काठमाडौं । ओजन तह बचाउ दिवस आज विश्वभरी नै विभिन्न कार्यक्रम गरेर मनाइदैछ ।पृथ्वीमा कार्बन डाइअक्साइड बढ्दै जाँदा त्यसले तापक्रम पनि बढाउदै लगेको छ । यसको प्रभाव मानिसमा मात्रै होइन, पारिस्थितिक प्रणालीमा नै परेको छ । जसका कारण पृथ्वीकै आयु घट्दै गएको भन्दै विश्व समुदाय चिन्तित छ । मानव, जीवजन्तु, चराचुरुङ्गी, वनजंगल जस्ता प्राकृतिक सम्पदाहरु भएकै कारण पृथ्वी रमाइलो छ । तर आज पृथ्वी जुन अवस्थामा छ अन्तिम सम्म त्यस्तै नरहने चिन्ता छ । कारणः पृथ्वीमा कार्बनको मात्रा बढ्दै छ ।ओजन तह पातलिदै छ, यसको सीधा असर, पृथ्वीको तापक्रम दिन, दिनै बढ्दै छ । ६ लाख वर्ष यता देखि पृथ्वीमा कार्वनडाइ अक्साईडको मात्रा निरन्तर बढिरहेको छ । सन् १७५० अगाडि प्रति दश लाख हावाको कणमा कार्वनडाई अक्साईडको मात्रा २ सय ५० थियो । अहिले प्रति दशलाख हावाको कण कार्बनको मात्रा ४ सय १८ पुगेको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्चको भनाइ छ । सन् १८९० देखि २०१२ सम्मको अवधिमा पृथ्वीको तापक्रम शुन्य दशमलव ८५ डिग्री सेन्टिग्रेडले बढेको छ ।यहि अवस्था रहिरहेमा सन् २०३० सम्ममा एक दशमलव ५ डिग्री सेन्टिग्रेड बढ्न सक्ने र यो शताब्दीमा २ सेन्टिग्रेड भन्दा माथि जानसक्ने मञ्चको अनुमान छ । जापान, अमेरिका, भारत, रुस, ब्राजिल लगाएत विकसित देशले ९५ प्रतिशत कार्वन उत्सर्जन गर्दछन् । ठूला ठूला उद्योग कलकारखानाबाट निस्किएको कार्बनको असर नेपाल जस्ता विकासशिल देशहरुले पनि बराबरी भोग्नु परेको छ ।२०१५ मा जलवायु परिवर्तन सन्बन्धी संयुक्त राष्ट्रसंघको संरचना महासन्धिको पक्ष राष्ट्रहरुको २१ औं सम्मेलनमा पृथ्वीको तापक्रम नियन्त्रण गर्न भूमीका खेल्ने बारेमा १७० वटा राष्ट्रले हस्ताक्षर गरेका छन् ।वनजङ्गल, सिमसार क्षेत्र र नदीनाला संरक्षण नै कार्बन उत्सर्जन घटाउने मुख्य उपाय हो । अहिले विकासशिल देश वनजङ्गल जोगाउने अभियानमा छन् । विश्वभरी उत्सर्जन हुने कुल कार्वनमध्ये नेपालले ० दशमलव २७ प्रतिशत मात्र उत्सर्जन गर्दछ । तर विश्वमा बढेको कार्बन उत्सर्जनको मात्राले पार्ने असर भने पुरै पृथ्वीभरी परिरहेको छ ।
के हो ओजन तह ?विकीपिडियाका अनुसार–अक्सिजनको ३ अणु (O३) वाट वनेको पदार्थ
ओजन तह हो
।यो वायुमण्डलको ३० हजार फिट माथि स्थाइ रूपमा तह बनेर बसेको हुन्छ । यसलाई ओजोन तह भनिन्छ। पृथ्वीमा कलकारखाना र सवारी साधनमा प्रयोग हुने इन्धन तथा रसायनवाट निस्केको ओजोन वायुमण्डलमा गएर एकत्रित हुने गर्दछ। यसले सूर्यबाट आउनेमध्ये हानिकारक परावैजनी किरणहरूलाई पृथ्वीसम्म आइपुग्नबाट रोक्ने गर्छ। परावैजनी किरण यस्ता हानिकारक किरण हुन जुन किरण मानव, जिवजन्तु तथा वोटविरूवामा आन्तरिक तथा व्याह्य रूपमा नराम्रो असर पुर्याउछ ।
ओजोन (O
३)
आक्सीजनको तीन परमाणुहरूसँग मिलेर बनेको एक ग्याँस हो जुन वायुमण्डलमा धेरै कम मात्रा (०.०२%)मा पाइन्छं। यो तीखो गन्ध वाला अत्यन्त विषालु ग्याँस हो। जमीनको सतहको माथि अर्थात तल्लो वायुमंडलमा यो एक खतरनाक दूषक छ, जबकि वायुमंडलको उपरी परत
ओजोन परतको रूपमा यो
सूर्यको
पराबैंगनी विकिरणबाट पृथ्वीमा जीवनलाई बचाउँछ, जहाँ यसको निर्माण औक्सीजनबाट पराबैंगनी किरणहरूको प्रभावस्वरूप हुन्छ। ओजोन औक्सीजनको एक अपररूप हो। यो समुद्री वायुमा पाइन्छ।