स्वर्गीय हिरादेवी वाइवालाई एउटी लोक गायिकाको रुपमा मात्र लिनु हाम्रो अल्पज्ञान हो । किन कि उनी त नेपाली मौलिक लोक गायन र संगीत क्षेत्रकी बहुमूल्य हिरा थिइन् र हुन् पनि । उनको आवाजमा रेकर्ड भएका मौलिक लोक भाकाहरु नेपाली लोक संगीत क्षेत्रका अनुपम सम्पदा बनेर रहेका छन् । उनको योगदान कतिसम्म छ भने जहाँ जहाँ मौलिक नेपाली लोक गीत र लोक गायनको चर्चा चल्छ वा सन्दर्भ उठ्छ,त्यहाँ हिरादेवी वाइबाको सांगीतिक योगदानको पनि चर्चा हुन्छ ।बुबा सिहंमानसिंह (एसएम) वाइबा तथा आमा छिरिङ डोल्माका चार छोरा तथा चार छोरी गरि आठ सन्तान मध्येकी जेठी सन्तान हुन् हिरादेवी वाइबा । उनको जन्म सन १९४० को सेप्टेम्वर ९ मा भारतको दार्जिलिङ , अम्बोटीया टी एस्टेटमा भएको हो । आमा बुबापछिको घरको सम्पूर्ण जिम्मेवारी जेठो सन्तानको काँधमा आउनु चलिआएको चलन नै हो । तर घरको जेठी छोरी भए पनि हिरादेवी आमा बुबा ,हजुर आमा, हजुर बुबाका र फुपुहरुको लाडप्यारमा हुर्किएकी थिइन् । अर्काको घर गरेर खानुपर्ने जात भएकोले छोरीचेलीले घरधन्दा सिक्नुपर्छ भनेर घरबाट उनलाई कहिल्यै दवाब दिएनन् । साँच्चिकै भन्नुपर्दा हिरादेवीले त्यतिबेलाको जमानामा समेत कहिल्यै चुलोचौकामा अल्मलिनु परेन ।दार्जिलिङको अम्बोटियामा प्राइमरी स्कूलमा कक्षा ५ सम्म पढेपछि हिरादेवी सेन्ट जेसिस दार्जिलिङमा भर्ना भईन् । उनी स्कूलको पढाइमा अब्बल विद्यार्थीमा पर्थिन् । स्कूलको पढाइसँगै गीतसंगीतप्रति उनको झुकाव थियो । हिरादेवीका बुबा एसएम सिंह वाईबा स्वयम् लोक गायक तथा लोकगीत संकलक थिए । त्यसैले हिरादेवीले घरमै सानैदेखि संगीतको गुरुको छत्रछायाँ पनि पाइन् । बुबाको मायासँगै संगीतको छत्रछाँयामा हुर्केकी हिरादेवी सानै उमेरदेखि स्कूलमा हुने सांस्कृतिक कार्यक्रमहरुमा सहभागीता जनाउदै गइन् । उनको उपस्थिति स्कूलमा मात्र सीमित नभई बिस्तारै दार्जिलिङतिर हुने अन्य सांस्कृतिक कार्यक्रमहरुमा समेत बाक्लिदै जानथाल्यो ।त्यतिबेलाको मनोरञ्जनको माध्यम भनेको रेडियो नै थियो । गीतसंगीतका पारखी भएकीले रेडियो खूब सुन्ने हिरादेवीमा बिस्तारै गायिकासँगै कार्यक्रम प्रस्तोता बन्ने रहर पलाउन थाल्यो । सायद हिरादेवी साह्रै भाग्यमानी थिईन् । बाल्यकालदेखि नै आफूले चाहेको चिज सजिलै पाउँदै आएकी हिरादेवीको रेडियोमा बोल्ने रहर पनि सजिलै पूरा भयो । उनी सन् १९६३ मा अल ईण्डिया रेडियोमा कार्यक्रम प्रस्तोताको रुपमा आबद्ध भईन् ।
हिरादेवी रेडियो नेपाल सुनेरै हुर्केकी थिइन् । बेला बेलामा उनी काठमाडौं पुगेर रेडियो नेपालमा गीत रेकर्ड गराउने सपना त देख्थिन् । तर उनलाई त्यो मात्र सपना भन्ने लाग्थ्यो । त्यसैले रेडियो नेपालबाट अकस्मात आएको यति ठूलो अवसर उनले गुमाउन चाहिनन् । रेडियो नेपालबाट गीत रेकर्डको अफर आएसँगै सन् १९६५ मा अल ईण्डिया रेडियो छोडेर उनी काठमाण्डौ आइन् ।
