भगीरथ भण्डारी इलाम । इलाम नगरपालिकाले सामाजिक विकास कार्यक्रम अन्तर्गत एक करोड २३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा १२ वटा वडामा खर्च गर्ने गरी यो बजेट विनियोजन गरेको हो ।नगरपालिकाको वडा नम्बर १ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाख रुपैयाँ, धार्मिक तथा पर्यटन विकासमा पाँच लाख रुपैयाँ गरी जम्मा १० लाख रुपैयाँ रहेको छ । वडा नम्बर २ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाख रुपैयाँ र सिङ्गदान गाउँ खानेपानी आयोजना मर्मतमा पाँच लाख रुपैयाँ गरी १० लाख रुपैयाँ रहेको छ ।वडा नम्बर ३ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै वडा नम्बर ४ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाख रुपैयाँ र लक्षित वर्ग कार्यक्रममा पाँच लाख रुपैयाँ गरी १० लाख रुपैयाँ विनियोजन गरेको छ भने वडा नम्बर ५ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाख रुपैयाँ र खानेपानी मूहान संक्षणमा पाँच लाख रुपैयाँ गरी जम्मा १० लाख रुपैया बजेट विनियोजन गरेको छ । त्यसैगरी वडा नम्बर ६ मा शिक्षा तथा स्वास्थ्यको सामग्री खरिद वितरणमा पाँचलाख रुपैयाँ रहेको छ ।वडा नम्बर ७ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाख रुपैयाँ, लक्षित समूह कार्यक्रममा पाँच लाख र माईस्थान मन्दिरमा रहेका परेवाको चारो खरिदमा पाँचलाख रुपैयाँ गरी जम्मा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।वडा नम्बर ८ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाख रुपैयाँ, सामुदायिक भवन निर्माणमा पाँच लाख रुपैयाँ र खुलाल गाउँ पौडेल धारा,बानिया धारा, रायाडाँडा खानेपानी मर्मत,देवी धारा मसार दौलेधारा, ऐटनधारा ढुङ्गेधारा खानेपानी मर्मत तथा पाईप वितरणमा पाँच लाख रुपैयाँ गरी जम्मा १५ लाख रुपैया बजेट विनियोजन भएको छ । त्यस्तै वडा नम्बर ९ मा भगवति माविको जस्तापाता परिवर्तनमा पाँच लाख रुपैयाँ, महमाई आधारभूत विद्यालको टेवा पर्खाल र मर्मत सुधारमा तीन लाख रुपैयाँ, शहरी स्वास्थ्य केन्द्र सञ्चालन र व्यवस्थापनमा दुईलाख रुपैयाँ र लक्षित वर्ग विकास कार्यक्रममा पाँच लाख रुपैयाँ गरी जम्म १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।वडा नम्बर १० मा महिलाहरुको सीप तथा क्षमता अभिवृद्धि गर्न अचार बनाउने तालिमका लागि एक लाख रुपैयाँ, आदिवासी जनजाति विकास कार्यक्रम अन्तर्गत जातीगत कला संस्कृतिलाई प्रोत्साहनका लागि ७५ हजार रुपैयाँ, दलित वर्ग उत्थान विकास कार्यक्रममा ७५ हजार रुपैयाँ गरी जम्मा पाँच लाख रुपैयाँ रहेको छ ।वडा नम्बर ११ मा स्वास्थ्य शिक्षा कार्यक्रममा पाँच लाख रुपैयाँ, जनजाति विकास कार्यक्रममा एक लाख रुपैयाँ, महिला विकास कार्यक्रममा ६० हजार रुपैयाँ, दलित समुदाय विकास कार्यक्रममा ४० हजार, युवा तथा खेलकुद विकासका लागि एक लाख रुपैयाँ, ढुङ्गेधारा कात्तिके खानेपानि ट्याङ्की मर्मत सम्भारमा दुई लाख रुपैयाँ, स्याङमाई खोला मुहान खाल्डे खानेपानी मर्मतमा दुईलाख रुपैयाँ र अम्बके खानेपानी मर्मत संभारमा एक लाख रुपैयाँ गरी १३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै १३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।यस्तै, वडा नम्बर १२ मा महिला सचेतना, स्वास्थ्य परिक्षणसहित सामाजिक विकास कार्यक्रम सञ्चालनमा एक लाख ६० हजार रुपैयाँ,आदिवासी जनजाती क्षमता विकास कार्यक्रममा एक लाख ६० हजार रुपैयाँ, दलित वर्गसीप विकास कार्यक्रममा ७० हजार रुपैयाँ, बालबालिका प्रतिभा विकास कार्यक्रममा ५० हजार रुपैयाँ, खेलकुद विकास कार्यक्रममा ६० हजार रुपैयाँ, अमर ज्योति आधारभूत विद्यालयको खानेपानी व्यवस्थापन र फर्निचर मर्मतमा ७५ हजार रुपैयाँ, देउराली आधारभूत विद्यालयको खानेपानी तथा शौचालय मर्मतमा ७५ हजार रुपैयाँ, साङरुम्बा स्वास्थ्य चौकी शौचालय मर्मतमा एक लाख रुपैयाँ र गाउँघर क्लिनिकका लागि दुईवटा टहरो निर्माणमा एक लाख ७५ हजार रुपैयाँ गरी १० लाख रुपैयाँ रहेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७ २०:४८