भगीरथ भण्डारी इलाम । इलाम नगरपालिकाले कृषिमा आत्मनिर्भर बनाउनका लागि आर्थिक विकास योजना कार्यक्रम अन्तर्गत एक करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाले आर्थिक विकास योजना कार्यक्रम अन्तर्गत कृषिका विभिन्न उत्पादनलाई वृद्घि गर्नको लागि एक करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।इलाम नगरपालिका वडा नम्बर एकमा पशुपालन व्यवस्थापनमा पाँच लाख, कृषि बजार व्यवस्थापनमा पाँच लाख, व्यवसायिक फलफूततथा तरकारि खेति सहयोगमा पाँच लाख र अन्नवालि सहयोगका लागि पाँच लाख गरी २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै वडा नम्बर दुईमा पशु विकास कार्यक्रम, वेर्ना उत्पादन तथा नर्सरी विकास र टनेल वितरणमा पाँच लाखका दरले १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । वडा नम्बर तिनमा बाख्र पालनमा ८ लाख र कृषि विकासमा ८ लाख गरी १६ लाख रुपैयाँ रहेको छ । त्यसगरी वडा नम्बर चारमा बेमौसमी तरकारी खेतिका लागि टनेल, तरकारीको विउ, कम्पोष्ट मल वितरणमा पाँच लाख, मौरीका घार सुँगुर, बाख्रा, र कुखुराका चल्ला वितरणमा पाँच लाख, आलु, गहुँ, मकै विउ वितरणमा पाँच लाख, जाैँ घाँस, चिया कफि, उन्नत जातका फलफूलका विरुवा वितरण र तालिममा पाँच लाख गरी २० लाख रुपैयाँ रहेको छ ।वडा नम्बर पाँचमा विउविजन वितरणमा ६ लाख, कृषक समुहको तीन वटा नर्सरी स्थापनामा एक लाख ५० हजार, मिनरल ब्लक वितरण र पशुको आकस्मिक रोग नियन्त्रणमा एक लाख ५० हजार र कृषक समूह र सहकारीको सहकार्यमा ५० प्रतिशत अनुदानमा हातेट्याक्टर वितरणमा ६ लाख रुपैयाँ गरी १५ लाख रुपैयाँ रहेको छ ।वडा नम्बर ६ मा बाख्रा पालन नस्ल सुधार तथा विउ वोका खरिदमा पाँच लाख, उन्नत जातको बेमौसमी तरकारी तथा नगदे वालिको विउ वितरणमा तीन लाख र उन्नत जातको सुन्तला र कागतिका विरुवा वितरणका लागि दुई लाख रुपैयाँ गरी १० लाख रुपैयाँ रहेको छ ।वडा नम्बर ७ मा कृषि सम्बन्धी खर्चमा पाँच लाख रुपैयाँ रहेको छ भने वडा नम्बर ८ मा विउविजन वितरणमा दुई लाख, मैरी, बाख्रा, बँगुर पालन व्यवसाय प्रवर्दनमा पाँच लाख, मकै, धान, कोदो, गहुँ लगायतको रोग नियन्त्रणमा तीन लाख गरी दश लाख रुपैयाँ रहेको छ ।नौ नम्बर वडामा कृषि व्यवसाय प्रवर्दनका लागि पाँच लाख रुपैयाँ रहेको छ । त्यस्तै वडा नम्बर १० मा तीन वटा भन्दा बढी गाई तथा भैँसी पालक कृषकलाई ६० प्रतिशत अनुदान अन्र्तगत दुई लाख ५० हजार, तरकारी तथा उन्नत जातका घाँसको विउ वितरणका लागि एक लाख ५० हजार र स्थानीय कृषि जन्य उत्पादित वस्तुको बजारीकरणमा एक लाख गरी पाँच लाख रुपैयाँ रहेको छ ।११ नम्बर वडामा कृषि सम्बन्धी पाँच लाख रुपैयाँ रहेको छ भने वडा नम्बर १२ मा व्यवसायिक कफि खेतिमा ७५ जना कृषकलाई चार लाख ५० हजार, व्यवसायिक उन्नत जातको बाख्रापालन कार्यक्रम अन्र्तगत तीन वटा उन्नत विउ बोका खरिदमा तीन लाख, सुँगुर पाठा खरिदमा २५ किसानलाई एक लाख, बाख्र पाठि खरिदमा २० कृषकलाई एक लाख र खर्वन टोलमा तरकारी खेति तालिममा ५० हजार गरी दश लाख रुपैयाँ रहेको छ ।गत आर्थिक वर्षमा पनि नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउनका लागि नगरका १२ वटै वडामा रहेका कृषकलाई मिनिटिल्लर, हृयाण्ड स्पेयर, उन्नत खाद्यान्न तथा विउ वितरणका साथै नगरपालिकाको फोहोरबाट उत्पादन प्राङ्गारिक मल वितरण, खाद्यान्न, तरकारी तथा फलफूल खेतिका लागि तालिम कार्यक्रम सम्पन्न भएका छन् ।त्यसरी नै माटो सुधारका लागि सामाग्री तथा प्रविधिक सहयोग, सहकारी मार्फत तरकारी खेति विस्तार, सिञ्चाइ सुविधाका लागि पाइप तथा पलास्टिक पोखरीमा अनुदान दिएको इलाम नगरपालिका वडा नम्बर ५ का अध्यक्ष तथा नगर प्रवक्ता ठाकुर नारायण श्रेष्ठले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, असोज १४, २०७७ २१:५३