रेडियोमा आबद्ध भएसँगै उनको दुईवटा रहर एकसाथ पूरा हुन थाल्यो । अल ईण्डिया रेडियोमा उनी कार्यक्रम उदघोषण गर्नुको साथै प्रत्यक्ष गीत पनि गाउँथिन् । उनले त्यतिबेला गाएको गीत रेडियो नेपालका केही ब्यक्तिले सुनेछन् । उनको सुमधुर र पृथक गायन शैलीको खुब तारिफ गर्दै सोही गीत रेडियो नेपालबाट रेकर्ड गराईदिने प्रस्ताव उनीसम्म आइपुग्यो । हिरादेवी रेडियो नेपाल सुनेरै हुर्केकी थिइन् । बेला बेलामा उनी काठमाडौं पुगेर रेडियो नेपालमा गीत रेकर्ड गराउने सपना त देख्थिन् । तर उनलाई त्यो मात्र सपना भन्ने लाग्थ्यो । त्यसैले रेडियो नेपालबाट अकस्मात आएको यति ठूलो अवसर उनले गुमाउन चाहिनन् । रेडियो नेपालबाट गीत रेकर्डको अफर आएसँगै सन् १९६५ मा अल ईण्डिया रेडियो छोडेर उनी काठमाण्डौ आइन् । काठमाडौं आएको एक वर्षपछि अर्थात् सन १९६६ मा रेडियो नेपालमा हिरादेवीको आवाजमा पहिलो गीत रेकर्ड भयो । बुबा एसएम वाइबाको लय संकलन तथा हिरादेवीको आफनै शब्द संकलन रहेको उक्त गीत थियो :
फरिया ल्याईदेछन् त्यही पनि रातो घननत्यही पनि मन परेन,भनिदेउ न भनन ।मौलिक लोकलयको यो गीत रेकर्ड भएको केही समयपछि रेडियो नेपालमा बज्न थाल्यो । मौलिक लोकलय, अनि हिरादेवीको पृथक गायनशैली र फरक आवाज सबैले खूब रुचाईदिए । गीतमा श्रीमानले श्रीमतीका लागि उपहार स्वरुप किनेर ल्याइदिएको रातो सारी चित्त नबुझेको गुनासो अभिव्यक्त गरिएको छ । तर हिरादेवीको आवाजमा रेकर्ड भएको पहिलो गीतलाई नै सारा नेपाली श्रोताले चित्त बुझाए । र, रातारात उनी चर्चित गायिका बनिन् ।
पहिलो गीतबाट नै नसोचेको सफलता हासिल गरेकी हिरादेवीले एकपछि अर्काे गर्दै गीत रेकर्ड गर्दै जान थालिन् । यसबीचमा उनले ऐ स्याङबो, राम्री त राम्री,धनकुटाको डाँडै डाँडा जस्ता लोक गीतहरु रेकर्ड गराइन् । ती सबै गीत श्रोताले गजबसँग रुचाइदिए ।
संगीतकर्मीका नजरमा हिरादेवी :दार्जिलिङकै वरिष्ठ गायक तथा संगीतकार अशोक राईका अनुसार हिरादेवीको जस्तो मौलिक गायन शिल्पी विरलै गायक गायिकामा हुन्छन् । उनको आवाज अनुसारको गायकी र त्यही अनुसारको शब्द र लय छनौटले उनका हरेक गीत जीवन्त हुने गरेको संगीतकार राई बताउनुहुन्छ । उनको त्यही खुबी र प्रतिभाले हिरादेवी नामले मात्र नभई कामले पनि साँच्चिकै नेपाली लोक संगीत क्षेत्रकी बहुमूल्य हिरा जस्तै रहेको राईको धारणा छ ।संगीतकार राईसँग सहमत हुनुहुन्छ दार्जिलिङकै पूराना संगीतकार तथा गायक मणिकमल क्षेत्री । हिरादेवीको मौलिक लोक गीत र गायनको प्रशंसकहरुमध्येमा उहाँ पनि पर्नुहुन्छ । एकै ठाउँका भएकाले हिरादेवीसँग मणिकमलले पनि सांगीतिक सहयात्रा गर्ने मौका पाउनुभयो । त्यसैक्रम हिरादेवीले पटक पटक आफूसँग आधुनिक गीत गाउने इच्छा प्रकट गरेको संगीतकार मणिकमल अहिले पनि सम्झनुहुन्छ ।