उल्लेख गरेका हुन्, जसले पुरानो समाजका कैयौं चालचलनहरुको बारेमा जानकारी हुन्छ । महाभारत, हरिवंश पुराण आदिमा उल्लेख भएका सामाजिक प्रथाहरुको उल्लेख ऋग्वेदमा पनि पाइन्छ । ऋग्वेदको दसौं मण्डलको यम–यमी सम्वादसम्बन्धी सुक्त अत्यन्त ध्यान दिनयोग्य छ । ऋग्वेदभन्दा पुरानो कालमा यम र यमी नाम गरेका दुई दाजु बहिनीहरु थिए ।यमीले आफ्नो सहोदर भाइसँग भन्दथे– तिमीले मसँग पतिभावले व्यवहार गर । आफ्ना पिताका निम्ति मबाट पौत्र नाति उत्पन्न गर ।
‘ओचित् सखायं सरव्या ववृत्या पितुः नमान आदधीत्’ यमीको भनाइ यमलाई मन परेन । तर पनि फेरी यमीले भनी जसरी रथको चक्र घुमिरहन्छ, हामी एक घरकाहरुले पनि सन्तानको चक्र घुमाउनुपर्छ । ‘
जायेत पत्ये तन्वं रिरिच्यम् विचिद गृहेव रथ्येव चक्रा ।’ यति भनेर पनि यमी शान्त भइनन् र फेरी यमलाई भन्न थालिन्– आफ्नो दाजु घरमै भएर पनि उसकी बहिनीले अनाथ भएर दुख पाउँछे भने त्यस्ता दाजुको के काम ?
‘किम् भ्रातासद्यदानार्थ भवनति किमुस्वसा यन्निऋति निगच्छात् ?’ यहाँ भ्राता शब्दलाई विशेष लक्षित गरिएको छ । भ्रातृ र भर्तृ यी दुबै शब्द पालनपोषण गर्ने अर्थ भएको भृमूल धातुबाट तृच् प्रत्यय लागेर बन्दछ । यी दुबै शब्दको अर्थ पालनपोषण गर्नेबाला पुरुष भन्ने हुन्छ र भ्रातृ अति प्राचीनकाल (आदिम साम्यवादी युग–अनु) मा सोही अर्थमा प्रयोग भएको छ । स्वसृ शब्दको इतिहासले पनि यही बताउँछ । जस्तो कि
“स्वान् सरति अधिगच्छति इति स्वासा ।”आफ्नै कुलका मानिसहरुसँग सरीसरी बस्नेबाली स्त्री नै स्वसृ अर्थात बहिनी भन्ने हुन्छ । भर्तृ सँग शारीरिक सम्बन्ध राख्ने हुदाँ आफूलाई सुरक्षित अनुभव गरेर सनाथ सम्झिने यो नै भ्रार्तृ र स्पसृ शब्दको इतिहास हो । यसको मुल आशय हो की भारतीय सामाजिक (हिमाली उपमहादेश अनु) इतिहास विधानअनुसार अत्यन्त प्राचीन काल (आदिम साम्यवादी–अनु) मा सहोदर दाजुभाइ र दिदीबहिनीका बीचमा शारीरिक सम्बन्ध विवाह हुन्थ्यो । यी सबै कुरा ऋग्वेदका सुक्तहरुबाट स्पष्ट हुन्छ । यी अत्यन्त प्राचीनकाल (आदिम साम्यवादी युग –अनु) का बारेमा एउटा कुरा उल्लेख गर्नु महत्वपूर्ण नै होला कि संखेत,सहोदर, दाजु, बहिनी, काका भतिजीजस्ता शब्दहरुले शारीरिक सम्बन्ध कायम गर्ने अर्थ बोकेका छन् ।यी शब्दहरु ऋग्वेदका मन्त्रद्रष्टा या मन्त्रकर्ता ऋषिहरु, इतिहासकार वेदव्यासका समयमा पनि बहुप्रचलित शब्दहरु हुन् । ब्रहृमा र दक्ष प्रजापति वेदव्यासहरुभन्दा धेरै पुराना होइनन् । त्यसकालमा दाजु–बहिनी, काका भतिजीहरुको सामाजिक भेद छुिट्टएकै थिएन । त्यस्तो भेद हुन्छ भन्ने कुरा उनीहरुलाई थाहा पनि थिएन । त्यतिबेला त खाली स्त्री पुरुषको भेदका रुपमा सामाजिक सम्बन्ध बनेको थियो ।त्यसभन्दा पनि पहिलेको समयमा आर्यहरुले शब्दको लिङ्कार्थक भेद छुट्याउनु पर्ने आवश्यकता पनि ठानेका थिएनन् । उदाहरणका निम्ति ऋषि शब्दको प्रयोग मन्त्रद्रष्टा स्त्री–पुरुष दुबैमा समान किसिमले प्रयोग भएको छ । ऋषि शब्द व्याकरणका दृष्टिले पुलिङ्कवाचक शब्द भएपनि ‘अस्य सुक्तस्य वाक् ऋषि’ भन्ने वाक्यमा स्त्री लिङ्कवाचक वाक् शब्दसँग जोडिएको छ । जसको तात्पर्य हुन्छ की अत्यन्त प्राचीन वन्य अवस्था (आदिम साम्यवादी युग–अनु) मा स्त्री पुरुष दुबैलाई समान मान्ने प्रचलन थियो, जसले गर्दा ऋषि शब्दको प्रयोग स्त्रीलिङ्क र पुलिङ्क दुबैमा समान रुपले भएको देखिन्छ ।