हिरादेवीको गायकीपनलाई राम्ररी मापन गर्न सक्ने क्षमता थियो मणिकमलसँग । त्यसैले हिरादेवीले आधुनिक गीत गाउने ईच्छा पटक पटक आफू समक्ष जाहेर गर्दा उहाँ भन्नुहुन्थ्यो :दिदीको स्वर लोकगीतकै लागि बनेकोले तपाईले लोकगीतमै आफूलाई सीमित राख्नुपर्छ । भोलि यही तपाईको पहिचान बन्नेछ ।मणिकमलको कुरा हिरादेवीलाई पनि सायद चित्त बुझ्यो । त्यस उपरान्त उनी लोकगीतलाई नै आफ्नो पहिचान भन्ने सोचेर लोकगीतमै समर्पित हुँदै गइन् । अन्ततः लोकगीतमा नै उनले आफ्नो बेग्लै छाप छोड्न सफल भइन् ।नेपाली लोक गायनमा लागेर हिरादेवीले असंख्या श्रोता र प्रशंसकको माया मात्र होइन प्रतिष्ठित पुरस्कार र मानपदवी समेत पाइन् । जसमा गोर्खा दक्षिण बाहु पुरस्कार , अघमसिंह सम्मान तथा पुरस्कार , मित्रसेन स्मृति सम्मान तथा पुरस्कार आदि प्रमुख छन् ।
मणिकमलको कुरा हिरादेवीलाई पनि सायद चित्त बुझ्यो । त्यस उपरान्त उनी लोकगीतलाई नै आफ्नो पहिचान भन्ने सोचेर लोकगीतमै समर्पित हुँदै गइन् । अन्ततः लोकगीतमा नै उनले आफ्नो बेग्लै छाप छोड्न सफल भइन् ।
फिल्म जस्तै जीवनशैली र प्रेमआफ्नो छुट्टै तर विशिष्ट स्वरमा मौलिक नेपाली लोक गीत पस्केर नेपाली श्रोता र प्रशंसकका मनमा सधैंका लागि बसेकी हिरादेवीको व्यक्तिगत जीवनगाथा भने कुशल लेखकले लेखेको कुनै चलचित्रको कथाभन्दा भिन्न छैन । चाहे उनको जीवनशैली होस् या प्रेम प्रसँग सबै फिल्मी लाग्छ । कतिसम्म भने उनको निधन समेत कुनै दुखान्त फिल्मको क्लाइमेक्स जसरी नै भयो ।बाल्यकालदेखि आफूले जे सोच्यो,त्यही पूरा हुँदै आएकी हिरादेवीलाई आफूले रोजेको जीवनसाथी पाउन भने मुस्किल पर्यो । कसो कसो हिरादेवीको पञ्जाबी मूलका युवक रतनलाल आदित्यसँग गहिरो प्रीति बस्न पुग्यो ।
जात र धर्मकै कारण हिरादेवीका परिवारले आफूलाई स्वीकार गर्दैनन् भन्ने रतनलाललाई राम्रैसँग थाहा थियो । यसैले उनले फिल्मी बाटो रोजे । अर्थात शुरुमा रतनलालले हिरादेवीको भाइसँग दोस्ती बढाए । त्यो दोस्ती घनिष्ट भएपछि बिस्तारै रतनलाल हिरादेवीको घरमा आउजाउ गर्न थाले ।
रतनलाल ईण्डियन आर्मीमा जागिरे थिए । एउटा कार्यक्रमको शिलशिलामा हिरादेवीसँग उनको भेट भएको थियो । त्यही भेटघाटबाट सुरु भएको उनीहरुको चिनजान पछि आएर प्रेममा परिणत भयो । रतनलाल पन्जाबी थिए । त्यसैले उनीहरुबीच न जात मिल्थ्यो, न भाषा न त धर्म नै । मिलेको थियो त केवल मन । भन्नलाई त सजिलो थियो–मायाले न जात हेर्छ न त धर्म नै । तर व्यवहारमा भने बडो मुस्किल थियो । जात र धर्मकै कारण हिरादेवीका परिवारले आफूलाई स्वीकार गर्दैनन् भन्ने रतनलाललाई राम्रैसँग थाहा थियो । यसैले उनले फिल्मी बाटो रोजे । अर्थात