प्राचीन समाजका सम्बन्धमा यो अनुमान गर्नुभन्दा पनि मुख्य सरोकारको विषय भनेको अत्यन्त प्राचीन आर्ष समाज (आदिम साम्यवादी युग–अनु) मा आर्यहरुका दाजु बहिनीहरुका बीचमा पति पत्नीजस्तो व्यवहार हुन्थ्यो । यस्तो व्यवहार आर्यहरुभन्दा अन्य समाजमा प्रचलित थियो । यो विषय त जगजाहेरै नै छ की प्राचीन मिश्र देशमा ७–५ हजार वर्षपूर्व भाइ र बहिनीहरुका बीचमा विवाह प्रथा थियो र यो प्रथा क्लिओपेट्राको कालसम्म यथावत कायम थियो ।३. हरिवंश पुराणको दोस्रो अध्यायमा वर्णन गरिएको छ कि बशिष्ठ प्रजापतिको छोरी शतरुपा जवान भएपछि आफ्नै बाबु बशिष्टसँग पत्नीभावले बस्न थालिन् । त्यसैगरी सोही ग्रन्थको दसौं अध्यायमा वर्णन गरिएको छ कि मनुले आफ्नी कन्या इलासँग शारीरिक सम्बन्ध कायम गरे । त्यसै ग्रन्थको २७ औं अध्यायमा जन्हुऋषिकी कन्या जान्हवीले आफ्ना बाबु जन्हुऋषिलाई नै पति भावले स्वीकार गरिन् । यी तिनबटा ऐतिहसिक उदाहरणबाट अत्यन्त प्राचीनकाल (आदिम साम्यवादी युग–अनु)मा पिता र पुत्रीका बीचमा शारीरिक सम्बन्ध कायम थियो । यो कुरा तत्कालिन सामाजिक मान्यता भएको हुदाँ गर्हित र निन्दनीय थिएन । यी प्राग्ऐतिहासिक कथाहरु निरर्थक र बेकारका कुरा हुन् कि प्रत्यक्ष घटनाहरु हुन् ?यसको जाँचपडताल गर्ने अन्य प्रमाणहरु पनि छन् । ऋग्वेदको एउटा प्रसङ्क सर्वस्वीकृत र मान्य छ कि सूर्यकी छोरी उषा, सरयु उनकी पत्नी थिइन । यो कुरा यास्काचार्यद्वारा रचित निरुक्तको पाचौं अध्यायको छैठौं खण्डमा उषाका चार नामहरुको उल्लेख गर्दा १. उषा, २. सुर्य, ३. वृषकपायी, ४. सुरयू अर्थात १. विहानै उठ्ने, २. सुर्यकी दुलही, ३. गोरु काटेर पकाउने र ४. सरयु नदीको किनारमा बस्ने भन्ने अर्थ हुुन्छ । ऐतरेय ब्रहृमणको तेस्रो अध्यायको ३३ औ सुक्तमा भनिएको छ ‘प्रजापति वै स्वा. दुहितरमध्यायत्’ । अर्थात प्रजापतिले आफ्नै छोरीलाई पत्नीभावमा स्वीकार गरे । बाबु र छोरीका बीचको सम्बन्धका बारेमा यो ठूलो वैदिक प्रमाण हो । वेदभन्दा पछिल्ला स्मृति ग्रन्थहरुमा पनि बाबु र छोरीका बीचको सम्बन्धका बारेमा कैयौं प्रमाणहरु छन् । बशिष्ठसंहिता त्यस्तै पुरानो स्मृतिग्रन्थ हो, त्यसमा कानीन – विवाह नभईकनै उत्पन्न भएको छोरा) का बारेमा यस प्रकार उल्लेखगरिएको छ :
कानीन पञ्चम । या पितुगुहे असंस्कृता कामादुत्पादयेत्, माताहमस्य पुत्री भवति इत्याहुः । अथाप्पुदाहरन्ति । अप्रत्ता दुहिता यस्त पुत्रं विन्दान्ति तुल्यातः पुत्री मातामहस्तेत दद्यात पिण्ड हरेद्धनम् । (बशिष्ठ संहिता)अर्थात विधिपुर्वक विवाह नभए पनि आफ्नो बाबुका घरमा रहदाँ रहँदै तुल्य जातिका पुरुषको गर्भाधान भएर जुन पुत्र उत्पन्न हुन्छ त्यो कन्याका पिताको अर्थात मातामहकै सन्तान मानिन्छ । त्यसैले मातामहको सम्पत्तिमा अधिकार राख्छ र पिण्डदान पनि गर्न पाउँछ । यस कुराको समाजशास्त्रीय विवेचना हुन आवश्यक छ । तुल्य जातिको परपुरुषद्वारा गर्भधान भएर जन्मिएको कन्याको सन्तानले शास्त्रसम्मत अधिकार किन पाउँछ ? कन्याको बाबुलाई नै बैध बाबु किन मानिन्छ ? त्यो कानीन पुत्र जसले गर्भधारण गराएको हो, त्यसैलाई बाबु मान्नमा के आपत्ति ? बरु यस्तोमा त मातामह र दौहित्रको सम्बन्ध नै ठिक हुन्नथ्यो र ?