शुरुमा रतनलालले हिरादेवीको भाइसँग दोस्ती बढाए । त्यो दोस्ती घनिष्ट भएपछि बिस्तारै रतनलाल हिरादेवीको घरमा आउजाउ गर्न थाले । निरन्तरको भेटघाटले हिरादेवीको बुबालाई पनि रतनलालको बानीब्यहोरा मनपरिसकेको थियो । त्यही मौका छोपेर सही समय आएपछि रतनलालले उनका बुबासँग हिरादेवीको हात मागे । शुरुमा त हिरादेवीका बुबाले ठाडै अस्वीकार गरेका थिए । तर आखिरमा प्रेमको अगाडि कस्को पो के जोर चल्थ्यो र ? अन्तमा परिवारकै सहमतिमा हिरादेवी र रतनलाल आदित्यले आफ्नो तीन वर्षको प्रेमलाई विवाहमा परिणत गरे ।
श्रीमान आदित्य प्रायः सेनाको जागीरमै व्यस्त रहन्थे । हिरादेवी गीत संगीतसँगै शिक्षण पेशामा आबद्ध थिईन् । यसबीचमा उनीहरुका दुई सन्तानको जन्म भैसकेका थिए । जेठी छोरी नवनीत आदित्य वाइबा र कान्छा छोरा सत्य आदित्य वाइबा ।दुई आँखाका नानी जस्तै दुई सन्तानसँगै हिरादेवीका गीतहरु जस्तै समधुर हुँदै थियो वाईबा दम्पत्तिको पारिवारिक जीवन ।तर एकदिन हिरादेवीको जीवनमा बज्रपात भयो । उनको जिन्दगीको आकाश नै खसिदियो । अर्थात सन् १९९२ को मार्चमा हृदयघातका कारण श्रीमान् रतनलालको निधन भयो । श्रीमानसँगको वियोग भुल्न हिरादेवीलाई मुस्किल पर्यो । जति गर्दा पनि उनले आफ्नो मनलाई सम्हाल्नै सकिनन् । त्यसको प्रत्यक्ष प्रभाव उनको गायनमा पर्यो । किनभने त्यसयता हिरादेवीले चटक्कै गाउन छोडिन् । छोरा छोरी,आफन्त र शुभ चिन्तक जसले जति सम्झाए पनि उनको मन संगीतमा फेरि फर्किएन । त्यसैले संगीतसँग उनको दुरी बढ्दै गयो । बरु हिरादेवीले शिक्षण पेशामा आफ्नो सक्रियता बढाउदै लगिन् । तर सन् २०११ को जानवरी १९ तारिखका दिन घरमै हिटर ताप्ने क्रममा भएको आगलागीबाट ७१ वर्षको उमेरमा उनले आफ्नो जीवनकथालाई पूर्ण विराम दिइन् ।
आमाको मार्ग पछ्याउदै सत्य–नवनीतआमा हिरादेवीको निधन हुँदा दुवै सन्तान नवनीत र सत्य आदित्य वाइवा आ आफ्नो ठाउँमा सेटल भैसकेका थिए । छोरी नवनीत हङकङमा कार्यालय रहेको क्याथे एयरवेजमा जागिरे थिइन् भने छोरा सत्य बेलायतमा बस्थे ।छोरी नवनीत आमाकी प्यारी थिइन् । आमाले हार्मोनियम बजाएर रियाज गरिरहँदा छोरीलाई पनि सँगै राख्थिन् । तर छोरी नवनीतलाई भने हार्मोनियमसँग अल्छि लाग्थ्यो । उनलाई त गीतारसँग प्रेम थियो । तर गीत गाउँछु भन्ने चाहिं नवनीतलाई त्यतिखेर लागेको थिएन ।जब सन् २०११ मा आमाको निधन भयो, छोरी नवनीतलाई मातृ वियोग सहन गाह्रो भयो । त्यसैले उनी १० वर्षसम्मको हङकङ बसाइँ त्यागेर दार्जिलिङ फर्किन् । तर उनलाई आमासँग विताएका हरेक पलहरुको यादले सताउँथ्यो । कतिसम्म भने झण्डै तीन वर्षसम्म त नवनीतले आमाका गीतहरु समेत सुन्नै सकिनन् ।समय वित्दै गएपछि छोरी नवनीतलाई आमाका इच्छा र सपनाहरु पूरा गर्दै जानुपर्छ भन्ने मनमा लाग्न थाल्यो । आमा हिरादेवीको सपना थियो छोरी नवनीतलाई आफू जस्तै गायिका बनाउने ।जब नवनीतलाई लाग्यो–आमाको इच्छा पूरा गर्नुपर्छ । त्यसपछि उनले आमाका पूराना गीतहरु सुन्दै जान थालिन् । शुरु शुरुमा त एक लाइन पनि सुन्न सक्दिन थिइन् उनले । आमाको स्वर सुन्ने बित्तिकै भक्कानो छुट्थ्यो । तर पछि उनले आफूलाई सम्हाल्दै जान थालिन् । आमाले सधैं रियाज गर्ने हार्मोनियममा आमाले छोडेर गएका औंलाका स्पर्शहरु महसुस गर्दै छोरी नवनीतले आमाकै लय र शैलीलाई पछ्याउदै गइन्–
धनकुटाको डाँडै डाँडा चल्यो होला बतास.... अब आमाका गीत सुनेपछि उनको मनमा छुट्टै उमंग थपिन्थ्यो, बेग्लै जोश र जाँगर भरिन्थ्यो । यसलाई उनले आमाको आशीर्वादका रुपमा लिन्थिन् । आमाका गीतलाई न्याय गर्न सक्छु भन्ने हिम्मत मनमा भरिएपछि बल्ल नवनीतले एकदिन भाइ सत्यसँग मनको गाँठो खोलिन् र आमाका गीतहरुको रिमेक गर्ने र आफ्नो आवाजमा रि रेकर्ड गराउने सल्लाह गरिन् । भाइ सत्यको मनमा पनि यही कुरा खेलिरहेको थियो । दिदीको योजना सुनेर सत्यको त खुशीको कुनै सीमा नै रहेन । किनभने आमाका गीतहरुलाई पूरानै मर्म नमर्ने गरेर नयाँ आवाजमा पुनः रेकर्ड गराउने भनेर सत्यले आमाका गीतहरु संकलन गर्न थालिसकेका थिए । त्यसमाथि दिदी आफैले आमाको गीतमा आवाज भरिदिने भएपछि सत्यमा थप उर्जा थपियो । अब दिदीभाइ मिलेर गीत रेकर्डिङको योजनाहरु बुन्दै जान थाले ।
शुरु शुरुमा त एक लाइन पनि सुन्न सक्दिन थिइन् उनले । आमाको स्वर सुन्ने बित्तिकै भक्कानो छुट्थ्यो ।
गीत रेकर्डिङका लागि उपर्युक्त व्यक्ति वा समूह खोज्दै जाने क्रममा वाइवा दिदीभाइको सहकार्य नेपालको मौलिक सांगीतिक समूह कुटुम्बसँग भयो ।कुटुम्बकै संगीत संयोजन र व्यवस्थापनमा नवनीतले आमाका गीतहरु एक एक गरि रेकर्ड गराउदै गइन् । त्यसरी रेकर्ड गराएका गीतहरुलाई उनीहरुले सन् २०१७ मा ”आमालाई श्रद्धाञ्जली” नामक गीति एल्वम सार्वजनिक गरेर स्वर्गीय आमा हिरादेवीमा सांगीतिक श्रद्धाञ्जली समर्पण गरे ।
अन्त्यमा,लोक संस्कृति र परम्परामा धनी नेपालका हरेक क्षेत्र,जाति र समुदायका आ आफ्नै मौलिक र विशिष्ट लोक संस्कृति छन् । लोक लयकै कुरा गर्नुपर्दा मगरले मादले गीत,दमाईले बिबाह गीत , खस बाहुनले खैंजडी,बालम गीत ,राई लिम्बुले सकेला र धाननाच गीत अनि तामाङले तामाङ सेलो गाउँने परम्परा छ । गायिका हिरादेवीको बिशेषता के थियो भने उनी यी सबै ठेट लोकभाकाहरु दुरुस्त गाउथिन् । करिब पाँच दशक लोक गायनमा लागेर विभिन्न समुदायका झण्डै तीन सय गीत गाइन् उनले । हिरादेवीको भौतिक शरीर त छैन आज । तर उनले गाएका गीतहरुका कारण आजपनि उनी हिरा झैं चम्किरहेकी छिन् र चम्किरहनेछिन् ।
( सामाग्री स्रोत : जनता टेलिभिजनको कार्यक्रम जुम इन । प्रस्तोता विना श्रेष्ठको सहयोगमा )