विधिपुर्वक विवाह नभए पनि आफ्नो बाबुका घरमा रहदाँ रहँदै तुल्य जातिका पुरुषको गर्भाधान भएर जुन पुत्र उत्पन्न हुन्छ त्यो कन्याका पिताको अर्थात मातामहकै सन्तान मानिन्छ । त्यसैले मातामहको सम्पत्तिमा अधिकार राख्छ र पिण्डदान पनि गर्न पाउँछ ।
यस्तो कानीन पुत्र न परपुरुषको पुत्र नै मानिन्थ्यो न त मातामहको दौहित्र नै मान्न सकिन्थ्यो । बरु, त्यस्तालाई मातामहको धर्मोदित पुत्र मानिन्थ्यो । त्यस्ता पुत्रकी आमा उसकी दिदी हुन्थी । यो आश्चर्यजनक प्रथाको के अर्थ हुन्छ ? समाजमा रहेको यस्तो रुढीलाई कसरी धार्मिक मान्यता प्राप्त भयो । आजको समयमा यस्तो सामाजिक मान्यता, प्रचलन र व्यवहार निन्दनीय मानिन्छ । तर बशिष्ठ संहिताको कालमा धर्मविरोधी र निन्दनीय काम थिएन । यसको एक मात्र कारण थियो कि बशिष्ठकालीन समाज यस्तो समाजको उत्तराधिकारी थियो, जसमा बाबु स्वयम्ले आफ्नी छोरीबाट सन्तानोत्पादन गथ्र्यो । यस्तो प्रचलन ती सबै प्राचीनकालका समाजहरु (आदिम साम्यवादी युग–अनु) मा विद्यमान थियो । त्यसकारण यस सम्बन्धमा कसैले आलोचना या निन्दा गर्दैन्थ्यो ।यस्तो प्रथालाई अधार्मिक र निन्दनीय पनि मानिन्नथ्यो । बशिष्ठभन्दा पछिल्ला मनु आदि स्मृति संहिताकारका समयको आर्यसमाजमा परपुरुषद्वारा गर्भधान भएकी कन्याद्वारा जन्मिएको पुत्रलाई मातामहको पुत्रको रुपमा स्वीकार गर्ने प्रथा अनुचित र अस्वभाविक लाग्न थाल्यो र त्यस्ता कानीन पुत्रको पितृत्व पनि गर्भधान दिने पुरुषमा अथवा कन्याको भावी पतिमा हस्तान्तरण भयो । यो कुरा उचित पनि थियो । यस्तो प्रथाको उल्लेख उत्तरकालीन स्मृति ग्रन्थहरुमा देखियो । यस प्रथाको अरु विस्तृत विवेचना गर्नु प्रसङ्कबाहिरको कुरा हुन जान्छ । यसरी अति प्राचीन आर्ष समाज (आदिम साम्यवादी युग–अनु) मा बाबु र छोरीका बीचमा शारीरिक सम्बन्ध स्थापना हुने कुराकोविधान तत्कालीन स्मृति ग्रन्थहरुमा लिखित वचनहरुबाट पुष्टि हुन्छ ।
आजको समयमा यस्तो सामाजिक मान्यता, प्रचलन र व्यवहार निन्दनीय मानिन्छ । तर बशिष्ठ संहिताको कालमा धर्मविरोधी र निन्दनीय काम थिएन ।
संक्षेपमा भन्नुपर्दा वेद, श्रुति, स्मृति । इतिहास र आख्यानहरुमा उल्लिखित वचनको आधारमा यी प्रथाहरुको अस्तित्व सिद्ध गर्न सकिन्छ, जुन कुरा प्राचीन आर्य समाजमा अत्यन्त स्वाभाविक भियो ।
( प्रस्तुत लेख जनता प्रसारण तथा प्रकाशन लिमिटेडबाट प्रकाशित पुस्तक 'विवाह संस्थाको इतिहास' पुस्तकबाट साभार अंश हो । )